पर्यटनले दिएकाे तथ्यांकमा अर्थ मन्त्रालयले ५ लाख थपेकाे खुलासा




त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलमा विदेशी पर्यटक
त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलमा विदेशी पर्यटक

अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७५/७६ को बजेटबारे सञ्चारकर्मीलाई जवाफ दिँदै उल्टो प्रश्न गरे, ‘हामी २० लाख पर्यटक भित्र्याउन नसक्ने अवस्थामा छौं र?’

NIC ASIA

सञ्चारकर्मीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि विमानस्थल, होटल एवं पर्यटकीय क्षेत्रको अभाव देखाउँदै शंका गरेका थिए।

‘सरकारले सन् २०२० लाइ भिजिट नेपाल वर्ष मनाउनेछ। हामी २० लाख पर्यटक भित्र्याउने क्षमता राख्छाैं’, अर्थ मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा उनले दाबी गरे।

बजेट भाषणमै २० लाख पर्यटक भित्र्याउने बताएका उनले साे दाबी गर्नु स्वभाविकै थियाे।  तर बजेट भाषणमा आएको पर्यटकको संख्या पर्यटन मन्त्रालयले लेखेर पठाएभन्दा थपिएको खुलासा भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले भिजिट नेपाल २०२० का लागि १५ लाख पर्यटक भित्र्याउने लक्ष पठाएको नेपालखबरलाई बताए। ‘मन्त्रालयको बजेट सिलिङमा भिजिट नेपाल २०२० मा १५ लाख पर्यटक भित्र्याउने भन्ने नै छ’, मन्त्री अधिकारीले भने, ‘अर्थलाई पठाएको तथ्यांकमा पनि त्यही उल्लेख थियाे। तर बजेट भाषणमा फरक भएर आयो।’

बजेट भाषणमा थप गरिएको ५ लाखले पर्यटन मन्त्रालयलाई पूर्वाधारदेखि अन्य तयारीका लागि समेत दवाब परेकाे छ। ‘हाम्रो लक्ष धेरैभन्दा धेरै पर्यटक भित्र्याउने हो। त्यसैअनुसार हामी अघि बढ्छौं’, नेपालखबरसँग उनले भने।

सम्बन्धित खबर: एक वर्षमा ९ लाख ४० हजार पर्यटक आए

सन् २०१७ मा १० लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए। यो संख्यालाई वृद्धि गर्न नेपाल पर्यटन बोर्डले पोल्याण्ड, स्विट्जरल्याण्ड, रुस लगायतका देशलाई पर्यटक आगमन हुने नयाँ स्रोत बजारका रुपमा छनौट गरेको छ। नेपालका लागि भारत, चीन, श्रीलङ्का, अमेरिका लगायतका देशहरु पहिल्यैदेखि पर्यटन स्रोत बजारका रुपमा छन्।

हुन त पर्यटन बाेर्डले अघिल्लाे वर्षदेखि नै सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर एक्सपेरियन्स नेपाल, फोटो नेपाल, होमस्टे नेपाल लगाएका कार्यक्रम सञ्चालन गरिरहेकाे छ। हाेटल, पर्यटन गन्तव्य एवं विमानस्थलजस्ता कारणले गर्दा २० लाख पर्यटक अाएकै खण्डमा पनि कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिन्छ।

नेपालमा हाल साना ठूला गरी २ हजार बढी होटल सञ्चालनमा छन्। सन् २०१९ मा भैरहवास्थित गाैतम बुद्ध विमानस्थल सञ्चालनमा अाए सन् २०२० सम्म २ वटा अन्तरार्ष्ट्रिय विमानस्थल हुनेछन्।

सम्बन्धित खबर: नेपाल आउने पर्यटकको संख्यामा १४ प्रतिशतले बृद्धि

सन् २०१७ मा पर्यटन बोर्डले बीबीसी, ट्रिप एड्भाइजरसहितका माध्यममार्फत् नेपालको प्रचार गरेको थियाे। यो वर्ष सिएनएन, लोन्ली प्लानेटजस्ता सञ्चार माध्यमबाट प्रचार गर्ने याेजना बोर्डकाे छ। चिनिया पर्यटकलाई लक्षित गर्दै बाेर्ड हालै चिनियाँ भाषामा बेवसाइट समेत सञ्चालनमा ल्याएकाे छ।

सन् २०१७ मा नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट अाएका थिए। सन् २०१८ काे पहिलाे ३ महिनामा भने सबैभन्दा बढी पर्यटक चीनबाट अाएकाे देखिन्छ। पर्यटन मन्त्रालयकाअनुसार अन्तर्राष्ट्रिय पर्यटकले नेपालमा औषतमा १२.६ दिन बिताउँछन्।

प्रकाशित १७ जेठ २०७५, बिहिबार | 2018-05-31 13:37:46
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।