पर्यटन प्रवद्र्धनका लागि हिमालयन ट्राभल मार्ट हुने




हिमालयन ट्राभल मार्ट २०१८ जुन १ देखि काठमाडौंमा हुने भएको छ। हिमाली भेग भएका मुलुकहरूको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिने अन्तर्राष्ट्रिय ट्राभाल ट्रेड सो हुन लागेको हो।

NIC ASIA

मेलामा विभिन्न देशका ट्राभल ब्लगरस, पर्यटन व्यवसायी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडीया, लगायतको सहभागिता रहेको छ। मेलाको पहिलो दिन हिमाल्यन ट्राभल मार्ट सम्मेलन हुने छ भने अन्तर्राष्ट्रिय ट्राभल ब्लगरस र मिडिया सम्मेलन दोस्रोदिन हुनेछ। अन्तीम दिन भने बाएर्स र सेलर मीट हुने छ।

मेलाको पहिलो दिन सन् २०३० सम्मा ५० लाख पर्यटक भित्र्याउने विषयमा छलफल हुने छ। दोस्रो दिन भने नेपालमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रशार गर्ने र तेस्रो दिन अन्तर्राष्ट्रिय व्यवसायीसँग छलफल हुने आयोजकले जानकारी दिएको छ। मेलामा यूरोप, नर्थ अमेरिका, आउथ अमेरिका, अस्ट्रेलिया, रसिया, न्युजल्याण्ड, एसिया र मिडिल इस्ट लगायतका २८ देशका ५६ व्यवसायीहरुको सहभागिता रहने आयोजकले बताएको छ। पहिलो पटक गतवर्ष आयोजना गरिएको मार्टमा ६० भन्दा बढी बिदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय बिक्रेताको सहभागिता थिए।

जुन १ मा काठमाडौंमा हुने मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रायाेजन तथा नेपाल वायु सेवा निगमको साझेदारीमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक रहेको छ। मेलाको कार्यकारी आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टर रहेको छ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रुपमा स्थापित गराउनु मेलाको मुख्य उद्देश्य जानकारी दिए। ‘साथै विश्वचर्चित ब्लगर्स, बायर्स र मिडियालाई जमघट गराई नेपाल प्रवद्र्धन गर्नु समेत यसको उद्देश्य हो,’ उनले भने, ‘अन्तरदेशीय व्यावसायिक जमघटले व्यवसाय प्रवद्र्धनका लागि सहज बनाउने छ।’

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले मार्टका लागि करीब रु सात करोड खर्च हुने बताइए। उनले यो मेलामा ४० प्रतिशत निजी क्षेत्रको साझेदारिता रहेको जानकारी दिए। ‘यो मेलको तयारी भइसकेको छ’ उनले भने।

मार्टमा विश्व पर्यटन बजारका नयाँ तथा पुराना सशक्त टुर अपरेटरहरुलाई क्रेताका रुपमा आमन्त्रण गरी हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलायन्सलगायत अन्य पर्यटकीय सेवा प्रदायक बिक्रेता कम्पनीहरुसँग व्यावसायिक भेटघाटका साथै बिटुबी मिटिङको अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

 

प्रकाशित ३१ बैशाख २०७५, सोमबार | 2018-05-14 16:52:50
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...