भूकम्पकाे तेस्राे वर्ष

४ खर्ब ४० अर्ब प्रतिवद्धता, राष्ट्रको ढुकुटीमा १ खब ४७ अर्ब



भूकम्पले भत्किएकाे बसन्तपुर दरबार
भूकम्पले भत्किएकाे बसन्तपुर दरबार

भूकम्पले क्षति भएको पुननिर्माणका लागि ४ खर्ब ४० रकम दाता सम्मेलनमा दातृ निकायहरुले उपलब्ध गराउने प्रतिवद्धता जानाएका थिए। आपतकालिन अवस्थामा गरेको सहयोगको एक एक हिसाब नेपाल सरकारलाई देखाएर दातृ निकायले ३ खर्व ४३ अर्ब रुपैयाँ मात्रै प्रदान गर्ने दास्रो प्रतिवद्धता जनाएका थिए।

२०७२ असार १० गते राजधानीमा भएको दाता सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायले ४ खर्ब ४० अर्ब रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। सरकारलाई हाल सम्म १ खर्ब ४७ अर्ब मात्रै प्राप्त भएको पुनिर्माण प्राधिकरणको र अर्थ मन्त्रालय वैदेशिक समन्वय महाशाखाले उपलब्ध गराएको तथ्याङ्कले देखाएकाे छ।

सम्मेलनमा २३ बहुपक्षीय, ४० द्विपक्षीय, ‘एजेन्सी’ र व्यक्तिगत गरी २५० भन्दा बढी विदेशी प्रतिनिधिको सहभागिता रहेको थियो। दातृ निकाय तथा देशहरुले आपतकालिन अवस्थामा वितरण गरेको गाँस बास र कपासका वस्तुहरु वितरण गरेको र पछि विभिन्न स्थानिय संस्थाहरु मार्फत उपलब्ध गराएको सहयोगको हिसाब गरेर रकम कटौती गरेका थिए। त्यस मध्ये पनि केहि पैसा आउनै बाँकी रहेको देखिएको हो। हालसम्म दाताबाट सरकारको ढुकुटीमा १ खर्ब ४७ अर्ब रुपैयाँ चाहिँ उपलब्ध भएको पाइएको हो।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका सिइयो युवराज भुसालले सरकारले एकद्वार प्रणलीबाट भुक्तानी गराएर पुननिर्माण गर्ने नीति लिएकोले अहिले दाताले दिएको रकम र सरकारले उपलब्ध गराएको बजेटबाट पुनिर्माणको काम भैरहेको बताए।
भूकम्पपछिको पुनःनिर्माणका लागि कूल रकम रु सात खर्ब ६ अर्ब आवश्यक पर्ने भनिए पनि हालसम्म करिब एक खर्ब २० अर्ब मात्र खर्च भएको छ।

उनकाअनुसार भूकम्पपछिको आवश्यकता आँकलन प्रतिवेदन (पिडिएन)अनुसार भूकम्पबाट चार लाख ९८ हजार ८५२, निजी घर र दुई हजार ६५६ सरकारी भवन पूर्ण रुपमा क्षति भएका थिए। त्यस्तै, दुई लाख ५६ हजार ६९७ निजी घर र तीन हजार ६२२ सरकारी भवन आंशिक रुपमा क्षति भएका थिए।

त्यस अतिरिक्त १९ हजार कक्षा कोठा ध्वस्त र एक हजार १०० कक्षा कोठा क्षतिग्रस्त भएका थिए। भूकम्पमा परी आठ हजार ९७९ जनाको ज्यान गयो भने २२ हजार ३०९ जना घाइते भए। भूकम्प र परकम्पबाट ३१ जिल्लामा अथाह धनजनको क्षति भयो।
क्षतिग्रस्त सात लाख ६७ हजार ७०५ निजी घर लाभग्राहीको सेवा सूचीमा रहेको र त्यसमध्ये हालसम्म एक लाख १९ हजार २३३ घर निर्माण सम्पन्न भइसकेको छ।

निजि अवास अन्तर्गत पुनःनिर्माणका क्रममा हालसम्म तीन लाख ६८ हजार ७६१ लाभग्राहीले दोस्रो किस्ता लिइसकेको र एक लाख २३ हजार ५३७ लाभग्राही तेस्रो किस्ताको रकम लिने प्रक्रियामा रहेको देखिएको छ।

पाँच वर्षमा सबै पुननिर्माण सक्ने प्रतिबद्धता
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामाी पाँच वर्षमा सबै किसिमका पुनिर्माण कार्य सम्पन्न हुने जानाकारी गराएको छ। प्राधिकरणमा आयोजित कार्यक्रममा सिइयो युवजराज भुसालले निजी आवस निर्माण आगामी असार मसान्तसम्म सम्पन्न हुने जानाकारी दिए। त्यस्तै अन्य संरचनाको निर्माण पनि समयमा नै सम्पन्न हुने उनले बताए।

स्थानीय तह गठन भएपछि पुनःनिर्माणको कार्य गर्न सजिलो भएको बताउँदै उनले स्थानीय गाउँपालिका प्रतिनिधिहरु खास गरेर गाउँपालिका महासंघसँग अन्तरक्रिया गरेर काम अगाडि बढाइएको जानकारी दिए।

प्रकाशित ११ बैशाख २०७५, मंगलबार | 2018-04-24 19:53:59
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...