अन्नपूर्ण उड्न तयार




अन्नपूर्ण नाम दिइएकाे वाइडबडी विमान
अन्नपूर्ण नाम दिइएकाे वाइडबडी विमान

नेपाल वायुसेवा निगमको ९एन–एएलवाई एयरबस ३३०–२०० विमानको पहिलो उडान दोहामा हुने भएको छ।

नयाँ गन्तव्यमा उडान अनुमति नपाएपछि पहिलो नयाँ एयरबसले दोहामा उडान गर्न लागेको हो। नयाँ गन्तव्यका रुपमा कोरिया, साउदी र जापानमा उडान गर्ने निगमको योजना छ। 

निगमले खरिद गरेको २ मध्य पहिलो विमान एयरबस ३३०–२४३ असार १४ गते नेपाल आइपुग्ने नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जनकारी दिए। पहिलो विमान निर्माणको सबै काम सकिएको उनले बताए।

‘२७४ सिट क्षमताको वाइड बडी विमान असार १४ गते नेपाल आइपुग्ने र असार अन्तिम सातादेखि नियमित उडान गर्ने योजना छ,’ महाप्रबन्धक कंसाकारले भने, ‘१६ वटा विजनेस सिट रहेको यो विमान नियमित उडानका लागि निगमले प्रक्रिया अगाडि बढाएको छ।’

 

नेपाल एयरलाइन्स वाइडबडी विमान

नेपाल एयरलाइन्स वाइडबडी विमान

सम्बन्धित खबर: ‘वाइड बडी’ जहाज उडानका लागि स्लट उपलब्ध गराउन निगमको माग

यो विमान निरीक्षणका लागि निगमका २ टाेलीले फ्रान्स पुगेर वास्तविकता बुझेर फर्किएका छन्। निगम महाप्रबन्धकसहितको सञ्चालक समितिका दोस्रो टोली वाइडबडी विमान निरीक्षणका लागि बैशाख २८ गते फ्रान्स पुगेकाे थियाे। त्यसपछि निगमले अन्नपूर्ण उडाउने पाइलटलाइ तालिमका लागि फ्रान्स नै पठाएकाे थियाे।

२०७३ चैत २५ गते एएआर कर्पोरेशनमार्फत् एयरबस ३३०–२०० सिरिजका दुई ब्रान्ड न्यू विमान खरिद सम्झौता गरेको थियो। दुईवटा विमानका लागि निगमले २०९ दशमलब ६ मिलियन अमेरिकी डलर अर्थात २१ अर्ब ९० करोड रुपैयाँ चुक्ता गर्नुपर्छ। पहिलो विमान आइपुगेको केही हप्तापछि दोस्रो विमान नेपाल आइपुग्ने कंशाकारकाे भनाइ छ।

सम्झौतामा पहिलो विमान २०१८ को अप्रिलसम्म र दोस्रो विमान भने मे महिनासम्म उल्लेख थियो। पूर्व निर्धारित समयभन्दा तीन महिना ढिलोगरी वाइडबडी विमान नेपाल ल्याउने तयारी भएको हो।

नेपाल एयरलाइन्स वाइड बडी विमान

नेपाल एयरलाइन्स वाइड बडी विमान

सम्बन्धित खबर: नेपाल एयरलाइन्स असारदेखि ब्रान्ड न्यू वाइडबडी विमानबाट उडान गर्दै

दुई वाइड बडी विमान उडानका लागि पाइलट र को–पाइलट गरी २८ देखि ३० जना पाइलट आवश्यक पर्नेछ। एउटा वाइडबडी विमानका लागि क्याप्टेन ८ र कोपाइलट ८ आवश्यक हुन्छ। ‘निगमले विमान उडानका लागि आन्तरिक रुपमा पाइलटलाई ट्रेनिङ दिदै आएको छ भने विदेशी पाइलट ल्याउने कार्य समेत भैरहेको छ,’ महाप्रवन्धक संकासकारले नेपालखबरसँग भने।

निगमले हाल अन्तर्रा्िष्ट्रय उडान बोइङ ९ एसिबी–५७५ र दुईवटा एयरबस ३२० विमानबाट गरिरहेकाे छ। पूर्ण सरकारी स्वामित्वकाे नेपाल एयरलाइन्सले हाल नेपालबाट ८ गन्तव्यमा अन्तर्रा्िष्ट्रय उडान गर्छ। हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँ दिल्ली, बेङ्लोर र मुम्बईमा उडान हुने गरेका छन्। आन्तरिक उडानका लागि निगमसँग वाइ १२ चारवटा र एमए १६ दुईवटा र तीनवटा ट्विरनेटर विमान छन्।

याे पनि: भाडाको इन्जिनजडित जहाज नेपाल ल्याउने तयारी

प्रकाशित २७ जेठ २०७५, आइतबार | 2018-06-10 10:52:09
Max TV
Max TV
Zen Travels
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...