पेन्सनवाला अर्थमन्त्रीको योजना, भत्ता हटाइ कर्मचारीको तलब ‘स्केल’ बढाउने



अर्थमन्त्री डा.युवराज खतिवडा
अर्थमन्त्री डा.युवराज खतिवडा
फाइल फोटो

हालका अर्थमन्त्री डा. युवराज खतिवडा नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी हुन्। आगामी आर्थिक वर्षको बजेट तयारी भैरहँदा अर्थमन्त्री खतिवडाले कर्मचारीको तलव कति बढाउलान् भन्ने चासो बढेको छ।

अर्थस्रोतका अनुसार कर्मचारीहरुलाई दिईंदै आएका विभिन्न भत्ता कटौति गरी तलब ‘स्केल’ बढाउने अर्थमन्त्रीको योजना छ।

निजामति कर्मचारी ऐनले नै प्रत्येक दुर्ई वर्षमा महँगीको अवस्थालाई हेरेर कर्मचारीको तलव सुविधा बढाउने व्यवस्था गरेकोले पनि आगामी आवमा कर्मचारीको तलव सुविधा बढाउन लागिएको अर्थ मन्त्रालयका एक महाशाखा प्रमुखले जानकारी दिए। दुई वर्ष अघि देखि निजामति कर्मचारीको तलव बढ्न सकेको छैन। त्यसकारणले पनि अर्थमन्त्रीलाई तलव बढाउनै पर्ने दवाव भएको हो।

निजामति कर्मचारीको तलव सुविधा बढावा गर्ने सम्बन्धमा मुख्य सचिवको नेतृत्वमा एक समिति नै रहने व्यवस्था छ। उक्त समितिले समेत अर्थ सँग अहिले सम्म केहि माग गरेको छैन।

सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन २०७५ नै तयार पारेर अर्थमन्त्रालयले भत्ता भने कटौति गर्न लागेको हो।

बजेटको तयारी भैरहदा नै सरकारले आगामी आवको सुरु देखि नै लागु हुने गरी स्थानीय भत्ता, पोशाक भत्ता बाहेक सबैलाई कटौति गरको हो। सरकारले कर्मचारी प्रोत्साहन भत्ता कटौति गरेको हो। त्यस्तै कर्मचारीले सरकारी निकाय, सरकारको पूरा वा आंशिक स्वामित्व भएका संस्था, समिति, बोर्ड, परिषद, प्राधिकरणहरुको बजेट वा सरकारी कोष खर्च गरी प्रकाशन हुने पत्रिका, जर्नल, म्यागजिन आदिमा लेख, रचना प्रकाशित गरेवापत पारिश्रमिक पनि नदिने व्यवस्था गरेको छ।

अर्थ स्रोत भने आगामी आवको लागि आउने बजेटमा कर्मचारीको तलव उल्लेख्य मात्रामा भने नबढ्ने दाबी गरेको छ। स्रोतका अनुसार आगामी आवमा धेरै योजनाहरु पूरा गर्नुपर्नेछ। त्यसको लागि बजेटको स्रोत सिमित छ। देश संघीयतामा गैसककोले खर्च समेत बढेको छ। त्यसकारणले कर्मचारीको तलव सुविधामा आगामी बजेटले प्राथमिकता दिँदैन। त्यस्तै यो सरकारले चर्चामा आउनको लागि सामाजिक सुरक्षा भत्तालाई समेत नबढाउने मनसाय बनाएको छ।

नेपालको चालु खर्च बढेकोले पनि अर्थमन्त्री कर्मचारीको तलव सुविधालाई प्राथमिकतामा राख्न चाहँदैनन्। उनले अर्थमन्त्रालयको आन्तरिक छलफलमा समेत उक्त विषयलाई फोकस गरिरहेको स्रोतले जानाकारी दिएको हो।

प्रकाशित ९ जेठ २०७५, बुधबार | 2018-05-23 20:09:30
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...