विश्वकपको प्रभाव: एकै पसलबाट दैनिक २० वटासम्म टेलिभिजन बिक्री



रसियामा आगामी बिहीबार देखि सुरु हुन लागेको २१औं विश्वकप फुटबल प्रभाव नेपालमा पनि गतिलो रुपमा देखा परेको छ।

देशैपिच्छेको फ्यानहरु आ–आफ्नै तरिकाले सेलिब्रेसन गरिरहेका छन्। आफूलाई मनपर्ने देश तथा खेलाडीको जर्सी लगाएर हिँडिरहेका मान्छे त भेटिन्छन् नै,व्यपार व्यवसाय पनि यसको प्रभाव राम्रो छ।

न्यूरोडमा सोनी, पानासोनिक, एलजी, फिलिप्सलगायत ७ वटा ब्रण्डका टिभी बेच्दै आएका राजु महर्जन भन्छन्, 'विश्वकप सुरु हुने वित्तिकै टेलिभिजनको व्यापार भने बढेको छ। अरु समयमा दैनिक ५ देखि १० वटा टिभी बिक्रि गर्दै आएका उनी यो सिजनमा २० वटासम्म टेलिभिजन बिक्री भइरहेकाे बताउँछन्।'

१२ वर्षदेखि टिभिको व्यपारमा संलग्न उनी विगतको विश्वकप जस्तो बिक्री भने नबढेको बताउँछन्। यसमा दुई किसिमको असर पारेको उनले बताए।

एउटा, टेलिभिजनको डिजिटलाइजेशनले गर्दा नयाँ तथा ठूलो टेलिभिजन राखेर हेर्ने इच्छा हुँदा पनि छुट्टै सेट अपबक्स राख्नु पर्ने हुँदा मान्छेहरु त्यसलाई झण्झटिलो मान्ने उनको बुझाइ छ। मोबाइलको बढ्दो प्रयोगले पनि टेलिभिजनको बिक्री केही खस्केको उनी सुनाउँछन्।

जर्सीको व्यापार पनि उस्तै

विश्वकपमा जर्सीहरुको बिक्रीमा कुनै कमी नभएको जर्सी व्यापारीहरुले बताएका छन्। ब्राजिल, अर्जेन्टिना जर्मनी, फ्रान्स, पोर्चुगलजस्ता टिमका जर्सीहरु अत्याधिक बिक्री हुने गरेको महाबौद्धमा पसल गर्ने केदार जम्कलेट नेपालखबरलाइ बताए।

ग्राहकलाई लोभ्याउन पसलमा समेत विभिन्न देशको जर्सी सजाएर राखिएको छ। नेपाली बजारमा ५ सयदेखि १५ सय सम्मको रुपैयाँ सम्मको जर्सी बिक्री गर्दै आएको व्यपारी केदार जम्कटेल बताउँछन्।

निशुल्क जर्मनीको जर्सी बाड्दै

विश्वकपका फ्यानहरु कस्ता सम्म हुन्छन् जान्न न्यूरोड रञ्जना ट्रेड सेन्टरका व्यापारी गोपाल घिमिरेलार्इ हेरे हुन्छ। उनी जर्मनीको यतिसम्म फ्यान छन् कि करिब १० हजार रुपैयाँको बराबरको जर्मनीको जर्सी किनेर नि:शुल्क वितरण गरिरहेको उनले दाबी गरे।

अाफ्ना पसलमा जर्सी बिक्री नगर्ने भएपनि बाहिरबाट ल्याएर वितरण गरिरहेको उनले सुनाए। हामी उनीसँग कुराकानी गर्न पुग्दा उनी न्यूरोडका भरियाहरुलाई जर्सी वितरण गरिहेको थिए। सोही क्रममा उनले ४० जना भरियाहरुलाई जर्सी वितरण गरे।

'कोही जर्मनीको फ्यान हुँ भनेर म कहाँ आउँछ भने म उसलार्इ फ्रिमा जर्सी दिन्छु,' उनले भने। 

प्रकाशित २७ जेठ २०७५, आइतबार | 2018-06-10 18:52:44
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...