भारतबाट भित्रिने सामानकाे भन्सारदर परिवर्तन गर्न नेपालकाे प्रस्ताव

नेपाल—भारत आइजीसी बैठकमा जलमार्ग व्यापार मुख्य मुद्दा



सामान बाेकेर भारतबाट नेपाल अाउँदै गरेका ट्रक
सामान बाेकेर भारतबाट नेपाल अाउँदै गरेका ट्रक

नेपाल–भारतका वाणिज्य मन्त्रालयको सचिव स्तरीय बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ।

 अन्तरसरकारी समिति (आईजीसी)को उक्त बैठकमा नेपाल र भारतबीचमा हुने व्यपारका विषयमा छलफल भएको छ।

भोलि शुक्रबार साँझसम्म चल्ने बैठकले दुई देशबीच रहेका व्यापारका मुद्दा सहज पार्न प्रयास गर्नेछ। यो बैठकमा नेपालले जलमार्गबाट गर्नसक्ने व्यापारको सम्भावनालाई मुख्य मुद्दा बनाएको छ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव चन्द्रप्रसाद घिमिरेले नेपालको तर्फबाट जलमार्गको विकास र त्यसको लागि आवशयक नीति नियमबारे भारतीय पक्षसँग छलफल गरेको वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर संैजुले नेपालखबरलाई जानकारी दिए।

दुई देशबीच सचिव स्तरीय बैठक हुनुअघि सहचिव स्तरीयय बैठक भएको थियो। उक्त बैठकमा नेपाल र भारतबीचमा रहँदै आएको कृषि सामाग्रीमा भन्सार नलाग्ने कुरालाई निरन्तरता दिने सहमति भएको उनले बताए। त्यस्तै नेपालबाट भारततर्फ निकासी हुने कृषि सामाग्रीलाई भारतले निर्वाध निर्यात गर्न दिन समहति जनाएको छ।

भारतले नेपालबाट अदुवा, सुपारी, जुट, अलैँचीसहितका कृषिजन्य उत्पादन निर्यातमा समय–समयमा अवरोध गर्छ। पछिल्लो समय भारतले निकासी अवरोध गर्दा पूर्वी नेपालका किसानले उत्पादन गरेको अदुवा कुहिन पुगेको थियो।

नेपाल भारतबीचमा अहिलेसम्म रहँदै आएको व्यपार प्रणाली परिमार्जनबारे समेत सचिव घिमिरेले कुरा उठाउने उनले बताए। नेपाल भित्रिने सामग्रीको भन्सार दरमा फेरबदल गर्ने नेपाली पक्षको चाहना छ। सचिव घिमिरेले बिहीबारको बैठकमा यससम्बन्धी प्रस्ताव भारतीय पक्ष समक्ष प्रसतुत गरेका छन्।

दुई पक्षबीच नयाँ पोर्ट, पेमेन्ट, व्यपारको इलेक्ट्रोनिक डाटाको विषयमा पनि छलफल भएको र त्यसको निर्णयमा पुग्न बाँकी रहेको सहसचिव सैंजुले जानाकारी गराए।

नेपाली ग्यास बुलेटलाई लाइसेन्स दिन सकारात्मक
नेपालमा खाना पकाउने ग्यासको आयत भारतबाट मात्रै हुँदै आएको छ। तर अहिलेसम्म नेपाली ग्यास बुलेटले भारत छिरेर ग्यास ओसार पोसार गर्न पाएका छैनन्। नेपाली गयास बुलेट भारतमा गएर ग्यास भर्नको लागि विस्फोटक पदार्थ ओसारपसारका लागि लाइसेन्स भारत सरकारबाट पाउन आवश्यक छ। आइजीसी बैंठकमा नेपालले नेपाली ग्यास बुलेटलाई लाइसेन्स दिन प्रस्ताव गरेको छ। त्यसमा भारतीय पक्ष सकरात्मक देखिएको सहसचिव सैँजुले जानकारी छ। यस सम्बन्धमा आधिकारिक निर्णय शुक्रबार हुनेछ।

चार नाकामा आईसिपी निर्माणमा छलफल
नेपालले तेस्रो मुलुकबाट सामान आयात गर्दा लाग्ने गरेको गैरभन्सार अवरोध हटाउनुपर्ने माग गरेको छ। नेपाल र भारतको व्यापारिक केन्द्रका रूपमा चिनिएका चार नाका भैरहवा, नेपालगन्ज, विराटनगर र दोधरा चाँदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणका विषयमा पनि छलफल भएको छ। वीरगन्जमा यस्तो आइसीपी सञ्चालनमा आइसकेको छ।

भारुबारे भारतीय अधिकारी माैन
भारत सरकारले ठूला पाँच सय र एक हजारको दरका नोटमा सन् २०१६ अक्टुबरमा प्रतिवन्ध लगाए पछि नेपालमा रहेको नोट सटही गर्न समेत माग भएको छ। बैंकिङ प्रणली तथा व्यक्तिगत रुपमा रहेको नेपाल राष्ट्र बैंकले समेत करिब ७ अर्ब नेपाली रुपैयाँ बराबरको उक्त पैसा सटहीको लागि सचिव चन्द्रप्रसाद घिमिरेले प्रस्ताव गरेका हुन्।

यस विषयमा भने भारतिय पक्षले कुनै प्रतिक्रिया नजनाएको वाणिज्य मन्त्रालयले जानकारी दियो। आईजीसीको बैठक प्रत्येक ६–६ महिनाको अन्तरालमा बस्नुपर्ने व्यवस्था छ। यसअघि गत फागुनमा हुने भनिएको आईजीसी बैठक भारतको कारणले ढिला भएकाे थियाे।

प्रकाशित १३ बैशाख २०७५, बिहिबार | 2018-04-26 18:51:51
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...