कञ्चनपुर र महोत्तरीमा एनआईसी एशिया बैंकको नयाँ शाखा

एनआईसी एशिया बैंकले आफ्ना दुई नयाँ शाखा कञ्चनपुरको बेदकोट–५ दैजि र महोत्तरीको सम्सी गाँउपालिका–६, मा स्थापना गरेको छ।

 

दैजी शाखाको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द र सम्सी शाखाको सम्सी गाँउपालिकाका अध्यक्ष मो. शेख फारुकले बुधबार उद्घाटन गरे।

नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप स्थानीय तहमा शाखा विस्तार गर्दै लगिएको बैंकले जनाएको छ।

प्रकाशित 2018-06-13 19:50:29