वार्षिक ५ अर्बको नेपाली धागो बंगलादेश निर्यातको तयारी



नेपालले बंगलादेशमा धागो निर्यात गराउने प्रयास सुरु गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बंगलादेशमा वार्षिक ५ अर्ब रुपैयाँ भन्दा बढीको निर्यात स्थलमार्गबाट गराउने तयारी गरेको हो।

बंगलादेश सरकारले करिब ३ वर्ष अघिसम्म नेपालबाट नै धागो आयात गर्ने गरेको थियो । तर, त्यहाँको सरकारले स्थल मार्गबाट आयात गर्ने नेपाली धागो र आलु आयतमा रोक लगाएपछि नेपालमा उत्पादित धागो बंगलादेश जान सकेको थिएन।

यसै विषयमा वार्ताका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले बंगलादेशसँग आगामी १६–१७ जेठमा काठमाडौंमा बैंठक राखेको छ। मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुको भनाईमा, बंगलादेश पक्षले पनि नेपाली धागोको आयातमा चासो राखेको छ।

फुलबारी नाका हुँदै झापाको काकडभिट्टाबाट निर्यात गराउन मन्त्रालयले पहल गरिरहेको जानकारीपनि सैंजुले दिए। बंगलादेश सरकारले नेपालको धागो आफूले खरिद गर्ने र नेपालले पनि बंगलादेशको औषधी आयातलाई प्राथमिकतामा राख्नु पर्ने शर्त राखेको छ।

नेपालले बंगलादेशी औषधी आयात गरिरहेकाले त्यहाँ उत्पादित औषधि आयातका लागि उनीहरुको शर्त बमोजिम प्रतिवद्धता जनाउनु त्यति जटिल विषय नभएको मन्त्रालयका प्रवक्ता सैंजु बताउँछन्।

नेपालको निर्यात दर बढाउने प्रमुख वस्तुमध्ये धागो पनि हो। व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका तथ्यांकअनुसार सन् २०१७ मा नेपालबाट ४ करोड अमेरिकी डलर मूल्यको धागो निकासी भएको थियो, त्यसमध्ये सबैधन्दा धेरै अर्थात् ३ करोड ४० लाख डलर बराबरको निर्यात टर्कीमा भएको थियो।

विश्वका करिब एक दर्जन मुलुकमा नेपाली धागो निर्यात हुने गरेपनि नेपाली धागोको सबैभन्दा राम्रो मूल्य टर्कीले दिने गरेको छ। भारतीय बजारमा नेपाली धागोले औसत प्रतिकेजी १.७ डलर मूल्य पाउने गरेकोमा टर्कीमा उक्त दर ३.२ डलरभन्दा माथि रहने गरेको छ।

आकर्षक मूल्य र भन्साररहित सुविधाका कारण नेपाली धागोका लागि टर्की प्रमुख बजार बन्न पुगेको हो। बिगत पाँच वर्षमा टर्कीतर्फको नेपालको सिन्थेटिक धागोको निर्यात औसत ३८ प्रतिशतले र परिमाणमा औसत ४५ प्रतिशतले बृद्धि भएको छ।

सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा धागोको टर्की निर्यातमा १ सय ९ प्रतिशतले बृद्धि भएको थियो। टर्कीमा धागो निर्यातमा भन्सार छुट रहेको छ। नेपालले नेपाली धागो निर्यातका लागि बंगलादेशसँगपनि भन्सार छुटका पहल थालेको छ।

टर्कीपछि नेपाली धागोको दोस्रो ठूलो बजार भारत हो।

नेपालमा जय स्पिनिङ, जगदम्बा स्पिनिङ, लायन्स स्पिनिङ र त्रिवेणी स्पिनिङ गरी चार ठूला धागो उद्योग छन्। धागो उद्योगबाट बार्षिक ४० हजार टन धागो उत्पादन हुँदै आएको छ।

प्रकाशित २३ बैशाख २०७५, आइतबार | 2018-05-06 12:56:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...