बंगलादेशको सैयतपुरबाट भद्रपुरसम्म सिधा उडान हुने



rss photo
rss photo
Pradeep Raj Onta/RSS

नेपाल तथा बंगलादेशको वाणिज्य सचिवस्तरिय बैंठकले बंगलादेशको सैयतपुरबाट भद्रपुरसम्म सिधा उडान गर्ने सहमति गरेको छ।

सामान आयात निर्यात तथा पर्यटन आवतजावत बढाउन भन्दै बंगलादेश र नेपालबीच उक्त हवाई रुटमा उडान गर्ने सहमति भएको हो।

 भद्रपुरमा उडान गर्न नसकिएको अवस्थामा विराटनगर देखि सैयतपुरसम्म उडान गर्नेसम्मको सहमति जुटेको हो। उक्त रुटमा भारतीय आकासमा पर्ने भएकोले भारतसँग भने अनुमति लिनु पर्ने हुन्छ।

बैठकमा नेपालमा उत्पादन भएको धागो  स्थलमार्गबाट भारत निर्यात गर्न सहमत भएको बंगलादेशको सरकारी पक्षले सहमति जनाएको छ। दुई पक्षको व्यपारमा एचएस कोड ८ रहेकाले त्यसलाई घटाएर अब ६ बनाइएको हो। यो सहमतिले अब बंगलादेश नेपालको आयत निर्यात गर्ने वस्तुहरुको प्रकारमा वृद्धि हुनेछ।

उक्त वार्तामा विशेष गरी द्विपक्षीय व्यापार विस्तारका बाधक गैरभन्सार अवरोध तथा भन्सार अवरोध हटाउने समेत सहमति गरेको छ। नेपाली विद्यार्थीले झेल्नुपरेका प्रवेशाज्ञा सम्बन्धी समस्या समाधानमा गर्न बंगलादेशको वाणिज्य मन्त्रालयले त्यहाँको सम्बन्धित नियकामा कुरा राख्ने सहमति जनाएको हो। 

स्थलमार्गबाट समेत भिषा दिनु पर्ने नेपालले एजेण्डा बनाएको र त्यसमा बंगलादेश पक्ष सकरात्मक छ। बंलगावनमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कार्यालय रहेतापनि भिषा प्रक्रियाको लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था नभएकाले समस्या परेको बंगलादेश पक्षले बताएको हो।

उक्त वार्तामा नेपालका मालबाहक तथा यात्रु बोकेका सवारीसाधनलाई बिना रोकतोक चटगाउँ र मोंगाल बन्दरगाहसम्म जान दिने समहमित भएको छ। यो भन्दा पहिला वंगलावनसम्म मात्रै जाने गरेको थियो। यो सहमति ठूलो उपलब्धी भएको वाण्ज्यि मन्त्रालयले जनाएको छ।  त्यस्तै बंगलादेशले पनि नेपालले बंगलादेशी औषधी आयात गरिरहेकाले त्यहाँ उत्पादित औषधीलाई नेपालले प्रथमिकतामा राख्ने विषयमा नेपालले हस्ताक्षर समेत गरेको छ।

बंगलादेशले हाइड्रोमा लगानीको वातावरण मिलाउन नेपाल सरकारसँग प्रस्ताव राखेको थियो। त्यसमा वाणिज्य सचिवले उर्जामन्त्रालयमा उक्त प्रस्ताव राखेर सहजिकरण गर्ने समहमति जनाएका छन्। हिमालय पर्वतदेखि समुद्रिक तटसम्म पर्यटकको आवतजावतको  सम्झौता गर्ने बंगलादेशले प्रस्ताव राखेको थियो। त्यसमा नेपालले पर्यटन मन्त्रालयमा कुरा राखेर सहजिकरण गर्ने सहमति जनाएको छ।

नेपालको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र बंगलादेशको स्टेट कर्पोरेशन मिलेर व्यपार गर्ने प्रस्तावमा समेत सकरात्मक भएको तर, सम्झौता भने नभएको वाण्ज्यि मन्त्रालयले जानाकारी गराएको हो।

त्यस्तै रोहनपुर सिंवाद नाका खुलाउने समेत सहमति भएको छ। यसले बंगलादेशबाट रेलमा समेत सामान ल्याउन सकिने वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजूले जानाकारी दिए।

प्रकाशित १८ जेठ २०७५, शुक्रबार | 2018-06-01 21:17:20
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...