रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म


Infocus



रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु
रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु
NIC ASIA

‘नेपालको सीमासम्म चिनिया रेल छिट्टै पुग्दैछ, रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्‍याउनेछ’ बेइजिङ भ्रमणमा रहेका तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग चिनिया चिनियाँ प्रधानमन्त्री ली खछ्याङले २३ भदौ ०७४ मा भनेका थिए, ‘चीनबाट नेपालसम्म रेल लैजाने भौगोलिक हिसावले कठिन छ। यसका लागि लामो प्राविधिक अध्ययन आवस्यक पर्छ। र, अध्ययन भइरहेका पनि छन्।’

ली खछ्याङसँगको वार्तामा महरा

ली खछ्याङसँगको वार्तामा महरा

नेपाल चीनसँग जोडिने रेलमार्ग भनेको आगामी ५ बर्षभित्र केरुङ आइपुग्ने रेलमार्ग हो। त्यो रेलमार्गलाई रसुवागढी हुँदै काठमाडौंसम्म जोड्न चीन इच्छुक छ। र, काठमाडौं-रसुवागढी रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि रेलवे फर्ष्टसर्वे एण्ड इन्ष्टिच्युटको टोली काठमाडौं हुँदै केरुङ पुगेको छ। ७ जेठमा नेपाल आइपुगेको टोली रेल विभागका अधिकारीहरु सहित ८ जेठमा केरुङतर्फ लागेको हो।

नक्सा अध्ययन गर्दै दुबै देशका रेल विभागका अधिकारीहरु

नक्सा अध्ययन गर्दै दुबै देशका रेल विभागका अधिकारीहरु

०७४ भदौ अन्तिमसाता परराष्ट्रमन्त्री महराको चीन भ्रमणका क्रममा केरुङ-काठमाडौं रेलमार्ग निर्माणको सहमति भएपछिको पछिल्लो प्रगति हो, पूर्व सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी पाएको सो चिनिया कम्पनीको नेपाल आगमन। र, केरुङ प्रस्थान। नेपाल आएलगत्तै सो चिनिया टोलीले ७ जेठमा विभागका अधिकारीहरुसँग विभागको कार्यालयमै छलफल गरेको थियो भने ७ जेठदेखि फिल्ड सर्वे सुरु गर्‍यो।

पूर्व सम्भाव्यता अध्ययनका लागि आएका चिनिया विशेषज्ञहरु

पूर्व सम्भाव्यता अध्ययनका लागि आएका चिनिया विशेषज्ञहरु

पूर्व सम्भाव्यता अध्ययनको क्रममा यो टोली काठमाडौंको टोखा पुगेको थियो। रेलवे विभागका प्रबक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले यो विन्दू (टोखा) लाई केरुङ–काठमाडौं रेलमार्गको सम्भावित स्टेशनको रुपमा चित्रित गरेका छन्। टोखाको अध्ययनपछि रेलवे विभागका महानिर्देशक अनन्त आचार्य, प्रबक्ता उपाध्यायसहित चिनिया टोली केरुङ प्रस्थान गरेको हो।

रेल स्टेशन रहने सम्भावित स्थान, टोखा

रेल स्टेशन रहने सम्भावित स्थान, टोखा

विभाग स्रोतका भनाईमा, केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व सम्भाव्यता अध्ययनका लागि मात्र आएको हो। पूर्व सम्भाव्यता अध्ययनका लागि आफूले बनाएर ल्याएको ड्राफ्टका आधारमा यो टोली केरुङ हुँदै रसुवा–नुवाकोट–काठमाडौंको भूबनोटको अध्ययन गरेर चीन फर्कनेछ।

टोखामा फिल्ड सर्वे गरिँदै

टोखामा फिल्ड सर्वे गरिँदै

यही टोलीले दिने प्रतिवेदनको आधारमा सम्भाव्यता अध्ययन हुनेछ भने सम्भाव्यता अध्ययन सकिएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ। रेलमार्गको निर्माण डिपिआरको मार्ग निर्देशनमा हुने हो। ‘छिटो छिटो काम सम्पन्न गर्ने हो भनेपनि डिपिआर निर्माणचको चरणसम्म पुग्न नै कम्तिमा ३ बर्ष लाग्छ’ विभाग स्रोतले भन्यो, ‘त्यसैले, ३ बर्षयता केरुङ–काठमाडौं रेलमार्ग निर्माण सुरु हुन सम्भव छैन।’

सम्भावना अध्ययन टोली रसुवागढीमा

सम्भावना अध्ययन टोली रसुवागढीमा

प्रकाशित ९ जेठ २०७५, बुधबार | 2018-05-23 17:59:58
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...