सरकारले बढाएको भन्सारदरमा डब्लुटिओको आपत्ति

भन्सारदर पुनःविचार हुँदैन: सरकार



नेपाल सामान आयात हुने मुख्य नाका वीरगन्जस्ति सुक्खा बन्दरगाह
नेपाल सामान आयात हुने मुख्य नाका वीरगन्जस्ति सुक्खा बन्दरगाह

नेपाल डब्लूटिओको सदस्य भएको नाताले उनीहरुको मान्यता र नेपालको बाध्यतालाई सहमतिमा टुङ्याउने प्रयास हुन्छ: चन्द्रकुमार घिमिरे, सचिव, वाणिज्य मन्त्रालय

विश्व व्यापार संगठन (डब्लूटीओ)ले नेपालले आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याएको भन्सारदर अत्यधिक बढी भएको भन्दै सरकारलाई पत्र पठाएको छ।

विद्युतीय सामान तथा अटोमा भन्सार दरबढी रहेको औंल्याउँदै डब्लुटिओले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै प्रश्न उठाएको हो।

डब्लूटीओको सदस्य राष्ट्र नेपालको भन्सारदर डब्लुटिओ मापदण्डविपरित रहेको उसले औंल्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले नेपालखबरलाई बतायो।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीमा इन्जिन क्षमता आधारमा अन्तशुल्क वृद्धि गर्ने नीति सार्वजनिक गरेको थियो। गाडी मूल्यमा ६० प्रतिशतसम्म लिइँदै आएको अन्तशुल्क सय प्रतिशतसम्म पु¥याउने र मोटरसाइकलको अन्तशुल्क ४० बाट ६० प्रतिशत बनाउने बजेटमा उल्लेख छ।

बजेटले भन्सारमा १००० देखि १५०० सीसी सम्मका गाडीलाई अहिले लाग्दै आएभन्दा ५ प्रशित बढी अन्तशूल्क लगाउने व्यवस्था गर्दैछ। हाल मूल्यको ६० प्रतिशत अन्तशुलक लाग्दै आएकोमा अब त्यो बढाएर ६५ प्रतिशत पुग्दैछ। १५ सयदेखि २००० सीसीसम्मका गाडीमा ७० प्रतिशत अन्तशुल्क लाग्नेछ। यसैगरी २००० सीसीदेखि २५ सय सीसीसम्मका सवारीलाई ८० प्रतिशत अन्तशूलक लगाउने सरकारीको नीति छ।

२५ सय सीसीदेखि ३ हजार सीसीसम्मका सवारीमा ९० प्रतिशत अन्तशूल्क लाग्नेछ। ३००० सीसीभन्दा माथिका गाडीमा अब सय प्रतिशतसम्म अन्तशुल्क थपिनेछ।

सरकारको भन्सार दर नेपालले सन् २००४ मा डब्लुटिओसँग डब्लुटिअाेमा अावद्ध हुँदा गरेकाे सम्झौताविपरित रहेको उसले उल्लेख गरेको छ। नेपाल सन् २००४ अफ्रिल २३ मा डब्लुटिअाेकाे १०८ अाैं सदस्य राष्ट्र बनेकाे थियाे। त्यतिबेला नेपालले हस्ताक्षर गरेको सम्झौतामा हरेक वर्ष भन्सार दर घटाउँदै लैजाने रहे पनि त्यसलार्इ नेपाल सरकार सो सम्झौता विपरित गइरहेकाे पत्रमा उल्लेख छ।

 

नेपालकाे संसदले डब्लुटिअाे अनुमाेदन गरेपछि सन् २०१७ जनवरीमा डब्लिटिअाेका महानिर्देशकसँग नेपाली अधिकारी दीपक धिताल

नेपालकाे संसदले डब्लुटिअाे अनुमाेदन गरेपछि सन् २०१७ जनवरीमा डब्लिटिअाेका महानिर्देशकसँग नेपाली अधिकारी दीपक धिताल

अघिल्लो वर्ष पनि डब्लुटिओले भन्सारदर बढी रहेको भन्दै मन्त्रालयसँग छलफल गरेको थियो। यो वर्ष फेरि पत्र पठाएपछि वाणिज्यले अर्थ मन्त्रालयसँग छलफल गरेको छ। छलफलपछि दुवै मन्त्रालयका अधिकारी अटो भन्सारमा लचक हुन नसकिने निष्कर्षमा पुगेका छन्।

अटोले नेपालको व्यपार घाटा बढाएकोले त्यसलाई प्रोत्साहन हुने गरी नीति परिमार्जन नहुने वणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे नेपालखबरलाई बताए। ‘हामीले अटो आयतलाई निरुत्साहित गर्नुपर्छ। त्यसले राजश्वमा क्षणिक लाभ दिए पनि हामीलाई समग्रमा घाटा नै भएको छ’, उनले भने।

डब्लूटिओले पत्रमा उठाएका सरोकारबारे विस्तृत अध्ययन गरेर सरकारले जवाफ दिने तयारी गरेको छ। ‘नेपाल डब्लूटिओको सदस्य भएको नाताले उनीहरुको मान्यता र नेपालको बाध्यतालाई सहमतिमा टुङ्याउने प्रयास हुन्छ। अत्यधिक अटोको आयतले इन्धनको खपत बढाउँदा देशकै अर्थतन्त्र इन्धन केन्द्रित हुँदै गएकाले अरु धेरै समस्या थपिएका छन्।’

सार्ककै महँगो भन्सार दर
अटोमोबाइलको आयातमा लाग्ने अन्तःशुल्क उल्लेख्य वृद्धि गरिएपछि निजी क्षेत्रले पनि सरकारको ध्यानाकर्षण गराएको थियो। नेपाल अटोमोवाइल एसोसिएशन नाडाका अध्यक्ष शम्भु दाहाल भन्छन्, ‘अटोको भन्सार दर नेपालमा सार्क राष्ट्रहरुमै सबैभन्दा बढी छ। यसले व्यवसायीलाई मात्रै होइन। उपभोक्तालाई ठूलो असर पारेको छ।’

सरकारले भन्सारमा कडाई गर्दा सर्वसाधारणको अटो उपभोग गर्ने सपना झन् पर गएको उनको बुझाई छ। सरकारले भने आन्तरिक राजश्वलाई महत्व दिएर अघि बढेको देखिएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि आन्तरिक उत्पादनलाई बढाउने त्यसबाटै कर असुल गरेर राज्य संचालनमा सहजता गर्ने उल्लेख छ।

प्रकाशित १३ असार २०७५, बुधबार | 2018-06-27 13:43:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...