अनुगमन चर्चामा आउन होईन, जहिले जहाँ पनि हुनसक्छः कृषि मन्त्री



कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले दुधजन्य पदार्थको कारोबारमा देखिएको बिकृतिलाई निष्कर्षमा नपुर्याएसम्म अनुगमन नरोकिने बताएका छन्।



मन्त्री खनालले अनुगमन कुनै चर्चामा आउन गरेको नभई जहाँ जुनसुकै बेला पनि छापा हान्न सकिने व्यवसायीहरुलाई चेतावनीसमेत दिएका छन्।

मन्त्रालय, सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) र दुध डेरी सञ्चालकहरुबीच सिंहदरवारमा सोमबार भएको छलफलमा मन्त्री खनालले जनताको स्वास्थ्यमा खेलवार्ड गर्ने जो कोहीलाई पनि नछोड्ने बताए। उनले कर्मचारी अभाव भएर सरसफाई हुन नसकेको भए थपेर भएपनि सफासुग्घर राख्न समेत निर्देशन दिएका छन्।

सरकारले दुध डेरीहरुमा छापा मारी २ वटा डेरीका ४ गोदाम सिलबन्दी गरेपछि डेरी सञ्चालकसँगको यो दोस्रो छलफल हो।

त्यसक्रममा मन्त्री खनालले पाउडर दुध केही समयलाई आयात बन्द हुने जानकारी दिए। उनले पाउडर उत्पादन गर्ने स्वदेशी कारखानालाई सहुलियत दिने पनि बताए। चितवनमा रहेको पाउडर डेरीको पुनःसंचालन गर्न र डिडिसीलाई स्तरोन्नती गर्न पनि मन्त्री खनालले निर्देशन दिए।

मिडियाले पनि हामीलाई नै लखेट्योः व्यवसायी
कार्यक्रममा व्यवसायीहरुले अनुगमन कार्यलाई आफुहरुले सहयोग गर्ने तर मिडियासहित अनुगमन गर्दा त्यसले नकारात्मक सन्देश जाने बताएका थिए। नेपाल डेरीका सञ्चालक अरनिको राज भण्डारीले भने, ‘अनुगमनलाई निरन्तरता दिनुपर्छ, त्यसमा हामी सहयोग नै गछौं, आपत्ति छैन तर मिडिया सहित अनुगमनमा जाँदा त्यसले राम्रो सन्देश दिएको छैन, दुध भन्ने चिज त खानै नहुने रहेछ भन्ने परेको छ । त्यसैले मिडिया बिनै अनुगमन गरौं ।’ उनले अगाडि थपे, ‘कच्चा दुध कस्तो आएको छ त्यो हामीलाई थाहा हुँदैन, त्यसैले दुध भित्रने नाकामै चेकजाँच गरौं।’

यस्तै, राजधानी डेरीका सञ्चालक राजकुमार दाहालले केही डेरी दर्ता नभई सञ्चालन भइरहेका र उनीहरुले सरकारलाई कर तिर्न नपरेको भन्दै कर नतिर्नेले सस्तोमा दुध बेच्ने गरेको बतए। कर नतिर्नेसँग कर तिरेर व्यवसायी गर्नेहरुले प्रतिष्पर्धा गर्न नसक्ने उनको भनाई थियो। उनले मिडियाले पनि लखेटिरहने गरेकोले उपभोक्तामाझ गलत सन्देश गएको गुनासो गरे।

आयातित पाउडर दुधका कारण ‘मिल्क होलिडे
कार्यक्रममा दुग्ध सहकारी संस्थाका अध्यक्ष नारायण देवकोटाले गुणस्तर कायम गर्नु पर्छ भन्नेमा सहमत हुँदाहुँदै पनि अहिले विदेशबाट धेरै सस्तोमा पाउडरको आयात भएको छ भन्दै त्यसलाई रोक्नै पर्ने बताए। दैनिक दुईलाख लिटर दुध संकलन भए मिल्क होलिडे नहुने उनको तर्क थियो।

यस्तै दुग्ध विकास संस्थान डिडिसीका कार्यकारी निर्देशक इश्वरी गौतमले धेरै सहकारीले बिहान र बेलुका दुई पटक दुध गरे यो समस्या नरहने बताए। सरकारले छापा मारेपछि दैनिक १० हजार लिटर दुध बिक्रि हुन छाडेको उनले जानकारी दिए। क्वालिटीको तलैदेखि अनुगमन गर्न पनि उनको सुझाव छ।

‘गल्ती नगरे डराउनु पर्दैन’
व्यवसायीका कुरा सुनिसकेपछि मन्त्री खनालले राम्रो काम गरे कसैसँग डराउन नपर्ने बताए। व्यवसायीले मिडियासहित अनुगमन गरेर नराम्रो सन्देश भन्ने प्रश्नमा मन्त्री खनालले ‘केही मिडियाले केही बढाई चढाई गरेको पनि होला तर तपाईहरु उत्पादन राम्रो गर्नुस्, मिसावट नगर्नुस, सरसफाइमा र जनताको स्वास्थ्यको ख्याल गर्नुस्। त्यसो गर्दा मिडियासँग डराउनु पर्दैन। मिडियाले राम्रोलाई नराम्रो त पक्कै भन्दैन होला।’ उनले अगाडि थपे, ‘तपाईले उत्पादन गरेको दुध फ्याक्ट्रीमै बसेर स्वच्छ मनले जवसम्म तपाई आफै खान सक्नुहुन्छ तवसम्म जनतालाई कन्भिन्स गर्न सकिन्न। राम्रो गरेर देखाउनुस्, प्रचार त्यहीबाट हुन्छ। अनि बिक्रि घट्यो भनेर पनि चिन्ता गर्नु पर्दैन।’

प्रकाशित ४ असार २०७५, सोमबार | 2018-06-18 22:05:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...