ज्ञानेश्वरमा प्रभू बैंकको नयाँ शाखा

प्रभू बैंकले काठमाडौँको ज्ञानेश्वरमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ।

उक्त शाखाको सोमबार सञ्चालक पुष्पबहादुर प्रधानले एक समारोहका बीच उद्घाटन गरेका हुन।

मर्जरको क्रममा एकै स्थानमा शाखा कार्यालय दोहोरिएका कारण प्रभु बैंकको दरवारमार्ग शाखा कार्यालयको कारोबारलाई कमलादी शाखामा गाभी दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको बैंकद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ।

प्रभू बैंकले मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने योजना रहेको जनाएको छ।

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित 2018-04-23 16:04:57