असारे विकास राेक्ने अर्थको तयारी



अर्थ मन्त्रालय
अर्थ मन्त्रालय
प्रविन कोइराइला

चालू आव २०७४/७५ को हालसम्म कुल बजेटको ४१ दशमलव २७ प्रतिशत मात्रै बजेट खर्च भएको छ।

जसमा चालू खर्च ५० दशमलव ९ प्रतिशत भएको छ। यस्तै, पूँजीगत खर्च २७ दशमलव ९७ प्रतिशत भएको छ भने वित्तीय व्यवस्थातर्फ २२ दशमलव ६१ प्रतिशत भएको छ।

सरकारले चालू आवका लागि १२ खर्ब ८० अर्बको बजेट ल्याएको थियो, जसमा चालू बजेट ८ खर्ब ३ अर्ब, पूँजीगत बजेट ३ खर्ब ३६ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४० अर्ब रुपैयाँ छुट्याएकाे थियो। समायमै बजेट खर्च हुन नसक्नु नेपालको हरेक आबको समस्या हो। याे पटक पनि त्याे देखिएकाे छ।

हरेक वर्ष आर्थिक वर्ष समाप्त हुने सममाय मात्रै बजेटको खर्चले तीव्रता पाउने गरेकाे। विकासका काम पनि दुइ चार दिनमै हतार हतार गर्ने चलन बसेकाे छ।

चालू वर्षमा भने अर्थ मन्त्री डा.युवराज खतिवडाले असारे विकासलाई राक्ने तयारी गरेका छन्। उनले हतारमा विकास निर्माणको काम गरेर बजेटको खर्च गरिनुले विकास निर्माणको काम राम्रो नहुने र बजेटको दुरुपयोग हुने गरेको भन्दै यो आवमा खर्च हुन ननसको बजेटलाई आगामी बजेटको स्रोत बनाउन चाहेका छन्।

उनले अर्थमन्त्रालयको पदाधिकारीसँग छलफलै राखेर असारे विकासलाई रोक्न आदेश जारी गरेका छन्। उनले बजेट महासाखाका पदाधिकारीलाई आगामी बजेटमा चालू आवको करिव साँढे दुई खर्ब बजेटलाई आगामी बजेट स्रोतको रुपमा समावेश गर्न निर्देशन दिएको अर्थ स्रोतले बतायाे।

विगत वर्षहरुको तथ्याङ्लाई अध्ययन गर्दै अर्थ मन्त्री खतिवडाले बजेट खर्चको नीति, नियम र निर्देशन उल्लंगन नगर्न निर्देशन दिएका हुन्। खतिवडाले जेठ १५ मा जारी हुने आगामी आवको बजेटलाई ‘कार्यान्वयन वर्ष’ बनाउने तयारी गरेका छन्।

विगतका वर्षमा खर्चसम्बन्धी सरकारका नीति, नियम र निर्देशन उल्लङ्घन हुँदै आएको थियो। तोको सिमाभन्दा बढि रकमान्तर हुने,आलटाको काम हुने प्रवृति बढ्ने गरेको थियो।

आव २०६८/६९ को बजेटले यो विकृति रोक्न पूँजीगत खर्चमध्ये अन्तिम चौमासिक (चैतदेखि असारसम्म) ४० प्रतिशत र असारमा मात्रै २० प्रतिशतभन्दा बढी खर्च नपाउने व्यवस्था छ। चालू आवका लागि पनि अर्थ मन्त्रालयले कार्यतालिका जारी गरेको छ।

यस पटक विनियोजन ऐन प्रारम्भ भएकै दिन अर्थात् साउन १ गतेदेखि खर्च गर्ने अख्तियारी दिइएको थियो। अर्थ मन्त्रालयका प्रवक्ता किशाेरजंग कार्कीले चालू आवमा वर्ष विकास बजेट खर्च नहुनुको धेर कारण रहेको बताए।

उनका अनुसार यो वर्ष निर्वाचन समेत परेको र त्यसमा विकास निर्माणको काम रोकिएको, त्यस्तै सरकार परिर्वतन भएकोले पनि विकास निर्माणको काममा बाधा पुगेको थियो। चुनाव परेको हुँदा कर्मचारीले समय दिन नभ्याउनु प्रमुख कारण हो।

आउँदो आवमा अहिले भएका कमीकमजोरीलाई सुधार गरी बजेट कार्यान्वयनको अवस्थालाई बढाउने तयारीमा लागेको अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा बताउँछ। तर अव स्थायी सरकार आएकोले आगामी आवमा चाहि बजेट खर्चको वृद्धि हुने प्रवक्ता कार्कीकाे भनाइ छ।

प्रकाशित १७ बैशाख २०७५, सोमबार | 2018-04-30 19:09:19
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...