सिजीको सतुंगल गोदाममा नियोजित आगलागी, २४ करोड फिर्ता गर्न बिमा समितिको पत्र

भारतकाे जिआइसीसँग क्षतिभन्दा ५१ करोड रूपैयाँ बढी असुल्ने योजना असफल



युनाइटेड इन्स्याेरेन्सकाे लाेगाे
युनाइटेड इन्स्याेरेन्सकाे लाेगाे

विश्वका अर्बपतिको सूचीमा रहेका विनोद चौधरीसमेत रहेको चौधरी ग्रुपले आगलागीको बहानामा भारतीय बिमा कम्पनी जनरल इन्सुरेन्स कर्पोरेशन (जिआइसी) सँग क्षतिभन्दा ५१ करोड रुपैयाँ बढी लिने प्रयास गरेको खुलासा भएको छ।

२०६९ असोज २८ मा सतुंगल गोदाममा विद्युत शर्ट भई आगलागी हुँदा चौधरी ग्रुपको स्वामित्वमा रहेका सिजी इलेक्ट्रोनिक्स, सिजी इम्पेक्स र इओएमा ३३ करोड ९५ लाख क्षति पुगेको बताइएको थियो। तर युनाइटेड इन्स्योरेन्ससँग सुरुमा सिजीले ८५ करोड रुपैयाँ दाबी गरेको पाइएको छ।

युनाइटेड इन्स्योरेन्स चौधरी ग्रुपकै लगानीको कम्पनी हो। मुम्बईको जिआइसी इन्स्योरेन्स कम्पनीसँग युनाईटेडको पुर्नबिमा सम्झौता रहेको छ। प्रिमियमको केही प्रतिशत लिने सर्तमा नेपाली बिमा कम्पनीसँग विदेशी बिमा कम्पनीले ‘रिक्स कभर’ गरेबापत पुर्नबिमा सम्झौता गर्ने गर्छन्।

भारतीय कम्पनीसँग पैसा असुल गर्न योजनाअनुसार युनाइटेड र चौधरी ग्रुपकै मिलेमतोमा नियोजित रुपमा सो आगलागी गराइएको ठहर बिमा समितिले गरेको छ। बिमा समिति नेपालमा इन्स्योरेन्सहरुको नियामक निकाय हो।

उक्त आगलागीबापत दाबी गरिने रकम युनाइटेडबाट नब्यहाेरी सतप्रतिशत जिआइसीसँग मात्रै असुल गर्ने सुरुमा योजना बनाइएको बिमा समितिको छानवीनले देखाएको छ। त्यतिबेला जिआइसीसँग ८५ करोड रुपैयाँ दाबीको योजना बनेको थियो। तर भारतीय कम्पनीले ठूलो परिमाणको रकम देखाउँदा विश्वास नगर्ने र छानवीन गर्न सक्ने देखिएपछि रकम घटाएर करिब ५९ करोडमा झारिएको अनुसन्धानबाट खुलासा भएको बिमा समिति कानुन शाखा प्रमुख साम्यराज लामिछानेले नेपालखबरलाई बताए।

मिलेमतोको पहिलो आधार
यो प्रकरणमा सिजी इलेक्ट्रोनिक्ससहितका कम्पनीहरु र युनाइटेड इन्स्योरेन्सबीच मिलेमतो भएको यथेष्ट प्रमाणहरु भेटिएका छन्। क्षति भएको रकमभन्दा बढी रकम दिन इन्स्योरेन्स कम्पनी सहमत हुनु आफैँमा सन्देहपूर्ण रहेको लामिछानेको भनाइ छ। रकम बढाउन उनीहरुले किर्ते भर्पाइ गरेको उनले बताए।

‘नष्ट नभएको भवन तथा सामानलाई पनि नष्ट भएको भन्दा इन्स्योरेन्स कम्पनीले कसरी पत्यायो?’, बिमा समिति कानुन शाखा प्रमुख लामिछानेले भने, ‘आफ्नो कम्पनीमा बिमा भएको स्थानमा घटना भएपछि उसले धेरै अध्ययन गर्नु पर्ने भए पनि त्यो अध्ययन नगरी रकम दाबी गरेको छ। यसबाट दाबी गर्ने सिजी र इन्स्योरेन्स कम्पनीबीच मिलेमतो भएको प्रस्ट हुन्छ।’

मिलेमतोको दोस्रो आधार
जति ठूलो रकम दाबी गर्याे इन्स्योरेन्स कम्पनीहरुले त्यति नै धेरै अनुसन्धान र छानवीनपछि मात्र रकम निकासा गर्छन्। तर यो प्रकरणमा त्यस्तो तथ्यगत छानवीन भएको देखिँदैन। २०६९ असोज २८ मा भएको घटनाको २०७० असोज ८ गते बिमक कम्पनी युनाइटेड इन्स्योरेन्सले चौधरी ग्रुपलाई झण्डै ५९ करोड रुपैयाँको भुक्तानी गरेको थियो। युनाइटेडको चुक्ता पूँजी नै करिब १ अर्ब मात्रै छ।

‘चुक्ता पूँजी नै करिव ३० करोड भएको कम्पनीले कसरी ५९ करोड रुपैयाँ भुक्तान दिन सक्छ?’, लामिछानेले नेपालखबरसँग भने, ‘घटनाको सामान्य छानवीन गराई पैसा भुक्तान गरिनुले मिलेमतो भएको देखाउँछ।’  आगामी एक वर्षमा युनाइटेडले  चुक्ता पूँजी एक अर्व  पु¥याउने बताएको छ।

मिलेमतोको तेस्रो आधार
सीजी इलेक्ट्रोनिक्सले ८५ करोड रुपैयाँ दाबी गर्ने योजना बनाएको आगलागी घटनाको बिमा समितिले स्वतन्त्र छानवीन गर्दा ३३ करोड ९५ लाख क्षति भएको देखाएको थियो। मिलेमतोका कारण बढी क्षति मूल्यांकन गराउन सफल भएको लामिछानेको भनाइ छ।

रकम बढी असुल्न किर्ते भर्पाइ गराइएको समेत बिमा समितिको छानवीनबाट खुलेको छ। भुक्तानीको समय नतोकिँदै छिटोभन्दा छिटो किर्ते भर्पाइमार्फत् २४ करोड बढी भुक्तानी गर्न युनाइटेड इन्स्योरेन्सलाई पत्राचार गरेको बिमा समितिको अनुसन्धानले देखाएको छ।

२४ कराेड फिर्ता गर्न बिमा समितिको पत्राचार
उक्त घटनालाई लिएर उजुरी परेपछि दुरुपयोग अनुसन्धान आयोगमा बिमा समितिलाई छानविन गर्न पत्र काटेको थियो। बिमा समितिले छानविन गर्दा क्षति भन्दा बढी करिब २४ करोड रुपैयाँ भुक्तानी गरिसकेको पाइएको थियो।

मिलेमतोमा बिमा रकम उठाउने प्रपञ्च रचिएको पाइएपछि समितिले युनाइटेडका दुई कर्मचारीलाई आर्थिक जरिवाना तथा बिमा एजेन्टको लाइसेन्स खारेज गरिदिएको छ। क्षतिभन्दा बढी असुल गरिएको २४ करोड रुपैयाँ फिर्ता गर्न समितिले युनाइटेडलाई पत्र लेखेको छ। र, युनाइटेडलाई अग्नि बिमा समेत प्रविबन्ध लगाएको छ।

चौधरी ग्रुपको युनाइटेडमा लगानी कति ?
नेपालबाट फोब्र्सको अर्बपति सूचीमा परेका विनोद चौधरीको युनाइटेड इन्स्योरेन्समा २७ प्रतिशत शेयर स्वामित्व रहेको छ। चौधरी ग्रुपमार्फत १५ दशमलव ९६ प्रतिशत शेयर स्वामित्व छ भने सिजी फुड्सको नाममा १० दशमलव ७५ प्रतिशत शेयर स्वामित्व रहेको छ। यसअघि एमालेबाट सांसद भएका विनोद चौधरी अहिले नेपाली कांग्रेसको मधेशी कोटाबाट समानुपातिक तर्फका सांसद हुन्।

बिमा ठगी गरेको भन्दै रिट परेपछि उच्च अदालत पाटनले बिमा दाबीमा किर्ते भर्पाइ गरेको ठहर गर्दै फैसला सुनाएको छ। अदालतले सिजी ग्रुपबाट २४ करोड रुपैयाँ असुल्न बिमा समितिलाई आदेश दिएपछि समितिले तत्काल भुक्तानीका लागि युनाइटेड इन्स्योरेन्सलाई पत्राचार गरेको छ।

प्रकाशित २ बैशाख २०७५, आइतबार | 2018-04-15 19:38:22
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...