मार्सीजस्तै ‘हाइब्रिड’ ले हराउन नसकेको ‘पोखरेली जेठोबूढो’


Infocus



प्रचण्डले पोखरामै हुँदा सानोमा पक्कै जेठोबूढोको भात खाए होलान्। जेलमा महंगो र मगमग बास्ना आउने जेठोबूढोको भात खाने अवसर ओलीलाई मिल्यो कि मिलेन कुन्नि!

कास्कीको ढिकुरपोखरी, लेवाडेमा जन्मेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नियतिले पिताको दौराको फेर समात्दै चितवन पुर्‍यायो। झापामा जन्मेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियतिले लामो समय पोखरामा ‘राजबन्दी’ बनायो।

कास्कीमै जन्मेका प्रचण्ड र झापाली ओली यतिबेला ‘मार्सी चामलको भात’ को ब्राण्डिङमा जोडिन पुगेका छन्। प्रचण्डले पोखरामै हुँदा सानोमा पक्कै जेठोबूढोको भात खाए होलान्। जेलमा महंगो र मगमग बास्ना आउने जेठोबूढोको भात खाने अवसर ओलीलाई मिल्यो कि मिलेन कुन्नि! तर, सार्वजनिक जीवनको क्रममा पटक-पटक पोखरा आउँदा उनको जिब्रोले पनि जेठोबूढोको स्वाद चाखेकै हुनुपर्छ।  जिम्बुले झानेको कालो मासको दाल, अनि मगमग बास्ना आउने जेठोबूढोको भातमा घिउ हालेर खाँदाको स्वाद उनीहरु दुबैले सम्झेकै हुनुपर्छ।

एक रोपनी क्षेत्रफलमा २ क्विन्टलसम्म उत्पादन हुने जेठोबूढोको भात मसिनो र मीठो मात्र हुँदैन, पराल पनि राम्रो हुन्छ। धानको बजार मूल्य उच्च रहेकाले जेठोबूढो धानप्रति किसानहरुको आकर्षण कायमै छ। अहिले पोखराको बजारमा एक किलोग्राम जेठोबूढोको मूल्य १ सय ६५ रुपैयाँको हाराहारीमा रहेको छ। यो भारतबाट आउने अन्य बास्नादार चामलकोभन्दा बढी हो।

कर्णालीबासीलाई मार्सीको महत्व थाहा भएजस्तै पोखरेलीलाई पनि जेठोबूढोको महत्व थाहा छ। मगमग बास्ना आउने, लामो सिता भएको र खाँदा नरम हुने जेठोबूढो पोखरेलीको पहिलो रोजाईको चामल हो। ६ सयदेखि ९ सय मिटरसम्मको उचाईमा खेती हुने यो धान चिसो पानीमा राम्रो हुन्छ।

पोखरा र आसपासका किसानहरुले परापूर्व कालदेखि लगाउँदै आएको जेठोबूढो बढ्दो सहरिकरणको कारण संकटमा पर्दै गएपनि यसप्रतिको आकर्षण भने घटेको छैन। काठमाडौँ वा अन्यत्र बसेपनि पोखराबाटै जेठोबूढोको चामल मगाएर खानेहरुको कमी छैन।

जेठोबूढोप्रतिको यही आकर्षणलाई ध्यानमा राखेर स्थानीय धानका जात संरक्षणमा जुटेको जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि-बर्ड) नामक संस्थाले यो धान संरक्षण अभियान नै चलायो। लि-बर्डकै पहलमा पोखरेली जेठोबूढो बाली विज्ञान प्रयोगशालामा दर्ता पनि गरियो। लि-बर्डका कार्यक्रम अधिकृत राजिव ढकालको प्रतिवेदन अनुसार, सन् २००४ मा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा दर्ता भएको हो। पोखरेली जेठोबूढोको बीउको सुधार पनि लि-बर्डले नै गरेको हो।

‘उत्पादन बढी हुने र खाद्यान्नमा आत्मनिर्भर हुनको लागि नयाँ बीउ लगाउनैपर्छ’, लि-बर्डका काईक्रम अधिकृत राजिव ढकालले भने, ‘हाइब्रिड बीउको प्रयोगले स्थानीय जातहरु हराउनु स्वभाविक हो, तर जेठोबूढोको आकर्षण भने उस्तै छ।’ अहिले यताका किसानहरुले सुधारिएको पोखरेली जेठोबूढो लगाउने गरेको उनको भनाई छ। अरु धानको भन्दा बढी मूल्य पाउने भएकाले पनि जेठोबूढो नमासिएको उनले तर्क गरे।

जेठोबुढो धान

जेठोबुढो धान

लि-बर्डले पोखरेली जेठोबूढोजस्तै अरु धानहरु पनि दर्ता गरेर बीउ उत्पादनमा काम गरिरहेको छ। लि-बर्डकै अगुवाईमा गठित किसान समूहहरुले ६२ खाद्य बालीका एकहजार १७ स्थानीय जातको संरक्षण गरेका छन्। सहभागितामूलक बाली प्रजनन समूहका अध्यक्ष सूर्यप्रसाद अधिकारीका अनुसार, विभिन्न क्षेत्रका सातहजार ५२ घरधुरीलाई उन्नत तथा स्थानीय जातको बीउ उपलब्ध गराइँदै आएकोे छ। गत वर्ष बीउ ब्याङ्कमार्फत किसानले १८७ टन बीउ उत्पादन गरेर बिक्री गरेका थिए। उनका अनुसार अरु धानका बीउहरु संरक्षणकै लागि उत्पादन गरिएपनि यताका फाँटहरुमा जेठोबूढो रोप्नेहरुको भने कमी छैन।

‘हामी बेच्नेभन्दा पनि आफैले खानको लागि मात्र भए पनि जेठोबूढो लगाउँछौँ’ उनले एक कार्यक्रममा भनेका थिए, ‘गुन्द्री बुन्ने पराल पनि जेठोबूढोकै राम्रो हुन्छ।’ किसानहरुले जेठोबूढो रोप्न नछाडे कति उत्पादन हुन्छ भन्ने लेखाजोखा भने नगरिएको उनले बताए।

लि-बर्डको लागि २०७३ सालमा ईन्द्र पौडेल, दीपक उपाध्याय, लाक्पा शेर्पा, राजिव ढकाल र अरुणा पराजुलीले गरेको एक अध्ययन अनुसार, ‘भ्यालु चेन’ मा जोडिने जातहरुप्रति किसानहरुको आकर्षण कायमै रहेपनि बढी उत्पादन खोज्दा रैथाने जातहरु हराउन थालेको औँल्याएको थियो। हराउन थालेका जातहरुको बीउमात्र भए पनि संरक्षण गर्नको लागि लि–बर्डले स्थानीयको सहयोगमा केही धानको बीउ उत्पादन र संरक्षण कार्यक्रम अगाडि सारेको हो।

संरक्षणको पहल हुँदै गर्दापनि यो क्षेत्रमा करिब डेढ दशक अघिसम्म प्रचलनमा आएका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धानका जात हराएका छन्। नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली मसिनो (पहेँले), मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेको लि-बर्डले जनाएको छ।

कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन्। पछिल्लो समय कास्कीमा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंले जस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ।

बाली विकास निर्देशनालयले २०२४ सालमा नेपालमै पहिलो पटक हाइब्रिड जातको धान लगाउन किसानहरुलाई सिफारिस गरेको थियो। त्यो बेला ताइचुङ-१७६ मध्य पहाड र चाइचुङ २४२ जातको धान पहाडी क्षेत्रको लागि सिफारिस गरिएको थियो। दुबै जातहरु विदेशी धानसँग हाइब्रिड गरिएका थिए। नेपाली रैथाने उत्पादनसँग हाइब्रिड गरिएका जातहरु भने हालसम्म खासै प्रयोगमा आउन सकेका छैनन्।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख लोकेन्द्र बोहोराका अनुसार कास्की वर्षेनी करिब २६ हजार मेट्रिक टन खाद्यान्न बाहिरबाट आयात गर्छ। कास्की उब्जाउमा अब्बल नै भएपनि पछिल्लो समय खेतियोग्य जग्गामा हुँदै आएको प्लटिङ र जग्गा बाँझो राख्ने प्रवृत्तिका कारण समस्या झन जटिल बन्दै गएको छ। उनका अनुसार, कास्कीमा २६ हजार ५ सय हेक्टर जमिनमा मात्र खेति गरिएको तथ्याङ्क छ। ४८ हजार ६ सय ३३ हेक्टर जमिन खेतपातिको लागि उपर्युक्त रहेपनि गाउँहरु खाली हुँदै गर्दा बाँझो राख्ने प्रक्रिया बढ्दै गएको छ। नेपालमा धान खेतीले कृषिको कूल ग्राहस्थ्य उत्पादनमा २१ प्रतिशत योगदान दिँदै आएको छ।

प्रकाशित २६ असार २०७५, मंगलबार | 2018-07-10 14:30:41
Max TV
Max TV
Zen Travels
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • यसरी हुँदैछ धरहरा पुनर्निर्माण (फोटो/भिडियो)

    भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम सुरु भएको छ। भूकम्प गएको सांढे तीन वर्षपछि धरहराको पुनर्निर्माण थालिएको हो।

  • अब म धेरै बाँच्दिनँ होला: राजेन्द्र खड्गी

    लामो समय नेपाली सिने जगतमा द्वन्द्व निर्देशनमा एकछत्र राज गरेका राजेन्द्र खड्गी अहिले पनि यही क्षेत्रमा क्रियाशील छन्।

  • बाबु लक्ष्मीप्रसाद देवकोटाको तस्बिरसँग छोरी अम्बिकादेवी रिमाल

    लक्ष्मीप्रसाद देवकोटासँग छोरी अम्बिकाका ती दिन

    अम्बिकादेवी भन्छिन्, ‘गोष्ठीमा कविता सुनाउने कार्यक्रम रहेछ। तर बुबाले आफ्नो कविता नै लान बिर्सनुभएछ। त्यसपछि त्यहीँ दाल, भात, डुकू शीर्षकमा कविता...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    घुसखाेर कर्मचारीको नयाँ शैलीः जाेगिने विधि सिक्न अख्तियार ‘पोष्टिङ’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीनवर्ष बस्दा उपसचिव (जिल्ला न्यायाधीवक्ता) कोषहरि निरौलाले अनुसन्धान अधिकृत बनेर दर्जनौ मुद्दाको अनुसन्धान गरे।