बैंकहरुले उर्जा र पर्यटन क्षेत्रमा लगानी बढाउनु पर्ने


Infocus


आज सार्वजनिक भएको मौद्रिक नीतिले उर्जा र पर्यटन क्षेत्रमा बैंहरुको लगानी तथा कर्जा प्रवाह बढाउन मार्गनिर्देश गरेकाे छ।

NIC ASIA

 यसअघि कुल कर्जाको ५ प्रतिशत उर्जा र पर्यटनमा लगानी गर्नु पर्ने व्यवस्थालाई परिमार्जन गर्दै राष्ट्र बैंकले उर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको १५ प्रतिशत लगानी गर्न प्रोत्साहित गरिने बताएको हो।

त्यस्तै कृषि क्षेत्रमा कुल कर्जाको १० प्रतिशत लगानी गर्नु पर्ने चालू आर्थिक वर्ष व्यवस्थालाई निरन्तरता दिइएको छ। चालू आर्थिक वर्षमा समेत कृषि क्षेत्रमा कुल कर्जाको १० प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था गरिएको थियो। वाणिज्य बैंकहरुले भने, चालू आर्थिक वर्षमा कुल कर्जाको ७ प्रतिशत मात्रै कृषि क्षेत्रमा लगानी गरेको छन्। त्यसको लागि कारवाहीको रणनिति भने सार्वजनिक गरेको छैन।

विकास बैंकहरुले आफ्नो कुल कर्जाको १५ प्रतिशत लगानी प्राथमिकता प्राप्त क्षेत्रमा गर्नु पर्ने र वित्त कम्पनीहरुले समेत आफ्नो कुल कर्जाको १० प्रतिशत प्रवाह गर्नु पर्ने पुरानै व्यवस्थालाई कायम गरिएको छ। मौद्रिक नीतिले बैंक तथा वित्तिय संस्थालाई साना तथा मझौला उद्योगमा लगानी गर्न प्रोत्साहित गरिने समेत उल्लेख गरेको छ।

मौद्रिक नीतिले विपन्न वर्गमा, वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले गर्ने लगानीको सीमा परिमार्जन गरेको छ। यसअघि वाणिज्यको ५ प्रतिशत, विकास बैंकको ४ दशमलव ५ प्रतिशत र लघुवित्त कम्पनीको ४ प्रतिशत रहेको सो सीमालाई परिमार्जन गर्दै सबै वर्गका संस्थाहरुले आफ्नो कुल कर्जाको कम्तीमा ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नु पर्ने व्यवस्था मौद्रिक नीतिले गरेको हो।

प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 19:42:36
Max TV
Max TV
Zen Travels

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...

  • प्रधानमन्त्री केपी शर्मा ओली।

    हप्तादिनमै अरिङ्गालबाट मौरीतर्फ ओलीको ‘यु-टर्न’

    पार्टीका नेता तथा कार्यकर्तालाई विरोधीमाथि अरिंगालझैँ जाइलाग्न निर्देशन दिएको हप्ता दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली ‘यू–टर्न’ भएका छन्।