नेपालमा वर्षिक १० लाख मेट्रिकटन धान आयात, सरकार भन्छ: भात मात्र खाना होइन



नेपालको प्रमुख बाली धानको रोपार्इ सुरु भएसँगै नेपालमा धानसँग सम्बन्धित तितो तथ्यांक सार्वजनिक भएको छ। ९० प्रतिशतले नेपाली किसानले धान खेती गर्ने भएपनि यस बालीमा मुलुकले भारी परनिर्भरता व्यहोर्नुपरेको कृषि मन्त्रालयको एक तथ्यांकले देखाएको हो।

नेपालमा १० लाख मेट्रिकटन धान विदेशबाट आयत हुने गरेको कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ। मन्त्रालयका निमित्त सचिव योगेन्द्र कुमार कार्कीका अनुसार ५० देखि ५२ लाख मेट्रिकटन धान स्वदेशमा उत्पादन हुन्छ। तर, मुलुकलार्इ वर्षिक ६० लाख मेट्रिकटन धान आवश्यक पर्छ। सोही कारण नेपालमा १० लाख मेट्रिकटन धान विदेशबाट आयत गर्नुपरेको हो।

यो वर्ष बाढी, पहिरो र डुबानका कारण धान उत्पादनमा भारी मात्रामा कमी आउने अनुमान गरिएको थियो तर, उत्पादकत्व बढेका कारण उत्पादन धेरै घट्न नपाएको सचिव कार्की बताउँछन्।

'बीउ, मलको समयमै उपलब्धता र समयमा पानी परेकाले पनि धानको उत्पादनकत्वमा वृद्धि भएको छ' उनले भने,'रोपाइ कम हुनु, कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुनु र डुबानका क्रममा बालुवाले धान पुरेका क्षेत्रमा उत्पादन घटेका कारण समग्र उत्पादनमा वृद्धि हुन सकेन'

मन्त्रालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा धान उत्पादन ५१ लाख मेट्रिकटन भएको थियो। चालू आवमा उत्पादकत्व ४.०६ प्रतिशतले बढेको हो। गत आवमा धानको उत्पादकत्व प्रतिहेक्टर ३ हजार ३ सय ६९ रहेकोमा यो वर्ष उत्पादकत्व ३ हजार ५ सय ६ टन पुगेको छ।

चालू आवमा पनि सवैभन्दा बढी धान साविक पूर्वाञ्चलमा १४ लाख ५४ हजार टन धान फलेको थियो। यो उत्पादन गत वर्षको भन्दा ०.७५ प्रतिशतले बढी हो।

गत वर्ष धान पहिलो क्षेत्रका रुपमा रहेको साविक मध्यमाञ्चल क्षेत्रको उत्पादनमा भने ७.२३ प्रतिशतले कमी आएको छ। गत वर्ष १४ लाख ९८ हजार टन धान फलेकोमा यो वर्ष १३ लाख ९० हजार टन मात्र फलेको छ।

यो वर्ष पश्चिमाञ्चल क्षेत्रमा १० लाख ८८ हजार टन धान फलेको छ भने मध्यपश्चिममा ६ लाख १८ हजार टन धान उत्पादन भएको छ। यी दुवै क्षेत्रको उत्पादनमा गत वर्षभन्दा झिनो वृद्धि भएको हो। सुदुरपश्चिममा ६ लाख टन धान फलेको छ, जुन गत वर्ष भन्दा १.२० प्रतिशतले बढी छ।

धानमा आत्मनिर्भर नहुनुका कारण

धानमा आत्मनिर्भर हुन नसक्नुको दुई वटा पक्ष रहेको सचिव कार्की बताउँछन्। पहिलो कारण नेपालको कृषि क्षेत्रमा प्रविधिको विकास भएको छैन् त्यसकारणले मुलुक कृषि उत्पादनमा कमजोर छ। दोस्रो कारण नेपालीले धेरै भात खाएको कारण पनि विदेशबाट धान खरिद गर्नु परेको हो।

सचिव कार्की भन्छन्,'नेपालीले खाना भनेको नै भात हो भन्ने बुझेका छन्। एक टाइम भात र अरु समय अन्य खाने कुरा खाने हो भने झण्डै आधा धान बेच्न पुग्छ।'  

नेपालको कुल गार्हस्थ्य उत्पानदनमा धानको योग्दान १२ प्रतिशत छ भने कूल कृषि क्षेत्रको उत्पादनमा धानको योगदान २१ प्रतिशत छ। कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन भने ३३ प्रतिशत छ। चालू आर्थिक वर्षमा नेपालमा ५१ लाख ५१ हजार टन धान फलेको छ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार गत वर्ष ५२ लाख ३० हजार टन धान फलेकोमा यो वर्ष १.५० प्रतिशतले उत्पादन घटेको छ। धान उत्पादनको प्रमुख क्षेत्र मानिने पूर्वी तराईमा आएको डुबानका कारण धानखेत प्रभावित भएपनि धानको उत्पादकत्वमा वृद्धि भएका कारण समग्र उत्पादनमा न्यून मात्रमा कमी आएको कृषि विकास मन्त्रालयले जनाएको हो।

प्रकाशित ८ असार २०७५, शुक्रबार | 2018-06-22 19:35:48
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...