एनआइसी एसियाद्वारा सबैभन्दा बढी ब्याजदर अफर: सर्वसाधारणले नै पाउनेछन् संस्थागत बराबरको ब्याज




एनअाइसी एशिया बैंक लाेगाे
एनअाइसी एशिया बैंक लाेगाे

सर्वसाधारणले एकवर्षे मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज पाउने 'धनवर्षा मुद्धति निक्षेप योजना' एनआइसी एसिया बैंकलेको पुनः ब्युँताएको छ।

NIC ASIA

संस्थागत रुपमा निक्षेप संचालन गर्नेहरुले १२ प्रतिशतभन्दा बढी ब्याज पाउने गर्छन्। सर्वसाधारणको निक्षेपमा पनि १२ प्रतिशत ब्याज हुनुपर्ने मान्यताअनुसार यो योजना ल्याएको एनआइसी एशिया बैंकका कामु सिइओ रोशनकुमार न्यौपानेले बताए।

संस्थागत निक्षेपको परिणाम ठूलो हुने हुँदा त्यो आकर्षित गर्न बैंकहरुले राम्रो ब्याजदर अफर गर्ने गरेका हुन्। ‘संस्थागत रुपमा अरु बैंकले १२ प्रतिशत ब्याज दिइरहेको अवस्थामा हामीले सर्वसाधारण निक्षेपकर्तालाई त्यो सुविधा दिएका मात्र हौं’, न्यौपाने भन्छन्, ‘धनवर्षा योजनाले सर्वसाधारणलाई राम्रो ब्याज अफर गरेको छ। हामी मासिक रुपमै ब्याज उपलब्ध गराउँछौं।’

याे सर्वसाधारणले वाणिज्य बैंकहरूमध्येबाट पाउने सबैभन्दा धेरै ब्याजदर अफर हो। याे याेजनामा ब्याज मासिक रुपमा निकाल्न सकिन्छ तर साँवा भने एक वर्षसम्म झिक्न पाइँदैन। धनबर्षा योजनाको उद्देश्य सर्वसाधारण लाभान्वित हुन् भन्ने रहेको सिइओ न्यौपानेले बताए।

यो योजना करिब २ वर्ष अघिदेखि सञ्चालनमा रहेको एनआइसी एशियाका जनसम्पर्क अधिकृत अर्जुन खनियाँले नेपालखबरलाई बताए। ३ महिनाअघि यो ब्यजादर अफर विवादमा परेको थियो। त्यसपछि बन्द गरेको अफर बैंकले पुनः ब्युँताएको हो।

पहिला अनावश्यक विवाद भए पनि अब सर्वसाधारणले ढुक्कसँग १२ प्रतिशत ब्याज पाउने खनियाँले बताए। नेपाल बैंकर्स संघले समेत तरलताको समस्यामा कमी आएको भन्दै निक्षेपमा ११ प्रतिशतबाट बढाउन नपाउने सीमा हटाइसकेको छ। संघको सो निर्णय आए लगत्तै एनआइसी एशियाले आफ्नो पुरानो अफर ब्युँताएको हो।

वाणिज्य बैंकका सिइओहरु सदस्य रहने नेपाल बैंकर्स संघले यसअघि मुद्धती निक्षेपमा अधिकतम ११ र साधारण बचतमा अधिकतम ८ प्रतिशत ब्याज दिन सकिने भद्र सहमति गरेको थियो। सामान्यतः वाणिज्य बैंकहरुले संघको भद्र सहमतिमा ब्याजदर निर्धारण गर्नेगर्छन्।

आर्थिक वर्षको अन्तिम त्रैमास भएकोले यो बेला सरकारी खर्च समेत अत्यधिक हुनेगर्छ। त्यसलाई आधार मान्दै बैंकर्स संघले तरलता अभाव कमी भएको निष्कर्ष निकालेको हो।

एनसेल, नेपाल टेलिकमजस्ता ठूला निक्षेपकर्ता संस्थाहरुले बैंकहरुसँग ब्याजदरमा बार्गेनिङ गर्छन्। यस्ता कर्पोरेट हाउसहरुलाई बैंकहरुले १३ प्रतिशतसम्म व्याज दिने गरेका छन्। राष्ट्र बैंकको गत वर्षको मौद्रिक नीतिअनुसार संस्थागत निक्षेपमा २० प्रतिशतसम्म ब्याजदर दिन मिल्छ।

लगानीयोग्य रकम अभाव भएको भन्दै केही बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत माथिसम्म पुर्याएका छन्। धेरै रकम भएका ठूला संस्थागत निक्षेपकर्ताहरुले बढी ब्याज माग्न थालेपछि बैंकहरुबीच निक्षेप तान्न प्रतिस्पर्धाको अवस्था छ।

भिडियाे

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 18:50:09
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।