कालिमाटी र बालाजुका ९९ जना तरकारी व्यापारीको सम्झौता खारेज हुने

स्पष्टिकरणका लागि ७ दिनको म्याद



कालिमाटी तरकारी बजार
कालिमाटी तरकारी बजार
फाइल फोटो

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गठन गरेको उपसमितिले तयार गरेको प्रतिवेदनले ९९ सय जना व्यापारीले अत्याधिक बदमासी गरेको फेला पारेको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले अनुगमन गरेपछि गठन भएको उपसिमतिले तयार गरेको प्रतिवेदनमा समितिका अध्यक्ष तेजबहादुर सुवेदी, कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल, किसानका प्रतिनिधि र व्यवसायी गरी ११ सदस्यीय बोर्ड बैठकले ९९ व्यापारीले व्यवसाय नै नगरी अन्य व्यक्तिलाई कारोबारमा संलग्न गराएले भन्दै व्यापार सम्झौता समेत खारेज गर्ने निर्णय गरेको हो।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको छानविनले कालिमाटी र बालाजुका फलफूल, तरकारी र माछा व्यापारीलाई चार भागमा बर्गिकरण गरेको छ। कारवाहीका लागि लागि रातो, नीलो, पहेंलो र सेतो गरी चार भागमा व्यापारीको विभाजन गरिएको समितिका निर्देशक तेजेन्द्रप्रसाद पौडेलले नेपालखबरलाई जानकारी दिए।

खतराको संकेतस्वरुप लिइएको रातो वर्गिकरणमा पर्ने व्यापारी ९९ जना छन्। उनीहरुले सबैभन्दा धेरै बदमासी गरेको पाइएको छ। उनीहरु बजार क्षेत्रमा उपस्थित नहुने, कारोबारमा संलग्न नरहने, अन्य व्यक्तिलाई कारोबार गर्न दिने, बजार अनुगमन र नविकरणको समयमा मात्र उपस्थित हुने गरेका छन्।

तीन मध्ये कतिपयले विदेशमा रहेर अन्य व्यक्तिमार्फत् कारोबार रहेका छन् भने पसल भाडामा लगाएका छन्। निर्देशक पौडेलका अनुसार सम्बन्धित व्यक्तिलाई ७ दिनभित्र जवाफ दिनुपर्ने गरी ‘इजाजत पत्र खारेज गरी सम्झौता रद्द किन नगर्ने?’ भन्ने पत्र पठाउने निर्णय समेत भएको छ। जवाफ चित्त नबुझे सम्झौता रद्द गरी गोला प्रथाद्धारा अरुलाई दिने निर्णय समेत गरिएको छ।

नीलो सूचीमा १ सय ३१ व्यापारी परेका छन्। कारोबारमा कहिलेकाहीँ संलग्न भएपनि स्वयंले निरन्तर कारोबार नगरी अन्यबाट कारोवार गराएको, बजार क्षेत्रमा नियमित उपस्थित हुँदापनि कारोबारमा संलग्नता नदेखिएको, आफन्तबाट कारोबार सञ्चालन गर्ने, विदेशमा रहेका परिवारका सदस्य, आफन्तबाट कारोबार गराएको सम्झौता विपरितका बस्तुको कारोबार गर्ने व्यापारीहरुलाई यो वर्गमा राखिएको छ। उनीहरुले पनि नियम अनुसार बसेको र व्यवसाय गरेको प्रमाणसहित ७ दिन भित्र स्पष्टिकरण बुझाउनु पर्ने निर्णय भएको छ।

पहेँलो समूहमा कहिलेकाहीँ नियम उलंघन गर्नेहरु परेका छन्। उनीहरुले आफू र अन्य व्यक्तिहरुबाट समेत कारोबार गरेको पाइएको छ। यो समूहमा १ सय ५९ जना परेका छन्। यस्ता प्रकारका व्यापारीलाई आगामी दिनमा गल्ती नगर्ने गरी सचेत गराउने निर्णय भएको पौडेलले बताए।

सेतो सूचीमा पर्नेहरुले पूर्ण रुपमा बजार विकास तथा सञ्चालन नियमावली २०६० र सम्झौत ाअनुसार कार्य गरिरहेको समितिले बताएको छ। उनीहरुलाई ‘यसैगरी नियम पालना गर्नू’ भनेर हौसला प्रदान गर्ने निर्याय भएको छ।

रातो सूचीमा पर्नेमा थोक विक्रेता ४५ जना, सहकारी समूह ५ जना, माछा व्यापारी ६ जना, २४ नं टहराका व्यापारी ५ जना, ३८ नं टहराका व्यापारी २ जना, खुद्रा व्यापारी २१ जना, भण्डारका १४ जना, फलफूल बजारका २ जना र बालाजुका खुद्रा व्यापारी ९ जना रहेका छन्।

नीलो सूचीमा पर्नेहरुमा थोक विक्रेता ६५ जना, फिससेडमा फलफूल गर्ने ८ जना ,सहकारी समूहका १ जना, माछा व्यापार गर्ने ६ जना, २४ नं टहराका व्यापारी १८ जना, ३८ नं टहराका व्यापारी ६ जना, खुद्रा व्यापारी २१ जना, केज भण्डारण १ जना, फलफूल बजार १ जना, बालाजुका खुद्रा व्यापारी १ जना र सटरमा कारोवार गर्ने ३ जना छन्।

पहेंलो लिष्टमा पर्नेहरुमा थोक विक्रेता १ सय ६० जना, सहकारी समूह ८ जना, माछा व्यापारी ११ जना, २४ नं टहराका व्यापारी १ जना ,अठ्तीस नं टहराका व्यापारी १जना, खुद्रा व्यापारी ८ जना, भण्डारमा १ जना, सटर ४, फलफूल बजार ७ जना र बालाजुका खुद्रा व्यापारी ८ जना परेका छन्।

सेतो लिष्टमा पर्नेहरुमा थोक विक्रेता ४० जना, सहकारी समूह १ जना, माछा व्यापारी ३ जना,२४ नं टहराका व्यापारी ६ जना, ३८ नं टहराका व्यापारी ३६ जना, खुद्रा व्यापारी १४ जना, केज व्यापारी ६ जना, गोदाम ११, सटरभाडाका १०, बालाजुका खुद्रा व्यापारी ३२ जना परेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

प्रकाशित २५ जेठ २०७५, शुक्रबार | 2018-06-08 19:51:15
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...