धानमा आत्मनिर्भर हुन ‘इरि’ सँग कृषि मन्त्रालयको सम्झौता

आत्मनिर्भर बन्न ५ बर्षे कार्ययोजना



रासस
रासस
राजाराम कार्की

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरि) बीच पाँच वर्षे संयुक्त कार्ययोजनामा हस्ताक्षर भएको छ। सोमबार काठमाडौंमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको रोहबरमा कृषि सचिव डा युवकध्वज जिसी र इरिका महानिर्देशक म्याथ्यु मोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार पाँच वर्षे कार्ययोजनामा ७ वटा थिम अन्तर्गत १६ वटा सम्भावित मुख्य परियोजना छन्, जसले पाँच वर्ष भित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउनेछ। इरिले नेपाललाई धानका नयाँ जातहरु, माटोको उर्वराशक्ति कायम, रोग तथा किराको रोकथाम,, धानको उत्पादन र उत्पादकत्व बढाउने लगायतका विषयमा सहयोग गर्नेछ।

सम्झौता अन्तर्गत रहेर इरिले सुख्खा र डुवान सहन सक्ने धानका जातहरु विकास गरी नेपाल ल्याई नार्कसँग सहकार्य गरेर नेपाल सरकारको सहयोगमा धानका जातहरु सिफारिस गरी कृषकलाई उपलब्ध गराउनेछ।
अहिलेसम्म नेपालमा सिफारिस गरिएका धानका ८२ जातमध्ये ५० भन्दा बढी जात इरिबाट उपलब्ध भएका छन्।

यसैगरी नेपालमा कार्यरत कृषि बैज्ञानिक, कृषि प्रसारमा संलग्न प्राविधिकहरुको क्षमता अभिबृद्धि गर्न पीएचडी र मास्टर्स डिग्री तथा अल्पकालिन तालिम, तथा नीति निर्माणमा संलग्न व्यक्तिहरुलाई अवलोकन भ्रमणमा पनि इरिले प्रदान गर्दै आएको छ। त्यसमध्ये ५२ जनाले पीएचडी, ४७ जनाले मास्टर्स डिग्री, १० जनाले ‘अन द जब’ तालिम र २ सय २८ जनाले छोटो अवधिको तालिम गरी ३ सय ३७ जनाले इरिबाट धान सम्बन्धी ज्ञान हासिल गरेका छन्।

नेपाल सरकार र इरिबीच सन् १९६६ देखि सहकार्य शुरु भएको हो। सन् २००५ मा इरिले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको थियो । मन्त्रालयले इरि–नेपाललाई आाफ्नो कार्यालय चलाउन नेपाल कृषि अनुसन्धान परिषद (नार्क) परिसरमा निशुल्क स्थान उपलब्ध गराएको छ, इरिले चाहिँ नेपालको धान अनुसन्धान र विकासमा सहयोग गर्दै आइरहेको छ।

मन्त्रालय र इरिको अगुवाईमा ‘नेपाल धान कार्यदल’ गठन गरेको छ, जसमा धान अनुसन्धान र विकासमा संलग्न भएका संस्थाहरु नार्क, कृषि विभाग, कृषि र वन विश्वविद्याालय, निजी क्षेत्र लगायतको सहभागिता छ। नेपाल र इरिबीच पहिलो पाँच वर्षे सम्झौता १३ डिसेम्बर २०१० मा र दोस्रो सम्झौता ९ जुन २०१७ मा भएको थियो।

सम्झौताको अवसरमा मन्त्री खनालले यो कार्ययोजनाले नेपालमा धान अनुसन्धान र विकासमा उच्च स्तरको प्रविधि विकसित गरी धानको समग्र उत्पादन र उत्पादकत्व बढाएर खाद्य र पोषण सुरक्षाको उदेश्यलाई पुरा गर्ने विश्वास रहेको बताए। उनले भने, ‘सम्झौता राम्रोसँग कार्यान्वयन हुनेछ र यसले नेपालीको जीवनमा सुधार ल्याई गरिबी निवारणमा सहयोग पुग्नेछ।’

सरकारले नीति तथा कार्यक्रम मातहत रहेर बजेटमा कृषिलाई प्राथमिकता दिइएको बताएका मन्त्री खनालले आगामी पाँच वर्षभित्र उत्पादन दोब्बर पार्ने योजना रहेको बताए। ‘त्यसका लागि धानका जात र परम्परागत कृषि प्रणालीमा सुधार गर्नुपर्छ, उत्पादनको व्यवसायिकरण र यान्त्रिकीकरणमा पनि जोड दिनु पर्ने स्थिति छ’ खनालले भने, ‘त्यसका लागि सहयोग गर्न मन्त्रालय तयार छ।’

प्रकाशित ११ असार २०७५, सोमबार | 2018-06-25 17:39:18
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...