चीनसँगकाे पारवहन प्राेटाेकलमा बेइजिङमा वार्ता


Infocus



चीनकाे ग्वान्जाओस्थित बन्दरगाह
चीनकाे ग्वान्जाओस्थित बन्दरगाह

चीनसँग व्यापार तथा पारवहन सम्झौताको कार्यविधि (प्रोटोकल) लाई अन्तिम रूप दिनका लागि गठित नेपाली टोली र चिनियाँ प्रतिनिधिमण्डलबीच बुधबार बेइजिङमा वार्ता भएको छ।

पारवहन प्राेटाेकलका लागि अाैपचारिक रूपमा दुवै पक्ष टेबलमा बसेकाे याे दाेस्राे पटक हो। 

बेइजिङस्थित नेपाली दूतावासले जनाएअनुसार दुवै पक्षबीच यातायात तथा पारवहन प्रोटोकललाई छिट्टै अन्तिम रूप दिने विषयमा गहन छलफल भएकाे छ। तेस्राे परामर्श बैठक छिट्टै काठमाडौंमा गर्न दुवै पक्ष सहमत भएको पनि दूतावासले जनाएको छ।

बुधबार बेइजिङमा भएको दोश्रो परामर्श बैठकको नेतृत्व वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले गरेका थिए। नेपाली वार्ता टोलीमा परराष्ट्र, अर्थ, कानुन, भौतिक पुनर्निर्माण तथा यातायात मन्त्रालयका अधिकारीहरू सहभागी थिए। चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व यातायात उपमन्त्री लिउ स्याउमिङले गरेका थिए।

चीनले नेपाली टाेलीले त्यान्जिन बन्दरगाहकाे अवलाेकन भ्रमण समेत गराएकाे थियाे।

यसअघि प्रधानमन्त्री केपी शर्माओलीको चीन भ्रमणका क्रममा तयारी नपुगेको भन्दै हस्ताक्षर हुन सकेको थिएन। एक साता अघि बसेको मन्त्रिपरिषदको बैठकले नेपाल-चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलसम्बन्धी वार्ता गरी हस्ताक्षर गर्न घिमिरेको संयोजकत्वमा ९ सदस्यीय टोली बेइजिङ पठाउने निर्णय गरेको थियो। सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालले चीनबाट पारवहन सुविधा पाउनसक्नेछ। 

याे पनि: चीनसँग पारवहन सम्झौता: प्राेटाेकल अघि बढाउन टाेली गठन

 

प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 19:16:37
Max TV
Max TV
Zen Travels
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...

  • निरुता सिंह

    फर्कि आइन् ‘आँखामा आउने केटी’

    दक्षिणा, दर्पन छायाँ, माइती, मनमन्दिर, सिउँदोको सिन्दुर, आफ्नो मान्छे लगायत दर्जनौँ चर्चित फिल्ममा अभिनय गरेकी निरुताले ‘सकेन्ड इनिङ’ मा ‘दाल भात...

  • अपराध महाशाखा टेकूकाे पार्किंगमा बेवारिसे बीएमडब्लु। तस्विर: प्रविन काेइराला

    नयाँ वानेश्वरमा बेवारिसे अवस्थामा भेटियाे ४ कराेडको बिएमडब्लू कार

    महानगरीय अपराध महाशाखा, टेकूको प्राङ्गणमा एउटा सेतो रंगको गाडी एक साताभन्दा बढी समयदेखि थन्किएको छ।