ओलीको आसन्न चीन भ्रमणः नेपाली विमानलाई चीनका सहरमा उडान अनुमति प्रस्ताव



त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणमा हवाइ उडानको रुटलाई आफ्नो प्रमुख एजेण्डा बनाएको छ।

पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई बुझाएको एजेण्डामा चीनको बेइजिङ ग्यान्जावो, संघाइलगायतका स्थानमा नेपाली जहाज उडानको सम्झौता हुनुपर्ने उल्लेख छ।

अन्य स्थानमा समेत उडानको सम्झौताबारे आफैँ विचार गर्न समेत परराष्टलाई पर्यटन मन्त्रालयले भनेको छ। त्यहाँबाट आउने जाने यात्रुको आधारमा हवाइरुट को सम्झौता विषयलाई उठान गर्नुपर्ने मन्त्रालयलको प्रस्तावमा उल्लेख छ।

पर्यटन आगमन बढाउनु पर्ने सरकारको नीतिलाई आधार मानेरै नयाँ हवाइ रुट माग गरेको पर्यटन मन्त्रालका सचिव कृष्णप्रसाद देवकोटाले नेपालखबरलाई जानाकारी दिए। ‘यो सम्झौता केवल नेपाल एयरलाइन्सको लागि मात्रै होइन। नेपालको जुनसकै हवाई कम्पनीले पनि उडान गर्ने गरी सम्झौताको प्रस्ताव गरेका छौं’, उनले भने।

चीनका ५ एयरलाइन्सले चीनका सहरबाट काठमाडौंको उडान गर्दै आएका छन्। चाइना इस्र्टन, एयर चाइना, चाइना साउर्दन एयरलाइन्स, तिब्बत एयरलाइन्सले दैनिक काठमाडौं उडान गर्छन्। नेपाल एयरलाइन्सले भने चीनको हङकङमा मात्र उडान गर्दै आएको छ।

सम्बन्धित खबर: अाेलीकाे अासन्न चीन भ्रमण: बन्दरगाह प्रयाेगमा भारतसँगकाे एकल निर्भरता अन्त्य गर्ने तयारी

चिनियाँ सहरमा नेपाली एयरलाइन्सले उडान अनुमति नपाउँदा चिनियाँ कम्पनीले मात्र व्यापार गरिरहेका हुन्। नेपाल र चीनबीच व्यापार घाटाको खाडल ठूलो छ। राष्ट्र बैंकका अनुसार चालू आवमा चीनबाट हुने आयत २२.३ प्रतिशतको वृद्धि भएको छ।

प्रधानमन्त्री ओली चीन जाने भएपछि परराष्ट्र मन्त्रालयले विषयगत मन्त्रालयहरुसँग सम्झौताका प्रस्ताव माग गरेर छलफल गरिरहेको छ। मन्त्रालयले पठाएका प्रस्तावमा चिनियाँ पक्ष सहमत भएका विषयमा सम्झौता हुनेछन्।

चिनियाँ पर्यटक बढाउन प्रस्ताव
नेपाल एयरलाइन्ले पनि विमान थप गरिरहेको र चिनियाँ पर्यटकको आगमन पनि बढेकाले पर्यटन मन्त्रालयले हवाई रुटलाई मुख्य एजेन्डा बनाएको हो। मन्त्रालयले चिनियाँ पर्यटक बढाउन दुई देशका सरकार प्रमुख स्तरमै छलफल गर्न प्रस्ताव गरेको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका प्रस्तावमा संयोजन गरिरहेका पर्यटन मन्त्रालयबाट सहसचिव बुद्धिसागर लामिछानेका अनुसार चिनियाँ पर्यटक नेपालमा मात्रै नभई अन्य देशमा पनि बढ्दैछन् त्यसमा नेपााले फइदा लिन उच्च स्तरबाटै छलफल हुन आवश्यक छ। प्रधानमन्त्री ओलीले असारको पहिलो साता चीनको भ्रमण गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर:  ओलीको आसन्न चीन भ्रमण: काठमाडौं–केरुङ रेलमार्गको सम्झौता तयार

निशुल्क प्रवेशाज्ञा पुनर्विचार हुनसक्ने
नेपालले हाल चिनियाँ पर्यटकलाई १५० दिनका लागि निशुल्क प्रवेशाज्ञा दिइरहेको छ। पर्यटन मन्त्रालयको सिफारिसमा परराष्ट मन्त्रालयले सन् २०१६ जनवरी देखि भिषा शुल्क नलिएको हो। निःशुल्क भिषा दिएसँगै चिनियाँ पर्यटकको आगमन बढेको छ। वर्षिक ८०–९० हजार चिनियाँ नेपाल आइरहेकोमा सन् २०१७ मा एक लाख पर्यटक नाघेका छन्।

पर्यटन मन्त्रालयले पर्यटकको अगमन बढाउन यो अवधारणा सही भए पनि आम्दानीको हिसाबमा कमजोरी रहेकाले पुनःविचार गर्न सकिने सचिव देवकोटा बताउँछन्। यो विषयमा चीनसँग सहमति सम्झौत अवश्यक त हुँदैन तैपनि यो विषयले केकस्तो असरपर्छ त्यो भने छलफल गर्नुपर्छ। ‘यो हाम्रो आन्तरिक निर्णय हो’, उनले भने।

एउटा तथ्यांकअनुसार नेपालले चिनियाँ पर्यटकबाट ४ महिनामा एक अर्ब रुपैयाँ गुमाएको छ। अध्यागमन विभागकाअनुसार सन् २०१८ को पहिलो चार महिनामा चीनबाट ५३ हजार ३ सय २२ पर्यटक भित्रिएका छन्। उनीहरु निःशुल्क भिषामा नेपाल भित्रिएका हुन्।

सम्बन्धित खबर: ओलीको आसन्न चीन भ्रमण: तीन सुक्खा बन्दरगाह निर्माणकाे प्रस्ताव तयार

२०७२ मा तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले चीन भ्रमणका क्रममा नेपाल आउने चिनियाँ पर्यटकलाई भिषा शुल्क नलाग्ने प्रवधानमा हस्ताक्षर गरेका थिए। भूकम्प र भारतीय नाकाबन्दीले थिलथिलो बनेको पर्यटन उद्योगलाई माथि उकास्न यस्तो निर्णय गर्नुपरेको दाबी त्यतिबेला गरिएको थियो। 

त्यो विशेष अवस्था सामान्य भइसके पनि चिनियाँ पर्यटकलाई दिइँदै आएको निःशुल्क भिषाको व्यवस्था भने उस्तै छ। ‘यो व्यवस्थाको समीक्षा गर्नुपर्छ। नाफा वा नोक्सान के भएको छ त्यो हेर्न सकिन्छ’, सचिव देवकोटा भन्छन्। प्रधानमन्त्रीको भ्रमण अघि अर्थ गृह, परराष्ट्र मन्त्रालयसँग यो विषयमा समेत छलफल हुने उनले नेपालखबरलाई जानाकारी दिए। भिषा निःशुल्कबारे अर्थमन्त्रालयले चासो दिएको छ। यसले आम्दानीमा कस्तो फइदा पुग्यो भनेर अर्थमन्त्रालयले विभिन्न मन्त्रालय स्तरको छलफलमा समेत कुरा राख्दै आएको छ।

‘हामीले विकल्प देख्न सक्नुपर्छ, फ्री भिषा दिँदा उनीहरुले गर्ने खर्च र नेपाल बस्ने सरदर दिनलाई बढाउने योजनाहरु राख्न सकिन्छ। यदि त्यसो गरियो भने नेपालले भिषा बापत लिने रकम अप्रत्यक्ष रुपमा उनीहरुले गरेको खर्चबाट असुल हुनेछ’, सचिव देवकोटा भन्छन्।

प्रकाशित २८ जेठ २०७५, सोमबार | 2018-06-11 18:11:01
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...