राष्ट्र बैंकद्वारा यातायात व्यवसायीको बैंक खाता रोक्का गर्न सर्कुलर



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक

सिन्डिकेटकाे पक्षमा हड्तालमा उत्रिएका यातायात व्यवसायीकाे बैंक खाता राेक्का गर्न राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाइ सर्कुलर गरेको छ।

‘यातायात समितिमा रहेका व्यक्तिहरुको बैंक खाता रोक्का गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिइएको छ’, राष्ट्र बैंकका प्रवक्ता नारायाणप्रसाद पौडेलले नेपालखबरसँग भने।

अत्यावश्यक सेवाकाे मापदण्डमा रहेकाे यातायात क्षेत्रमाथि सिन्डिकेट लाद्न नपाएकाे भन्दै शुक्रवार व्यवसायीले नै चक्काजाम गरेका थिए।

वैशाख २१ मा गृह मन्त्रालयमा भएकाे बैठकपछि सरकारले देशभरिका यातायात समिति र तिनका पदाधिकारीको बैंक खाता रोक्का गर्ने निर्यय गरेकाे थियाे। गभर्नर चिरञ्जिवी नेपालसमेत सहभागी बैठकले सिन्डिकेटकाे पक्षमा हड्तालमा उत्रिएका समितिमा अावद्ध व्यवसायीहरूकाे बैंक खाता राेक्कागरी उनीहरूकाे सम्पत्ति छानवीन गर्ने निर्णय गरेकाे थियाे। 

साेही अनुसार केन्द्रीय बैंकले अाइतबार वाणिज्य बैंक एवं वित्तिय संस्थालाइ यातायात समितिमा रहेका व्यक्तिहरूकाे बैंक खाता राेक्का गर्न सर्कुलर गरेकाे हाे। अर्थ मन्त्रालयले शंकास्पद रहेका समितिका खाता रोकेर अनुसन्धान गर्नुपर्ने भएकोले रोक्न पत्राचार गरेअनुसार अाइतबार राष्ट्र बैंकले खाता रोक्न बैंकहरुलाई निर्देशन जारी गरेको प्रवक्ता पाैडेललेले जानाकारी दिए। 

राेक्का गरिएका खाताहरू सरकारकाे अनुमतिपछि मात्र खुला हुनेछन्।

आइतवार अर्थले राष्ट्र बैंकलाई पत्र लेखेको थियो। अर्थकाे पत्र पाउन साथ केन्द्रीय बैंकले सबै बैंकहरुलाई निर्देशन जारी गरेको हो। खातामा रहेको रकम र उनीहरुले निक्षेप संकलन गरेको अवधि र त्यस अनुसारको रकममा अनुसन्धान गरिने पाैडेलले जनाए। समितिहरूकाे सम्पूर्ण अनुसन्धान गृहले गर्नेछ। अनुसन्धानमा राष्ट्र बैंकले सहजीकरणकाे भूमिका निर्वाह गर्नेछ।

गृहमन्त्री रामबहादुर थापाकाे उपस्थितिमा शुक्रबार गृह मन्त्रालयमा बसेकाे बैठकले साविकका यातायात समिति एवं महासंघका हालका पदाधिकारीकाे सम्पत्ति छानवीन गर्ने निर्णय गरेकाे थियाे। देशभरिका जिल्ला प्रशासन कार्यालयमार्फत् समिति पदाधिकारीहरुको विवरण गृहले संकलन गरेकाे थियाे।

याे पनि पढ्नुहाेस् :

१. गृहमन्त्रीकाे निर्देशनपछि देशैभरिबाट यातायात व्यवसायी पक्राउ

प्रकाशित २३ बैशाख २०७५, आइतबार | 2018-05-06 18:05:03
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...