विराटनगर, जनकपुर र महेन्द्रनगर हवाइ रुट दिन भारत सहमत


Infocus



प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको ठिक अघि नेपाललाई विराटनगर, जनकपुर र महेन्द्रनगरबाट नयाँ हवार्इ प्रवेश रुट दिन भारत सहमत भएको छ।

नेपालले महेन्द्रनगर, नेपालगन्ज, जनकपुर र विराटनगर गरी ४ वटा हवाइ रुट खोल्न प्रस्ताव गरे पनि भारत तत्कालका लागि तीन वटा मात्रै रुट दिन सहमत भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच शनिबार काठमाडौंमा भएको सम्झौता अनुसार दुई पक्षले उडान सुरक्षा मुल्याङकन गरेपछि भारतीय गन्तव्य र भारत हुँदै आउने विमानहरू पूर्वमा जनकपुर र विराटनगर हवाई रुट भएर नेपाल प्रवेश गर्न सक्नेछन्।

पश्चिममा महेन्द्रनगर हुँदै कम उचाईमा उडान गर्ने वायुयानका लागि अहिले एकतर्फी रहेको काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुई तर्फी बनाउने सहमती भएको छ। यो दुई तर्फी रुट सञ्चालनका लागि पनि दुबै पक्ष बसेर उडान सुरक्षा मुल्याङकन गर्नु पर्नेछ। यसअघि नेपालबाट महेन्द्रनगर हुँदै भारत प्रवेश गर्न पाएपनि भारतबाट नेपाल प्रवेश गर्न यो रुट प्रयोग हुँदैनथ्यो।

नेपाल प्राधिकरणले जनाए अनुसार हवाई उडान सुरक्षा मुल्याङन गरेपछि काठमाडौं–जनकपुर–पटनाबीचको एकतर्फी रुटलाई पनि दुई तर्फी बनाइने छ।

नयाँ हवाई रुट सञ्चालनमा आएसँगै नेपाल र भारतबीच सिमापार उडानहरूमा थप सहज हुनेछ।

यसअघि पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग भैरहवाबाटै हवाई प्रवेश रुट लिइने बताएका थिए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै नै तयार हुने भएकाले त्यसलाई सञ्चालनमा ल्याउन भैरहवा हवाई रुटको महत्व नेपालका लागि बढी छ।

नेपाली र भारतीय टोलीबीच गौतमबुद्ध, पोखरा र निजगढ विमानस्थलमा बढी उचाईमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुयानका लागि पश्चिममा नेपालगञ्ज तथा महेन्द्रनगरबाट प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्षले सेप्टेम्बर महिनाभित्र प्राविधिक मुल्याङ्कन कार्य सम्पन्न गर्ने सहमती भएको छ।

यसले गौतमबुद्ध र पोखरा विमानस्थलका लागि सहज हुने भैरहवा हवाई रुट उपलब्ध गराउन भारतीय पक्ष अझै तयार नभएको देखाएको छ।

अहिले भारत र भारत हुँदै नेपाल आउने विमानहरू सिमरा विन्दूबाट मात्र नेपाल प्रवेश गर्दै आएका छन्। भारतका विभिन्न गन्तव्य र अन्य केही देशबाट आउने विमान सिमरा नजिकै रहेको रोमियो केन्द्र भएर प्रवेश गर्छन्। नेपालबाट बाहिरिनका लागि भने भैरहवा, ओनिसा (महेन्द्रनगर), सिमरा, जनकपुर र विराटनगरको आकाश प्रयोग हुनेगर्छ।

त्यस्तै चीनबाट आउने विमान नुनीम (सगरमाथाबाट पूर्व) को अकाशबाट नेपाल प्रवेश गर्छन्। नेपालले चीनसँग पनि नयाँ हवाइ रूटको अनुमती लिन छलफल गरिरहेको छ।

नेपाल र भारतबीच एयर नेभिगेसन सेवाका विविध प्राविधिक विषयमा सहयोग आदानप्रदान गर्ने सहमति पनि भएको छ।

हवाइ रुटबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला पनि छलफल भएको थियो। प्रधानमन्त्री तहमा भएको छलफलपछि जारी १६ बुँदे संयुक्त विज्ञप्तिमा हवाइ रुटको विषय पनि परेको थियो। त्यतिबेला दुवै प्रधानमन्त्रीले आ–आफ्ना देशका प्राविधिक टोलीलाई छलफल गरी निष्कर्षमा पुग्न निर्देशन दिएका थिए।

नेपाल सरकार र भारत सरकारबीच सन २०१६ को डिसेम्बर २० र २१ मा सम्पन्न हवाइ प्रवेश बिन्दुका सम्बन्धमा दुबै मुलुकका सम्वद्ध निकायबीच प्राविधिक तहमा वार्ता गरी टुङ्ग्याउने सहमती भएको थियो।

प्रकाशित २ असार २०७५, शनिबार | 2018-06-16 15:44:36
Max TV
Max TV
Zen Travels
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...

  • निरुता सिंह

    फर्कि आइन् ‘आँखामा आउने केटी’

    दक्षिणा, दर्पन छायाँ, माइती, मनमन्दिर, सिउँदोको सिन्दुर, आफ्नो मान्छे लगायत दर्जनौँ चर्चित फिल्ममा अभिनय गरेकी निरुताले ‘सकेन्ड इनिङ’ मा ‘दाल भात...

  • अपराध महाशाखा टेकूकाे पार्किंगमा बेवारिसे बीएमडब्लु। तस्विर: प्रविन काेइराला

    नयाँ वानेश्वरमा बेवारिसे अवस्थामा भेटियाे ४ कराेडको बिएमडब्लू कार

    महानगरीय अपराध महाशाखा, टेकूको प्राङ्गणमा एउटा सेतो रंगको गाडी एक साताभन्दा बढी समयदेखि थन्किएको छ।