माैद्रिक नीति: ऋण दिन बैंकले राष्ट्रिय एजेन्सीबाट रेटिङ लिनुपर्ने


Infocus


NIC ASIA

राष्ट्र बैंकले अार्थिक वर्ष २०७५/५७ को माैद्रिक नीति बुधबार सार्वजनिक गरेकाे छ। माैद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरञ्जीवि नेपालले आगामी आबदेखि वार्षिक रुपमा सबै वाणिज्य बैंकहरूले राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीबाट आफ्नो रेटिङ गर्नुपर्ने बताए।

बैंक तथा वित्तीय संस्थाहरुले ५० करोड वा सोभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह गर्दा वा कर्जा नवीकरण गर्दा सो संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने व्यवस्था पनि गरिने भएको छ। अहिलेसम्म बैंकहरूले अाफैँ वा सामान्य कम्पनी खडा गरी कर्जा मूल्यांकन गरिँदै अाएकाे थियाे। यसमा ५० कराेडकाे कर्जामा अनिवार्य गरेकाे हाे।

शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था पनि गरेको हो।

अधिकांश विकास बैंक र वित्त कम्पनीहरु पनि तोकिएको चुुक्ता पुुँजी पुर्याउने प्रक्रियामा छन्। ३३ विकास बैंकहरुमध्ये २१ वटाले तोकिएको चुक्ता पुँजी पुर्याएकाे माैद्रिक नीतिमा उल्लेख छ। सात विकास बैंक तोकिएको चुक्ता पुँजी पुर्याउने प्रक्रियामा छन्। ४ वटा विकास बैंकको चुुक्ता पुुँजी पुर्याउने समयावधि थप गरिएको छ।

२५ वित्त कम्पनीहरुमध्ये ११ वटाले तोकिएको चुक्ता पुँजी पुर्याएका छन्। ३ वटा वित्त कम्पनी चुक्ता पुँजी पुर्याउने क्रममा रहेका छन्, ५ वटा वित्त कम्पनीको चुुक्ता पुुँजी बढाउन समयावधि थप गरिएको छ। एउटा कम्पनीको चुक्ता पुुँजी नपुुग्ने देखिएकाे माैद्रिक नीतिमा उल्लेख छ।

यीबाहेक ४ वटा वित्त कम्पनीहरु रिजोलुुसनको प्रक्रियामा र एक वित्त कम्पनी खारेजीको क्रममा छन्।

बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने विद्यमान अनिवार्य नगद अनुपात वाणिज्य बैंकका लागि ६ प्रतिशत, विकास बैंकका लागि ५ प्रतिशत र वित्त कम्पनीका लागि ४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५/७६ देखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैले ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था गरिने भएकाे छ।

अनिवार्य नगद अनुपातमा गरिएको कटौतीबाट करिब ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा समेत कमी आउने विश्वास केन्द्रीय बैंककाे छ। वैधानिक तरलता अनुपात वाणिज्य बैंकहरुका लागि १२ प्रतिशतबाट १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीहरुका लागि ८ प्रतिशतबाट ७ प्रतिशत कायम गरिएकाे छ।

प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 17:15:04
Max TV
Max TV
Zen Travels

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...

  • प्रधानमन्त्री केपी शर्मा ओली।

    हप्तादिनमै अरिङ्गालबाट मौरीतर्फ ओलीको ‘यु-टर्न’

    पार्टीका नेता तथा कार्यकर्तालाई विरोधीमाथि अरिंगालझैँ जाइलाग्न निर्देशन दिएको हप्ता दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली ‘यू–टर्न’ भएका छन्।