नेपाली व्यवसायी भन्छन्ः साउदी अरेबियासँग फुटबलको ‘जिन’ नै देखिएन



विश्वकपको फिभरले बिहिबार साँझबाट नेपाललाई पनि छोएको छ। राजनीतिकर्मीदेखि कलाकार, कर्मचारी, व्यवसायी सबैलाई विश्वकपले तानेको छ।

व्यस्त समयका बाबजुद पनि नेपाली व्यवसायीहरू विश्वकपलाई पछ्याइरहेका छन्। नेपाली व्यवसायी तथा उद्यमीहरुले आफ्नो विश्वकप फुटबल अनुभव नेपालखबरसँग यसरी साटेका छन्ः

साउदी अरेबिया फुटबलको जिन रहेनछः उद्यमी अरुणराज सुमार्गी

अरुणराज सुमार्गी

अरुणराज सुमार्गी

विश्वकप हरेक पटक हेर्ने गर्छु। फुटबलको लालिगा , इंग्लिस प्रिमियर लिग पनि हेर्ने गरेको छु। यो वर्षको विश्वकपलाई मैले कुन टिम कस्तो छ भनेर समेत आँकलन गरेको छु।

यो वर्ष ब्राजिल धेरै राम्रो टिम छ। तर खेलाडीको हिसाबले हेर्ने हो भने अर्जेन्टिनाको मेस्सी धेरै स्तरिय छन्। उनीमा फुटवलको नै ‘जिन’ छ जस्तो लाग्छ। हुन पनि विश्वकप खेल्ने अनि त्यहाँ आएर खेल जित्ने भनेको सानो कुरा होइन।

त्यसको लागि रगतमा नै फुटबल भएको मान्छे चाहिन्छ। उद्घाटन खेल हेर्ने हो भने साउदी अरेबियामा त्यो ‘जिन’ भेटिएन। विश्वकप खेल्नेहरुमा त जन्मजात नै फुटबलको गुण हुनुपर्छ। सानो प्रयासले खेल जित्न सकिँदैन। हुन त उद्घाटन खेल, होम ग्राउण्ड भएकोले रुसले खेल त जित्ने नै भयो। उद्घाटन खेलमा प्रायः आयोजकले नै जित हात पारेका छन्।

म नेपालमा विश्वकप फुटवल हेर्न थाल्दा अर्जेन्टिनाको खेलाडी म्याराडोना एकदम राम्रो खेलाडी थिए। त्यस्तै, पेले हामीले धेरै नाम सुनेको खेलाडी हुन्। त्यसकारण उनीहरु दुई फुटबलका महान् व्यक्तित हुन नै मैले पनि उनीहरुको खेल शैलीलाई कहिलै बिर्सन सक्दिन।

म्याराडोनाको हाते गोल अझै याद छः उमेशलाल श्रेष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

उमेशलाल श्रेष्ठ

उमेशलाल श्रेष्ठ

मलाई मनपर्ने खेलमध्ये फुटबल हो। अझै विश्वकप त म हरेक खेल नछुटाइ हेर्छु। धेरै नै राती खेल छ भने चाहिँ हेर्न सकिदैँन तर बेलुका हुने खेलहरु छुटाउन सक्दिनँ। म आफू ब्राजिलको फ्यान हुँ। अहिले मेरो मन पर्ने खेलाडी नेमार हुन्।

यो पटक ब्राजिल धेरै सशक्त छ। ब्राजिलको खेल्ने शैली छुट्टै किसिमको छ। त्यसकारणले पनि ब्राजिलकाे फ्यान भएको हुँला सायद। आफ्नो परिवारसँग नै बसेर फुटबल हेरिन्छ। गोल हानेको बेला चाहि चिच्याएरै कराउन मन लाग्छ।

म अहिले अाएर बनेकाे फुटबल क्रेजी होइन धेरै पहिलेदेखि फुटबल हेर्दै आएकोछु। फुटबल भन्ने वित्तिकै बिर्सन नसक्ने क्षण चाहीँ म्यारोडानाले १९९६ मा हातले हानेको गोल रेफ्रीले थाहा नै पाएनन्। तर म्याराडोनाको खेल भने गज्जबै थियो।

बाजेको सेकुवामा बसेर विश्वकप हेर्थें, बन्द हुँदा दुख लागेको छ: कृष्ण प्रसाद दुलाल, संचालक, पिएलओ लुब्ब्रीकेन्ट तथा नाडाका उपाध्यक्ष

कृष्णप्रसाद दुलाल

कृष्णप्रसाद दुलाल

मेरो विश्वकप हेर्ने भेन्यु बाजेको सेकुवा थियो। यसपटक भने बन्द हुँदा खल्लो लागेको छ। त्यहाँको सेकुवाको स्वाद लिदैँ विश्वकप हेर्नुको मज्जै छुटै हुन्थ्यो। त्यहाँ बसेर मैले दुई पटकको विश्वकप हेरेकाे छु। 

स्पेनको म फ्यान हुँ। स्पेनको खेल जुनसुकैँ समयमा प्राय: नछुटाइ हेर्ने गर्छु। यही मनपर्ने खेलाडी भन्ने मेरो कोही छैन्। फुटबल भनेको ‘टिमगेम’ हो, एउटाले मात्रै राम्रो खेलेर हुदैँन। सबैले राम्रो खेले मात्रै जित्न सहज हुन्छ, त्यसकारणले गर्दा स्पेनको पूरै टिम नै मन पर्छ, आज मध्यराति स्पेनको खेल छ। नसुतेरै त्यो खेल हेर्ने तयारीमा छु।

म्याराडोनालाई विर्सन सक्दिनँ: विनोद ढकाल, पूर्व अध्यक्ष, क्यान महासंघ 

विनोद ढकाल

विनोद ढकाल

चार वर्षमा आउने विशवकप फुटबल हेर्न म हरेक देशको म्याच सकेसम्म नछुटाइ हेर्ने गर्छु। म आफ्नो परिवारसँग बसेर नै म्याचहरु हेर्न थालेको छु। म जब देखि फुटबल बुझ्न थाले त्यसबेला देखि नै विश्वकप हेर्न थालेको हुँ।

विश्वकपको कुनै विशेष सम्झना नभए पनि हरेक विश्वकप मेरालागि विशेष नै हुने गर्छ। मलाई अर्जेन्टिना एकदमै मन पर्छ। अहिले मेस्सी छन् तर पनि अजेन्टिना भन्ने वित्तिकै म्याराडोनालाई म बिर्सन सक्दिनँ।

विश्वकप नै भएकाले अलिअलि हेर्छुः राजकुमार गोल्छा, सदस्य गोल्छा अर्गनाइजेशन

राजकुमार गोल्छा

राजकुमार गोल्छा


म खेलकुदप्रति त्यत्ति रुचि त राख्दिन तर पनि विश्वकप नै भएकोले भ्याएसम्म हेर्छु। मलाई त्यस्तो मनपर्ने खेलाडी तथा देश त छैनन्। तर पनि ब्राजिल, इंल्याण्ड नाम सुनेको देश भएकाले तिनीहरुको खेल अलि रोचक लाग्छ। यो विश्वकपलाई पनि भ्याएसम्म पछ्याउँछु।

रुपेश पाण्डे, व्यवसायी

रुपेश पाण्डे

रुपेश पाण्डे

विश्वकप आफैमा विशेष हुन्छ। मलाई पनि विशेष छ। म विश्वकपको हरेक खेल सकेसम्म नछुटाइ हेर्छु। मेरो समर्थन ब्राजिलको हो। त्यसमा पनि नेइमारको खेलेको धेरै मन पर्छ।

 

 

प्रकाशित १ असार २०७५, शुक्रबार | 2018-06-15 17:19:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...