निगमको काठमाडौं–दोहा दैनिक उडान अगस्ट १ बाट




नेपाल एयरलाइन्स वाइड बडी विमान
नेपाल एयरलाइन्स वाइड बडी विमान

नेपाल वायुसेवा निमगले असार १४ मा भित्र्याएको वाइडबडी विमानले काठमाडौं–दोहा दैनिक उडान गर्ने भएको छ।

NIC ASIA

साउन १६ देखि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले खरिद गरेको ब्रान्ड न्यु विमानले दोहाको दैनिक उडान गर्ने नेपाल वायुसेवा निमगका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।

नेपाल वायुसेवा निगमको ९एन–एएलवाई एयरबस ३३०–२०० विमानले नयाँ गन्तव्यमा उडान अनुमति नपाएपछि पहिलो नयाँ एयरबसले दोहामा उडान गर्न लागेको हो। आन्तर्राष्ट्रिय मान्यता अनुरुप नयाँ विमानले नयाँ गन्तव्यमा उडान गर्न नपाईने महाप्रवन्धक कंसाकारले जनकारी दिए।

वाइडबडी विमान जापान, साउदी अरेबीया र कोरियालाई लक्षित गरि खरिद गरिएको हो। युरोप र अमेरिका उडान निगमको दोस्रो योजनामा रहेको छ। निगमले केही दिनपछि अर्को पनि वाइडबडी विमान भित्र्याउँदैछ।

नयाँ गन्तव्यका लागि नेपाल सरकार र निगमले प्रयास गर्दै आएको छ। निगमले नयाँ गन्तव्य जापानमा असोज महिना भित्र नियमित उडान गर्ने योजना बनाएको छ। काठमाडौंबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने निगमले जानकारी दिएको छ। त्यसैगरी निगमले साउदी अरेबीया र कोरियामा समेत उडानका लागि प्रक्रिया अगाडि बढाएको छ।

निगमले खरिद गरेको ३३०–२०० विमान उडान गर्ने क्पाप्टेनका लागि रु १८ लाख र को–पाइलटका लागि रु १२ लाख खर्च लाग्ने अनुमान निगमको रहेको छ। यो रकम कर सहितको हो। निगमले खरिद गरेको २ वटा एयरबस ३३०–२००विमान २७४ सिट क्षमताको हो। ‘यी दुई विमान उडानका लागि केही महिना भित्र स्वदेशी ६ जना क्याप्टेन र ६ जना को–पाइलट तयार हुने छ,’ महाप्रवन्धक कंसाकारले भने, ‘साथै थप विदेशी १२ जना क्याप्टेन र १२ जना को–पाइलटलाई करारमा ल्याउने योजना छ।’

नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको १२–१२ अर्ब ऋणमा ठूला जहाज खरिद गरिएको हो। राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अमेरिकी एएआर कर्पोरेसनमार्फत प्रतिजहाज १० करोड ४८ अमेरिकी डलरमा खरिद गरेको हो।

निगमले खरिद गरेको थप एउटा विमान नेपाल आएसँगै निगमसँग अन्तर्राष्ट्रिय उडान बोइङ ९ एसिबी–५७५ र दुईवटा एयरबस ३२० विमानबाट गर्दै आएको छ। वाइडबडी दुईवटा थप भएसँगै निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा विमान हुनेछन्। हाल नेपालबाट ८ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्नेछन्।

हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँ दिल्ली, बेङ्लोर र मुम्बईमा नेपाल एयरलाइन्सका उडान रहेका छन्। आन्तरिक उडानका लागि निगमसँग वाइ १२ चारवटा र एमए १६ दुईवटा र दुईवटा ट्विनटर विमान छन्।

प्रकाशित २६ असार २०७५, मंगलबार | 2018-07-10 20:32:14
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।