भारतमा पानीजहाज आगालागी हुँदा नेपाली व्यवसायीका १०० कन्टेनर सामान नस्ट



अागलागी भएकाे 'एमभी एसएसएल काेलकाता' पानीजहाज
अागलागी भएकाे 'एमभी एसएसएल काेलकाता' पानीजहाज

तेस्रो मुलुकबाट सामान बोकेर भारतको आन्द्र प्रदेशस्थित कृष्णपटनमबाट कोलकाता बन्दरगाहतर्फ गइरहेको ‘एमभी एसएसएल कोलकाता’ पानीजहाज समुद्रमै आगालागी हुँदा नेपाली व्यवासायीका एक सय कन्टेनर समान जलेर नष्ट भएको प्रारम्भिक जानकारी आएको छ।

बुधबार मध्यरात होग्ली नदी र बे अफ बंगालको संगमस्थल नजिकै पानी जहाजमा आगलागी भएको हो। जहाजका चालक दल सदस्यलाई हल्दिया बन्दरगाहको तटरक्षक टोलीले उद्धार गरेको थियो।

२२ जना चालक दल सदस्य रहेको पानी जहाजमा ४६४ कन्टेनर थिए।

आगालागीमा परी पानी जहाजमा रहेका नेपाली व्यवसायीका १०० कन्टेनर सामान ७० प्रतिशत नष्ट भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अधयक्ष पशुपति मुरारकाले नेपालखबरलाई बताए।

मुरारकाका अनुसार पानी जहाजमा नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थलगायतका सामान थिए। 

‘पानी जहाजमा एक्कासि आगलागी भएको सूचना मैले पनि पाएको छु’, मुरारकाले भने, ‘जहाजको सामान हालसम्म पनि बाहिर निकाल्न सकिएको छैन, आगो नियन्त्रणमा आए पनि जहाजभित्र पानी छिरेका कारण डुब्ने खतरा छ।’

मुरारकाले सामानको अवस्था के छ भन्ने प्रष्ट जानकारी आइनसकेको बताए। आगलागी भएको पानी जहाजमा मुरारकाको ४ करोड मूल्य बराबरका मोबाइल फोन सेट पनि छन्।

हल्दिया बन्दरगाह तटरक्षकलार्इ उद्यृत गर्दै द हिन्दू बिजनेशलाइनले जनाएअनुसार जहाजभित्रका लगभग सबै सामान जलेर नष्ट भएको छ। एमभी एसएसएल कोलकाताले १० हजार ६८३ मेट्रिकटन कार्गो बोकेको थियो।

खराब मौसमका कारण पानी जहाज दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रकाशित १ असार २०७५, शुक्रबार | 2018-06-15 16:35:16
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...