यस्तो छ बेइजिङमा सम्झौता भएका ८ आयोजनाको नालीबेली



हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि सम्झौतापत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङ
हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि सम्झौतापत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङ
Hari Lamichane

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच आठ आयोजना निर्माण गर्ने सम्झौता भयो।


बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच आठ आयोजना निर्माण सम्बन्धि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो।

उक्त आयोजनामा समाबेश मध्ये एक हो हुवासिन सिमेन्ट उद्योग नेपालमा स्थापना गरिने सम्झौता।

सो परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्नेछ। सो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ। धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै प्रारम्भिक सम्झौता भइसकेको छ। यो परियोजना कुरा भने हाल प्रमको भ्रमणमा मात्रै उठेको होइन।

केपी शर्मा ओली यो भन्दा पहिले प्रधानमन्त्री हुँदा नै नेपालमा हुवासिनलाई उद्योग संचालनको अनुमति दिने सम्झौता भैसकको थियो।

२०७२ साल पुस ६ गते चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक हुवासिन (साङ्घाइ) लाई नारायणी सिमेन्ट कम्पनीसँग मिलेर प्रत्यक्ष वैदेशिक लगानीमार्फत सिमेन्ट उद्योग अनुमति प्रदान गरेको थियो। लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कुल एघार लाख टन सिमेन्ट उत्पादन गर्ने उद्योग खोल्न अनुमति दिने निर्णय गरेका थिए। कम्पनीले नेपालमा उद्योग स्थापना गर्न वैदेशिक लगानी (एफडिआइ) ल्याउने सम्बन्धी प्रस्ताव बोर्डमा पेस गरेको थियो।

नेपालमा चिनियाँ लागनीको यो पहिलो उद्योग भने होईन। यो भन्दा पहिले नै चिनियाँ लगानीको होङसी सिमेन्ट उद्योग संचालनमा आइसकेको छ। पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले करिव ३ महिना अघि व्यावसायिक उत्पादन थालेको थियो। नेपालको शारदा समूह र चीनको होङ्सी समूहको करिब ३६ अर्बको लगानीमा उद्योग स्थापना भएको थियो।

चीनले सिमेन्ट उद्योगमा आकर्षित हुनु नेपालमा रहेको चुन ढुङ्गाका कारण नै हो। चीनले नेपालको महाभारत पर्वत क्षेत्रमा रहेको चुन ढुङ्गालाई प्रयोगमा ल्याउन चाहेको छ। उनीहरुले अहिले खानी विभाग मार्फत यहाँ रहेको ढुङ्गालाई बिस्फोटन गरेर निकाल्न पाउनु पर्ने माग गरिरहेका छन्। यो माग होङ्सी सिमेन्टले गरेको हो। हाल होङ्सीले पाल्पाबाट चुन ढुङ्गा ल्याइरहेको खानी तथा भुगर्व विभागका महानिर्देशक राजेन्द्र प्रसाद खनाल बताउँछन्। हाल नेपालमा विस्फोटन गरेर चुन उत्खनन् गर्न नपाउने व्यवस्था छ।

त्यस्तै चिनियाँ अरु कम्पनीले पनि चुन ढुङ्गाको उत्पादनको लागि आवेदन दिएका महानिर्देशक खनालको भनाईछ।

बुधबार भएको अर्को सम्झौता हो, नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजना अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच दुई लाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर। संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शुयाबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको हो।

नेपालबाट चीन निर्यात हुने मध्ये महत्वपूर्ण वस्तु पस्मिना पनि हो। त्यसकारणले पस्मिना उद्योगीहरुले हाल आफ्नो व्यापार व्यवस्थित बनाउन चाहेका छन्। गत आवमा मात्रै एक अर्व ९० करोड बराबरको पस्मिना चीन निर्यात भएको छ। चालू आवमा पस्मिनाको तीन सय प्रतिशतले निर्यात बढेको व्यापार प्रवद्र्धन केन्द्रले जानाकारी दिएको छ।

अर्को सम्झौता १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीबीच भएको छ। संयुक्त आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

म्याग्दीमा निर्माण हुन लागेको एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना अलपत्र थियो। विद्युत् विकास विभागसँग विवाद परको थियो। कालीगण्डकी गर्जको अनुमतिपत्र झण्डै तिन वर्ष रोकिए पनि नविकरण भएको थियो। हाइड्रो सोलुसन काठमाडौँको प्राविधिक परामर्शमा निर्माण हुन लागेको आयोजनामा नेपाली सीप र ज्ञानको उपयोग गरिने बताइएको छ।

पच्चीस अर्ब लगानी हुने यो आयोजनाका लागि भारत, अमेरिका, क्यानाडाका लगानीकर्ताले ईच्छा देखाएका थिए । र हाल चीन साग सम्झौत भएको हो।

यसैगरी, ४०.२७ मेगावाट क्षमताको सिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कम्पनीका प्रतिनिधिबीच इपिसिएफ मोडलमा आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सिउरी न्यादी पावर कम्पनीले लमजुङ जिल्लामा आयोजना स्थल रहेको ४०.२७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। यो आयोजनामा ६ बैंकले समेत संयुक्त रुपमा लगानी गर्ने गर्दै छन्। बैंकहरुको लगानी सम्बन्धी सम्झौता समेत भएको छ।

यि योजनामा एनएमबी बैंकको नेतृत्वमा प्रभु, मेगा, सेञ्चुरी, एनसिसी र कुमारी बैंक लिमिटेडले लगानी गर्नेछन् । आयोजनाको कूल लागत ७ अर्ब रुपैयाँ रहेको छ। आयोजनामा ६ बैंकले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ। बैंकले कूल लगानीको ७५ प्रतिशत र प्रवद्र्धक कम्पनीले २५ प्रतिशत इक्विटी लगानी गर्नेछन्।

ङादी समूह मुख्य प्रवद्र्धक रहेको सो आयोजनामा इक्विटी स्वरुप १ अर्ब ७५ करोड लगानी रहनेछ। नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच २०७४ जेठ १९ गते नै विद्युत् खरिद सम्झौता भइसकेको छ। २०७७ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको लमजुङस्थित साविक बाँहुनडाँडा गाविसमा आयोजनास्थल रहेको छ। कूल २२.२ मेगावाट क्षमताका दुई टर्बाइन जडान गरेर आयोजनाबाट वार्षिक २३५.७६ गिगावाट आवर विद्युत उत्पादन गर्ने तयारी गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत् खुना सवस्टशेनमा जोडिनेछ। विद्युत् गृहदेखि सवस्टेशनसम्मको दूरी ११ किलोमिटर रहेको छ।

यस्तै, कूल ६०० मेगावाट क्षमताको मस्र्याङ्दी क्यास्केड जलविद्युत् परियोजना निर्माणका लागि फ्रेमवर्क एग्रिमेन्ट भएको छ। बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योती र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच सम्झौता भएको छ। यो परियोजनाको लागि बुटवल पावर कम्पनीले योजना मात्रै निर्माण गरेको छ। यसको कुनै काम अघि बढेको छैन। कम्पनीले सिचुवान इन्भेस्टमेन्ट ग्रुपसाग काम गर्न चाहे अनुसार यो सम्झौता भएको हो।

प्रमको उपस्थितिमा भएको सम्झौतमा ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी परियोजना निर्माणका विषयम समेत रहेको छ। उक्त परियोजनाको लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र डोङ्फाङ इलेक्ट्रिक इन्टरनेशनल कम्पनीबीच सम्झौता भएको छ। चिनको सिचुवान प्रान्तको राजधानी छेदुङ स्थित डोङफङ इलेक्ट्रिक कर्पोरेसन र सिद्घकाली पावर लिमिटेडबीच दुई महिना अभि नै नेपालमा सम्झौता भैसकको थियो।

नुवाकोट र धादिङ जिल्ला बीच निर्माण हुने ७५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको निर्माण कार्य २०७५ साल साउनबाट सुरु भई ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। १५ अर्ब ५० करोड लागत भएको उक्त परियोजनामा चिनिया कम्पनीले ९ अर्ब ८३ करोड लगानी गर्नेछ भने बाँकी रकम नेपाली लगानीकर्तामार्फत संकलन गर्ने लक्ष्य कम्पनीको छ। डोङफङ इलेक्ट्रिक कर्पोरेसन टरवाईन तथा जेनेरेटर उत्पादन गर्ने विश्व प्रसिद्घ कम्पनीहरुमध्येको एक हो। यस परियोजनाको सिभिल कार्य उक्त कम्पनीको साझेदार कम्पनी चाइना रेल्वे ब्यूरो २ ले गर्नेछ। यो कम्पनी हाल भेरी बबई सिचाई आयोजनाको सुरुङ निर्माण कार्यमा संलग्न छ।

त्रिशूली गल्छी जलविद्युत परियोजनाको जडित क्षमता ७५ मेगावाट भएतापनि वर्षातको समयमा पर्याप्त पानी हुने हँुदा यस परियोजनाले ८२.५ मेगावाटसम्म विद्युत उत्पादन गर्न सक्नेछ। यो एक बहुआयामिक परियोजना हुने कम्पनीले दाबी गरेको छ। परियोजनाका लागि त्रिशूली नदीमा बाँध बनाइने भएकोले उक्त नदीमा तलाउ निर्माण गर्न सकिनेछ यो परियोजनाको विद्युत गृह राजधानीबाट नजिक भएकोले उक्त स्थलमा जलक्रिडा स्थल, भनभोज साथै धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने समेत बताइएको छ।

पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआनबीच भएको उक्र समझदारी नेपाल सरकारको माग बमोजिम भएको हो। सरकारले नेपालको कृषि क्षेत्रमा मागको सहयोग अन्तर्गत उक्त सहमति भएको हो।

यस्तै, फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो परियोजनामा ४६ मिलियन डलर लगानी गरिने छ। यो योजनामा लागि जुनार र स्याउ उद्योगको लागि माग गरिएको परियोजना हो।

 

 

प्रकाशित ६ असार २०७५, बुधबार | 2018-06-20 19:20:01
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...