पञ्चेश्वरको विवाद सल्टाउन नेपाल-भारत उर्जा सचिवस्तरीय बैठक काठमाडौंमा

नेपाललाई समान हैसियत दिन भारत तयार होला?




पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक सोमबारदेखि काठमाडौमा हुने भएको छ।

NIC ASIA

पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको पञ्चेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले जानकारी दिए।

उनका अनुसार नेपाल र भारतका ऊर्जा सचिवस्तरीय गभर्निङ बडी र सहसचिवस्तरीय संयुक्त कार्यदल (ज्वाइन्ट कमिटी) को बैठक आयोजना गरिएको हो। ती समितिको बैठकको तयारीस्वरुप आवश्यक छलफल भएको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए। 

प्रमुख कार्यकारी अधिकृत गुरुङका अनुसार यो गभर्निङ बडीको छैटौँ बैठक हो भने संयुक्त कमिटीको भने चौथो बैठक हो। करीब दुई वर्षपछि गभर्निङ बडीको बैठक बस्न लागेको हो। सन् २०१६ को डिसेम्बर २२ मा त्यस्तो बैठक बसेको थियो। 

सोमबारदेखि शुरु हुन लागेको बैठकले विशेष गरी पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विशेष पहल गर्ने विश्वास लिइएको छ। 

सो आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच कुरा मिल्न नसक्दा विस्तृत परियोजना प्रतिवेदनले अन्तिम रुप पाउन सकेको छैन। प्रमुख कार्यकारी अधिकृतल गुरुङले सोमबारदेखि शुरु हुने बैठकमा प्राधिकरणको प्रशासनिक, आर्थिक तथा कानूनी विषयमा छलफल गर्ने र सहमति जुटाउने कार्यसूची रहेको छ। 

त्यस्तै विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा समेत आवश्यक सहमति जुटाउन अर्को बैठकको मितिसमेत तय गर्ने विश्वास लिइएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ गतेदेखि २५ गतेसम्म गर्नुभएको भारतको राजकीय भ्रमणमा क्रममा पञ्चेश्वर आयोजनाको विषयमा कुराकानी हुने चर्चा चलेको थियो। 

भारतीय कम्पनी बापकोसले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक सहमति हुन नसकेको हो। 

भारतीय पक्षले अहिले बाँध बाँधेर लगिरहेको पानीबाहेकमा मात्र नेपालसँग सहमति गर्ने बताउँदै अएको छ। नेपालले भने समानताका आधारमा पानी उपलब्ध हुने विषय अगाडि सार्दै आएको सरकारी धारणा छ। 

विगत २३ वर्षदेखि आयोजना चर्चामा आए पनि कुनै ठोस प्रगति हुन सकेको छैन। यस पटकको बैठकलाई फलदायी बनाएर आयोजना अगाडि बढाउने सोचाइमा प्राधिकरण रहेको छ। 

प्रकाशित १० बैशाख २०७५, सोमबार | 2018-04-23 11:50:59
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...