बुद्धले एटिआर ७२–५०० विमानबाट नेपालगन्ज–दिल्ली उडान गर्ने

काठमाडौं–बनारस हप्ताको दुई उडान


Infocus



बुद्ध एयर
बुद्ध एयर

नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नेपालगन्ज–नयाँ दिल्ली उडान गर्ने भएको छ।

उडान अनुमतिका लागि सोमबार बुद्ध एयरले संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयमा निवेदन दिँदैछ। अनौपचारिक रुपमा मन्त्रालयले दिल्लीको उडान अनुमति दिने बताइसकेको अवस्थामा बुद्धले औपचारिक रुपमा निबेदन दिन लागेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्दबहादुर बस्नेतले बताए।

नेपालगन्ज–नयाँ दिल्ली रुटमा दैनिक उडान गर्ने योजना रहेकाे प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए। तिब्बतको मानसरोबर जाने भारतीय पर्यटकलाई लक्षित गर्दै बुद्धले नयाँ दिल्लीको उडान सुरु गर्न लागेको हो।

भारतबाट प्रत्येक वर्ष डेढदेखि २ लाख पर्यटक नेपाल आउँछन्। ती मध्ये मानसरोवर जाने पर्यटकको संख्या उल्लेख्य हुनेगर्छ। पछिल्लो समय भारतीय पर्यटकहरु नेपालगञ्ज आउने र त्यहाँबाट सिमिकोट पुगेर ताक्लाकोट हुँदै कैलाश मानसरोवर पुग्ने गर्छन्।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत (बीच) अाइतबार प्रत्रकार सम्मेलनमा।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत (बीच) अाइतबार प्रत्रकार सम्मेलनमा।

‘१ घण्टा ३० मिनेट उडान गर्न सक्ने एटिआर ७२–५०० सिरिजका विमानबाट नेपालगन्ज–दिल्ली उडान गर्नेछौं,’ अाइतबार अायाेजित पत्रकार सम्मेलनमा  उनले भने, ‘कैलाश मानसरोबर जाने भारतीय पर्यटक भित्र्याउने लक्षसहित दिल्ली उडानको तयारी गरेका हौं।’
नेपालगञ्ज–नयाँ दिल्लीको रुटमा बुद्धले कसैसँग प्रतिस्पर्धा गर्नु पर्ने छैन।

बुद्धले यसअघि सन् २०१८ को अन्त्यतिर काठमाडौं–कोलकाता रुटमा उडान गर्ने योजना सार्वजनिक गरेको थियो। तर दिल्लीको उडान सुरू गरे कोलकाता उडान पछि सार्ने बस्नेतले बताए।

काठमाडौं–बनारस हप्ताको दुई उडान

अन्तर्राष्ट्रिय उडानको रुपमा बुद्धले एयरले बनारसका लागि हप्तामा दुई उडान गर्ने तयारी गरेको छ। एटिआर ७२ विमानमार्फत जुन २९ देखि बुद्धले बनारसको उडान सुरु गर्ने प्रबन्ध निर्देशक बस्नेतले बताए।

भिडियाे

बुद्ध एयरले बनारसको उडान हप्तामा दुईवटा बनाउनुको मुख्य उद्देश्य पर्यटक भित्र्याउने रहेको उनले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुमध्ये ६० प्रतिशतभन्दा बढीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरिरहेको अवस्थामा बुद्ध पर्यटक केन्द्रित भएको हो।

४ वर्षदेखि बुद्धले महिनामा दुई पटक बनारसको उडान गर्दै आएको थियो। यो बीच बनारस उडान नियति नभएको अवस्थामा आइतबार पत्रकार सम्मेलन गरी जुन २९ देखि उडान सुचारु गर्न लागिएको जानकारी दिइएको हो। बनारस रुटमा हप्ताकाे २ पटक सोमबार र शुक्रबार उडान हुनेछ।

बनारस बुद्ध एयरको अन्तर्राष्ट्रिय उडानको पहिलो गन्तव्य हो। नेपाली पर्यटकलाई समेत बनारससम्म पर्याउन बुद्ध एयरको लक्ष राखेको छ। नेपाली पर्यटकलाई बनारसप्रति आकर्षित गराउन सके बुद्ध एयरको उडान सफल हुने प्रवन्ध निर्देशक बस्नेतले बताए।

बुद्ध एयरकी कार्यकारी अधिकृत आस्था बस्नेतले बनारस र नेपालमा परिवारसहितका पर्यटकलाई आकर्षित गर्न मौलिक योजना ल्याइएकाे जानकारी दिइन्।

बुद्ध एयरकी कार्यकारी अधिकृत आस्था बस्नेत

बुद्ध एयरकी कार्यकारी अधिकृत आस्था बस्नेत

एशियाका दुई प्राचीन सहर काठमाडौं–बनारसलाई जोडन बुद्ध एयरको महत्वपूर्ण भूमिका रहेको उनले बताइन्। ‘होटल, टुरगाईडसँग सहकार्य गरेर बनारस घुम्न चाहनेका लागि सुलभ प्याकेज ल्याउँदैछौं,’ उनले भनिन्, ‘बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान र नेपालका पर्यटकिय क्षेत्रको प्रचारका लागि छुट्टै ट्राभल बेवसाइट सञ्चालनमा ल्याउने तयारी गरेको छ।’

बुद्धले यात्रुको सहजताको लागि विगतदेखि नै बनारसको होटल बुकिङदेखि यातायात व्यवस्थापनको सुबिधा दिँदै आएको छ। यो कार्यले आगामी दिनमा पनि निरन्तरता पाउने निर्देशक रुपेस जोशीले बताए। बनारस घुम्न चाहनेले ३६ हजार नेपाली रुपैयाँमा ३ रात ४ दिनको यात्रा गर्न सक्छन्।

सम्बन्धित खबर: बुद्ध एयर एटिआर ७२–५०० विमानबाट कोलकाता उडान सुरू गर्दै

बिचक्राफ्ट विमानबाट दुइ दशकअघि सेवा सुरू गरेकाे बुद्ध सन् २०२१ सम्म  एयरबसका ३२० फेमिली सिरिजका ३ जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्ने योजनामा छ। साे समयसम्म पाेखरा अन्तरार्ष्ट्रिय विमानस्थल सञ्चालनमा नअाए काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अन्तर्राष्ट्रिउ उडान गर्ने प्रबन्ध निर्देशक बस्नेतले बताए। अान्तरिक उडानतर्फकाे अग्रणी एयरलाइन्स कम्पनी बुद्धसँग हाल एटिआर ७२-५०० सिरिजका ५ वटा, एटिआर ४२ सिरिजका ३ र बिचक्राफ्ट विमान २ गरी जम्मा १० विमान छन्। आन्तरिक तर्फकाे ६३ प्रतिशत बजार हिस्सा कब्जा गरेकाे बुद्धले दुई दर्जनभन्दा बढी गन्तव्यमा उडान गरिरहेकाे छ।

याे पनि: बुद्ध एयरकाे काठमाडाैं-सुर्खेत परीक्षण उडान सफल

प्रकाशित १३ जेठ २०७५, आइतबार | 2018-05-27 16:47:49
Max TV
Max TV
Zen Travels
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...

  • निरुता सिंह

    फर्कि आइन् ‘आँखामा आउने केटी’

    दक्षिणा, दर्पन छायाँ, माइती, मनमन्दिर, सिउँदोको सिन्दुर, आफ्नो मान्छे लगायत दर्जनौँ चर्चित फिल्ममा अभिनय गरेकी निरुताले ‘सकेन्ड इनिङ’ मा ‘दाल भात...

  • अपराध महाशाखा टेकूकाे पार्किंगमा बेवारिसे बीएमडब्लु। तस्विर: प्रविन काेइराला

    नयाँ वानेश्वरमा बेवारिसे अवस्थामा भेटियाे ४ कराेडको बिएमडब्लू कार

    महानगरीय अपराध महाशाखा, टेकूको प्राङ्गणमा एउटा सेतो रंगको गाडी एक साताभन्दा बढी समयदेखि थन्किएको छ।