अरुण तेस्रो: चुनावी एजेण्डा बनेर दुई दशक थन्किएको आयोजना शिलान्यास



चुनावी एजेण्डा बनेर दुई दशक थन्किएको अरुण तेस्रो आयोजना शिलान्यास भएको छ। उक्त आयोजनाको शिलन्यास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन्।

गिरिजाप्रसाद कोइरालले २०५१को मध्यावधी निर्वाचनमा चुनावी एजेण्डा बनाएकोअरुण तेस्रोको निर्माण अहिले आएर सुरु हुन लागेको हो।

सन् २०१४ मा पीडीए भएपछि संखुवासभा जिल्लामा बन्ने अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगमलाई नेपाल सरकारले निर्माण सम्झौतागरि जिम्मा लगाएको थियो।

गिरिजाप्रसाद कोइरालाले अरुण तेस्रो निर्माण गरेर जबै जनतालाई विद्युत् वितरण गर्ने चुनावी एजेण्डा बनाएका थिए। तर, निर्वाचनमा नेपाली कांग्रेस भन्दा एमाले ठूलोदल हुँदै एमालेको सरकार बनेपछि २०५१ मा एमालेका कारण अरुण तेस्रोको निर्माण कार्य रोकिएको थियो।

त्यो बेला कांग्रेसको एजेण्डालाई इँकित गर्दै एमालेले उक्त आयोजना अघि बढाउन नसकिने धारण राखेपछि विश्व बैंकले नेपाल सरकारसँगको सम्झौता तोडेको थियो। सम्झौत तोड्नुको कारणमा विश्व बैंकले कुटनितिक भाषा प्रायोग गर्दै परियोजना ठूलो र जटिल भएकाले यसको व्यवस्थापन कठिन भएको कुरा आफ्नो विज्ञाप्तीमा उल्लेख गरेको थियो।

नेपाल सरकारको निर्णय अनुसार सतलजले १ खर्ब ४ अर्ब रुपैयाँ लगानीगरि अरुण तेस्रोबाट ९ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष राखेको छ भने आयोजना २५ वर्षपछि मात्रै नेपाल सरकारको पूर्ण स्वमित्वमा हुने सम्झौतमा उल्लेख गरिएको छ।

२५ वर्षसम्म भारतले नेपाललाई १ सय ९७ मेगावाट विद्युत् दिँदै अरु विद्युत् आफै लैजानेसमेत सहमति भएको छ। १ सय ९७ मेगावाट दिएबापत नेपाल सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँका दरले एकमुष्ट ४ अर्ब ५० करोड रुपैयाँ भारतीय कम्पनीलाई दिनुपर्ने भएको हो।

त्यति मात्र होइन, भारतीय कम्पनीलाई १० वर्षसम्म शतप्रतिशत आयकर छुट नेपाल सरकारले दिनेछ। त्यसपछिको पाँच वर्षसम्म नेपाल सरकारले ५० प्रतिशत आयकर छुट भारतीय कम्पनीलाई दिनुपर्ने भएको हो।

आयोजना बनाउनका लागि आयात गरिने सम्पूर्ण सामाग्रीमा समेत ५० प्रतिशत भन्सार छुट नेपालले भारतीय कम्पनीलाई दिनुपर्ने सम्झौतामा भएको छ। भारतीय कम्पनीलाई नेपालले क्षतिपूर्ति दिनुपर्ने प्रावधान पनि पीडीएमा उल्लेख छ।

प्रकाशित २८ बैशाख २०७५, शुक्रबार | 2018-05-11 21:28:29
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...