भाडाको भारतीय रेलमा नेपाली झन्डा राखेर सञ्चालन गर्ने तयारी

भारतसँगका पाँच नाकामा रेलमार्ग निर्माण गर्ने सहमति



नेपाल र भारतका अधिकारीहरू अन्तरदेशीय रेलमार्ग निर्माणको बैठकमा सहभागी हुँदै। तस्विर साैजन्य: भारतीय दूतावास
नेपाल र भारतका अधिकारीहरू अन्तरदेशीय रेलमार्ग निर्माणको बैठकमा सहभागी हुँदै। तस्विर साैजन्य: भारतीय दूतावास

नेपाल-भारत जाेड्ने जनकपुर—जयनगर रेलमार्गमा भाडाकाे भारतीय रेलमा नेपालको राष्ट्रिय झन्डा राखी सञ्चालन गर्ने तयारी गरिएको छ।

३५ किलोमिटर दूरीको यो ब्राेडगेज रेलमार्ग यसै वर्षभित्र निर्माण सम्पन्न हुँदैछ। भाडाकाे रेलमा नेपाली राष्ट्रिय झन्डा राख्न नेपालले भारतसँग छलफल गरेकाे हो। रेलमार्ग तयार भए पनि नेपालसँग रेलसेवाका लागि अावश्यक पर्ने रेल छैन। भारतीय रेलमा नेपाली झण्डा राखेर चलाउने प्रस्तावमाथि दुई देशका अधिकारीबीच छलफल भएको छ।

रेलमार्गबारे छलफल गर्न अाइतबार काठमाडाैं अाएकाे भारतीय प्रतिनिधिमण्डलसँग साेमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा नेतृत्वको नेपाली टाेलीले छलफल गरिरहेकाे हाे।

नेपाल सरकारसँग रेल नभएकाले भारतीय रेलमा नेपाली झण्डा राखेर चलाउन छलफल गरिएकाे रेल विभागका सिनियर डिभिजिनल इन्जिनियर प्रकाशभक्त उपाध्ययले नेपालखबरलाई बताए।

'सरकार आफैँ वा भारतीय रेल कम्पनीसँग करार गरेर रेलसेवा सञ्चालन गर्ने भन्ने विषयमा भारतीय पक्षसँग कुराकानी भएको छ', शर्माले नेपालखबरसँग भने, 'याे रूटमा रेल सेवा सञ्चालन गर्न अरू आवश्यक प्रक्रिया पूरा सुरू गर्ने र नाकामा पाँच रेलमार्ग निर्माणबारे भारतीय पक्षसँग छलफल भएकाे छ।' 

भारतीय विदेश मन्त्रालयका सहसचिव नाम्ग्या खम्पा नेतृत्वको टोली र नेपाली पक्षबीच विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकालार्इ भारतीय रेलमार्गले जोड्ने विषयमा छलफल भएको हो। दुर्इ देशका अधिकारीहरू आयत निर्यातबाट आर्थिक वृद्धि हाँसिल गर्न नेपाल-भारत रेलको सम्पर्क बढाउनु पर्नेमा सहमत भएका छन्।

नेपाल-भारत अन्तरदेशीय रेल सञ्जालको विकासमा भारत सरकारको समर्थन आवश्यक रहेको नेपाली पक्षको भनाइ छ। भारतीय रेल सञ्जाललार्इ नाकासम्म ल्याउनका लागि अवश्यक पर्ने जग्गा उपलब्ध गराउन नेपाली पक्ष सहमत छ। 

बैठकमा जयनगरदेखि जनकपुर र जोगबनीदेखि विराटनगर भन्सार यार्डसम्म रेलमार्ग निर्माणका लागि बाँकी रहेका समस्या तीन महिनाभित्र समाधान गर्न नेपाली पक्षले प्रतिबद्धता जनाएकाे छ। रेल सर्वेक्षण गर्न बाँकी तीन रेल लिंक न्यू जलपाईगुडी देखि काकडभिट्टा, नौतनवादेखि भैरहवा र नेपालगन्ज रोडदेखि नेपालगन्जसम्मको काम तत्काल सुरु गर्ने विषयमा दुर्इ देशका अधिकारीबीच छलफल भएकाे छ।

बैठकमा रक्सौलदेखि काठमाडौं रेल लाइनको प्रारम्भिक ईन्जिनियरिङ् र ट्राफिक सर्वेक्षणको प्रारम्भिक आँकडाको विषयमा पनि छलपलल भैरहेको उपाध्यायले जानकारी दिए।

प्रकाशित २५ असार २०७५, सोमबार | 2018-07-09 20:58:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...