बजेटको आन्तरिक स्रोत बलियो बनाउने सरकारको नीति




सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक उत्पादनमा बलियो बनाउने योजना घोषणा गरेको छ।

NIC ASIA

सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गर्दै नेपालको हरेक क्षेत्रको उत्पादनलाई वृद्धिगरि बजेटको स्रोत आन्तरिकलाई बलियो बनाउने योजनाहरु प्रस्तुत गरेकी थिइन्।

उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उर्जा र पूर्वाधार विकासको योजनाहरुले प्राथमिकता दिइएको छ। उनले वाचन गरेको नीति तथा कार्यक्रममा नेपाल कृषिप्रदान मुलुक भएर पनि वाह्य देशबाट आयत गरिरहनु परेको अवस्थामा आगामी वर्ष कृषि क्षेत्रमा  आत्मनिर्भर हुने योजनाहरु रहेको बताइन्। सरकारले आगामी आवमा कृषिमा आत्मनिर्भर हुन कृषकलाई प्रोत्साहन गराउने कार्यक्रमहरु ल्याएकाे बताइन्।

नीति तथा कार्यक्रममा कृषिलाई अवशयक पर्ने मल विऊ, औजार कुनै हालतमा पनि अभाव हुन नदिने प्रतिवद्धता जनाइएको छ। त्यस्तै सरकारले उर्जा र पर्यटन नेपालको प्रमुख संभावना बोकेको क्षेत्र भएको भन्दै त्यसको विस्तार गर्ने योजनाहरु लिएको छ। सरकारले भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टिबिएम) दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्नसमेत प्रयोग गरिने भएको छ। पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वर्ष भित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ।

त्रिभुवन विमानस्थलको क्षमता विस्तर गर्ने, एक वर्ष भित्र गौतमबुद्ध विमानस्थललाई संचालनमा ल्याउने र पोखरा क्षेत्रिय विमानस्थललाई आगामी दुई वर्ष भित्र संचालनमा ल्याइछोड्ने बताएको हो।

सम्बन्धित खबर : नीति तथा कार्यक्रमः पाँच वर्षभित्र दाेहाेराे अंककाे अार्थिक वृद्धि (पूर्णपाठ)

रुग्ण उद्योग हरुलाई संचालनमा ल्याउने गत सरकरको योजनलाई नै यो सरकारले पनि स्पष्ट पारेको छ। त्यस्तै नेपालको निजि क्षेत्रलाई पनि सरकारले आन्तरिक उन्पादनमा पेवा पुग्नेगरि उद्योग वयवसाय संचालन गर्न आग्रह गर्दै आन्तरिक उत्पादनमुलक उद्योग संचालनमा सहज वातावरण निर्माण गर्ने बताएकोछ।

सरकारले आन्तरिक बजेटलाई विस्तार गर्न करको दायरालाई फराकिलो बनाउने योजना सार्वजनिक गरेको छ। त्यसको लागि सरकारले कर प्रशासनलाई चुस्त बनाउने योजना घोषणा गरेको हो।

सरकारको महत्वकांक्षी योजना
सरकारले नीति तथा कार्यक्रम मार्फत केहि महत्वाकांक्षि योजनाहरु सार्वजनिक गरेको छ। सरकारले आगामी आगामी पाँच वर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने योजना बनाएको छ। त्यस्तै सोही अवधीमा प्रतिव्क्ति आय पनि दोब्बर पुर्याउने जनाएको छ। हाल प्रतिवक्ति आय करिव १ हजार अमेरिकी डलर रहेकोमा सरकारले अगामी ५ वर्षम नेपालीको प्रतिव्क्ति आय दुई हजार अमेरिकी डरल पु¥याउने घोषणा गरेको हो। त्यस्तै विद्युत उत्पादनमा पनि सरकारले अत्याधिक वृद्धि गर्ने जनाएको छ। १० वर्ष भित्र १५ हजार मेगावाट पु¥याउने योजना प्रस्तुत गरेको हो। सरकारले झापाको शान्तिनगरदेखि डडेलधुरासम्म मदनभण्डारी राजमार्गको निर्माण सुरु गरी ५ वर्षमा पूरा गर्ने लक्ष्य राखेको छ। त्यस्तै ५ वर्षभित्र कुनै पनि नेपाली नागरिक रोजगारीको लागी विदेश जानु नपर्ने बताएको छ।
रेमिट्यान्समा भर नपर्नु चाहि सर्वोउत्कृष्ट योजना रहेको अर्थशास्त्री डा. खनालको भनाइ छ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वभाविक भएको अर्थशास्त्री डा खनालले बताए। उनले नेपाल खवरसँग कुरा गर्दै बाम घोणापत्रमा पत्रमा भएका धेरै कुराहरु नीति तथा कार्यक्रममा समावेश नभएको उनले बताए। घोषणापत्रमा उल्लेख भएका विषयहरु पूरा गर्ने अवधि पनि ५ वर्षको हो। त्यसलाई सरकारले आगामी आव चाहि विकासको आधार बनाउने रुपमा पनि हेरेको हुन सक्ने उनको विश्लेषण छ।

दोहोरो करबारे सरकार स्पष्ट हुनुपर्छ: गोल्छा
त्यस्तै निजी क्षेत्र स्थायी सरकार निर्माण भए पनि केही उत्साही भए पनि सरकारले निजी क्षेत्रको लागि स्पष्ट बाटो देखाउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्क्ष शेखर गोल्छाले बताए। उनले नेपालखवरसँग कुरा गर्दै सरकारले ल्याएको योजना उत्कृष्ट रहे पनि त्यसमा केही सुधार गर्नुपर्ने तत्व रहेको उल्लेख गरे। ।।।हामीले लगानीको लागि स्पष्ट रुपमा सरकारले बाटो देखाउन प¥यो’, उनले नेपालखबरसँग भने, ।।।दोहोरो करका विषयमा स्पष्ट नीति लिनुपर्छ।’ महासंघले बजेटको लागि नयाँ सुभाmव समेत पेश गर्ने उनले बताए।

प्रकाशित ७ जेठ २०७५, सोमबार | 2018-05-21 20:17:59
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

author photo

दीपक भट्ट नेपालखबर संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।