सर्वाेच्चले पुन:बहाली गरेका नेप्से सिइअाेलार्इ हाजिर गर्नै दिइएन

अन्तै 'व्यवस्थापन' गर्न अर्थ मन्त्रालयमा छलफल



नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत को हो भन्ने विवाद देखिएको छ।

ओली सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले पद गुमाएका थिए।

असार २० गते बुधबार साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेज गरेको थियो।

सरकारको सो निर्णयसँगै साउँदको नियुक्ति खारेजीसँगै अर्थमन्त्रालयले उनको स्थानमा अर्थका पूर्व उपसचिव रमेश अर्याललाई पठाएको थियो।

विधिवत रूपमा दिएको नियुक्ति बद्नियतपूर्ण तरिकाले खारेज गरेको भन्दै साउँद सर्वोच्च अदालत गएका थिए। सर्वोच्चको असार ३१ को अन्तरिम आदेशअनुसार उनको पद पुनर्बहाली भयो।

सर्वोच्चको आदेशपछि कार्यालय जान थालेका उनलार्इ त्यहाँ हाजिर गर्न रोकिएको छ।

मंगलबार र बुधवार हाजिरको लागि कार्यालय गए पनि हाजिर गर्न नपाएको साउँदले नेपालखबरसँग बताए। 'कसले नदिएको भन्ने कुरा पछि गरैंला तर यो सर्वोच्च अदालतको अदेशविरूद्ध मलार्इ हाजिर गर्न रोकिएको छ', उनले भने।

वर्तमान सरकारले नियुक्त गरेका प्रमुख कार्यकारी अधिकृत अर्याल हाल नेप्सेमा हाजिर गर्दै आएका छन्। स्रोतकाअनुसार नेप्से अध्यक्ष लक्ष्मण न्यौपानेले साउदलाई हाजिर गर्न रोकेका हुन्।

नेप्से प्रवक्ता मुराहरि पराजुली यो घटनाको विकास के कसरी भइरहेको आफूलाई जानाकारी नभएको बताए। उनले नेपालखबरसँग भने, 'सिइओको नेमप्लेट चाहिँ रमेश अर्यालको नै छ।'

अर्थ मन्त्रालयले नेप्सेमा साउँदलार्इ नराख्ने तयारी गरेको स्रोतले बतायो। अर्थमन्त्री डा.युवराज खतिवडा उनलार्इ त्यहाँ राख्ने पक्षमा छैनन्।

'नियमपूर्वक उनलाई कुन स्थानमा कसरी लैजाने भन्ने विषयमा अर्थमन्त्रालयमा छलफल भइरहेको छ', स्रोतले बुधबार नेपालखबरसँग भन्यो, 'नियमले उनलाई अन्य स्थानमा लान नमिल्ने देखिएको खण्डमा मात्र उनी नेप्सेमा बस्नेछन्।'

पूर्ववर्ती देउवा सरकारले गत असोज २२ गते मन्त्रिपरिषदको निर्णयबाट साउदलार्इ नेप्से कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो। उनलार्इ ४ वर्षको नियुक्ति दिइएको छ।

नेप्सेको प्रमुख कार्यकारी नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले ज्योति विकास बैंकका नायब कार्यकारी प्रमुख मनोज ज्ञवाली, प्राध्यापक प्रमोद शर्मा, नेपाल इन्स्योरेन्सका पूर्व मुख्य कार्यकारी चन्द्र साउदको नाम सरकारलाई सिफारिस गरेको थियो। समिति सिफारिसपछि सरकाले साउदलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

प्रकाशित २ साउन २०७५, बुधबार | 2018-07-18 19:03:08
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...