दुग्ध होलिडे सुरु, भारतीय ब्राण्डको अमुल भित्रिन नदिन व्यवसायीको माग



नेपालमा बेमौसमी ‘मिल्क होलिडे’ सुरु भएको छ। विशेष गरी साउन देखि माघ सम्मको समयमा मिल्क होलिडे हुँदै आएपनि यो वर्ष जेठ महिनादेखि नै किसानहरुले दुध बेच्न नपाएको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले जानकारी दिएको छ।

संघका अनुसार अहिले इलाम, झापा, सुनसरीमा हप्ताको एक दिन मिल्क होलिडे सुरु भैसकको छ। दुधको पकड क्षेत्र चितवनमा पनि आंशिक होलिडे सुरु भएको संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताए।

नेपाली दुध बजारमा विक्रि हुन नसक्नुमा दुग्घ उद्योगले विदेशी पाउडर दुधको प्रयोग गरिरहेको संघले आरोप लगाएको छ। भारतबाट आएको पाउडर दुध, नेपाली दुध भन्दा प्रतिलिटर ७ देखि १० रुपैंया कम पर्ने भएकोले पनि नेपाली दुध प्रयोग हुन नसकेको अध्यक्ष देवकोटाले दाबी गरे।

नेपालमा नै दैनिक १९ लाख लिटर दुध उत्पादन हुँदै आएको छ। त्यसमा ७ लाख लिटर त सहकारी मार्फत विक्रि वितरण हुँदै आएको छ। सरकारले दैनिक ४ लाख दुध दैनिक अभाव हुने भने पनि उक्त तथ्याङ्क सत्य नभएको संंघको दाबी छ। नेपाली दुध नै बजार नपाइरहेको अवस्थामा सरकारले अपुष्ट तथ्याङ्क तयार पारेको संघले आरोप लगाएको हो।

नेपालमा नै नयाँ प्रविधियुक्त धुलो दुध उत्पादन गर्ने उद्योग थप गर्नुपर्ने समेत संघले माग गरेको छ। विराटनगरमा रहेको नेपाल दुग्ध विकास संस्थान(डिडिसी) को उद्योगको क्षमता भन्दा आधा पनि उत्पादन नगरिरहेको संघले बताएको छ। डिडिसीले ६० हजार किलो दैनिक उत्पादन गर्ने क्षमता राख्छ।

भारतीय ब्राण्ड अमुल नभित्र्याउन माग
भारत सरकारले किसानहरुलाई सहुलियत दिएर दुध उत्पानमा वृद्धि गरिरहेको छ। त्यहाँको दुधले विदेशी बजार खोजिरहेको छ। त्यसकारण अमुलले नेपालमा उद्योग संचालनको तयारी गरिरहेको संघले बताएको छ। संघका अनुसार भारतीय दुग्धजन्य वस्तु नेपालमा विक्रि बढाउने उद्देश्यका साथ उक्त कम्पनी नेपाल आउन लागको संघले दाबी गरेको छ। अमुल नेपालमा आए नेपाली किसानहरुले अहिले विक्रि गरिरहेको भन्दा आधा दुध पनि विक्रि नहुने संघका अध्यक्ष देवकोटाले बताए।

प्रकाशित ८ जेठ २०७५, मंगलबार | 2018-05-22 21:58:15
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...