निर्यात प्राथमिकतामा सिमेन्ट र धागाे

सिमेन्टकाे लक्ष्यित बजार भारत, धागाेकाे बंगलादेश र टर्की



नेपाली धागाे, नेपाली सिमेन्ट
नेपाली धागाे, नेपाली सिमेन्ट

सरकारले निर्यात प्राथमिकताका वस्तुमा सिमेन्ट र धागोलाई थप गर्न गृहकार्य गरिरहेकाे छ।

सन् २०२० मा राष्ट्रिय अर्थतन्त्रमा निर्यात व्यापारको योगदान ४ प्रतिशत पुर्याउन वाणिज्य मन्त्रालयले तयार पारेकाे एकीकृत व्यापार रणनीति योजनामा यी दुई वस्तु समावेश गर्न लागिएको हो।

मन्त्रालयले २ वर्षअघि तयार पारेको योजनामा अदुवा, अलैँची, चिया, औषधिजन्य जडिबुटी, छालाजन्य उत्पादन, पश्मिना, कपडा, जुत्ता र कार्पेट गरी ९ वस्तुलाई निर्यातजन्य वस्तुको सूचीमा राखेको थियो। पछिल्लो समय यी दुई वस्तुको उत्पादन वृद्धि भएको निष्कर्षसहित मन्त्रालयले विदेश निर्यातको प्राथमिकतामा पारेको हो।

सिमेन्टमा नेपाल आत्मनिर्भर भइसकेको र लगानी थपिँदै गएकोले विदेश निर्यातलाई सरकारले प्राथमिकतामा राख्ने तयारी गरिरहेको वािण्ज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैँजू बताउँछन्।

‘सरकारले जुन वस्तुको विदेशमा माग र नेपालमा उत्पादन बढी छ त्यसकालाई प्राथमिकता राखेर निर्यात बढाउन चाहेको छ’, प्रवक्ता सैँजुले नेपालखबरसँग भने, ‘अहिले उत्पादन र नेपालको आत्मनिरताबारे सरकारले तथ्याङ्क संकलन गरिरहेको छ। यसअघिको निर्यात प्राथमिकताको सूचीमा केही उत्पादन थप हुन सक्छन्।’ आयातमुखी अर्थतन्त्रका कारण नेपालको व्यापार घाटा बढ्दो छ। मन्त्रालयले अहिले निर्यात भइरहेका वस्तुकोको निर्यात परिमाण बढाउन समेत काम गरिरहेको छ।

पाँच वर्षमा अलैंचीको निर्यात ७५ प्रतिशतले बृद्धि गर्ने लक्ष्य सरकारको छ। हाल अलैँची वार्षिक ५७ सय मेट्रिक टन विदेश निर्यात हुनेगर्छ। सन् २०२० मा ६५ सय मेट्रिक टन पु¥याउने सरकारको लक्ष्य छ।

अदुवाको निर्यात ७० प्रतिशतले बृद्धि गरी २०२० सम्ममा वार्षिक ३ लाख मेट्रिक टन निर्यात गर्ने, चियाको निर्यात वार्षिक ४५ सय मेट्रिक टन र्पुयाउने लक्ष्य राखिएको छ। औषधिजन्य जडिबुटीको निर्यात वार्षिक २० लाख डलर, छालाजन्य सामग्रीको निर्यात २० लाख डलर, कपडाजन्य सामग्रीको २ करोड डलर, जुत्ताको निर्यात ४५ लाख डलर र पश्मिनाको निर्यात ५० लाख डलर पुर्याउने सरकारको लक्ष्य छ।

सन् २०२० मा राष्ट्रिय अर्थतन्त्रमा निर्यात व्यापारको योगदान ४ प्रतिशत पुर्याउन एकीकृत व्यापार रणनीति योजना सार्वजनिक गरिएको छ। वाणिज्य मन्त्रालयले निर्यात प्रवर्द्धनको लागि आगामी पाँच वर्षमा गर्नुपर्ने काम र आगामी लक्ष्यसहित रणनीतिक योजना सार्वजनिक गरेको हो। आर्थिक वर्ष २०७२/७३ को तुलनामा आयात उच्च दरले वृद्धि भएपछि गत आर्थिक वर्ष नेपालको व्यापार घाटा २८.९ प्रतिशतले बढेर ६ खर्ब १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

गत आवमा नेपालबाट ९० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। विभिन्न मुलुकबाट ७ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएका छन्। जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १७.४ प्रतिशत र २७.३ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष ७६ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। ५ खर्ब ५६ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। यस अवधिमा भारततर्फ जिंक शिट, गिट्टी तथा बालुवा, जुस र अलैंची लगायतका वस्तुहरुको निर्यात बढेको छ। अन्य मुलुकतर्फ ऊनी गलैंचा, तयारी पोशाक, जडीवुटी र पश्मिनाको निर्यातमा वृद्धि भएको थियो।

चालू आवको हालसम्म भने वस्तु निर्यात ६६ अर्ब ६५ करोड पुगेको छ। चालू आवमा कुल वस्तु आयात २१.९ प्रतिशतले बढेर ९८५ अर्ब ८३ करोड पुगेको छ।

प्रकाशित २१ असार २०७५, बिहिबार | 2018-07-05 12:35:17
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...