बेरुजु २ खर्ब १३ अर्ब, वैदेशिक सहयोगकाे ठूलाे हिस्सा भ्रमणमा खर्च



राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारी

महालेखा परीक्षकको कार्यालयको ५५ औं प्रतिवेदन सार्वजनिक गर्दै सरकारी कार्यालयको बेरुजु रकम २ खर्ब १३ अर्ब ६७ करोड रहेको जनाएको छ।

यो बेरुजु अघिल्लो वर्षको सरकारी बेरुजुभन्दा थोरै हो। गत वर्ष ३ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको थियो।

बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षक टंकमणि शर्माले वित्तीय अनुशासन प्रबद्र्धनका लागि कार्यालयले ६ वर्षे कार्ययोजना बनाएर कार्यान्वयन गर्न सुरु गरेको जानकारी दिए। उनले कार्यालयले भ्रष्ट्राचारको जोखिम रहेका क्षेत्र पहिचान गरी अनुसन्धानात्मक लेखा परीक्षण गर्ने र त्यस क्रममा नेतृत्वलाई पनि परीक्षणको दायरामा ल्याउने बताए।

महालेखा परीक्षक शर्माले राजश्व प्रक्षेपण तथा संकलन प्रणाली, प्राकृतिक स्रोत साधनको उपयोग, सांस्कृतिक सम्पदा संरक्षण, सार्वजनिक खरिद, सार्वजनिक स्वास्थ्य तथा सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा आर्थिक अनुशासन प्रबद्र्धनका लागि सामुहिक लेखापरीक्षण गरिने पनि बताए।

महालेखा परीक्षकको कार्यालयले ‘वार्षिक प्रतिवेदन–२०७४’ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरी आज सार्वजनिक गरिएको हो।

नेपालको संविधानको धारा २९४ मा चैत मसान्तभित्रै राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ। महालेखाका अनुसार तीन चरणमा लेखा परीक्षकहरू खटाएर लेखापरीक्षण गरिएको थियो। संघीय संरचनाअनुरूप सरकारले थपेका गाउँपालिका तथा नगरपालिकाहरूको समेतको लेखापरीक्षण गर्दा यो वर्ष लेखा परिक्षण गराउने कार्यालयहरुको संख्यामा वृद्धि भएको छ।

संविधानको धारा २४१ बमोजिम सरकारी तथा सार्वजनिक संस्थाहरूको लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्नेगर्छ। संविधानमा संघीय र प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय, स्थानीय तह तथा कानूनद्वारा तोकिएका अन्य संस्थाको समयमै लेखापरीक्षण गर्ने अधिकार उक्त कार्यालयलाई दिइएको छ।

राजश्व वृद्धिको लक्ष अनुचित
महालेखा परिक्षाको कार्यालयले आज सार्वजनिक गरेको प्रतिवेदनले गत आर्थिक वर्ष २०७३/७४ मा कायम गरिएको राजश्व वृद्धिको लक्ष्यसमेत यथार्थपरक नभएको निश्कर्ष कार्यालयको छ।

गत आर्थिक वर्षको राजश्व असुली अघिल्लो आवको तुलनामा आव ०७३/७४ मा स्थिर मूल्यमा ६.५ प्रतिशतले कुल गार्हस्थ्य उत्पादनको वृद्धि भई २६ खर्ब २६ अर्ब रुपैयाँ पुग्दा राजश्व असूली २३ प्रतिशतले वृद्धि भई ६ खर्ब १२ अर्ब रुपैयाँ पुगेको देखिए छ। तर पनि कुल गार्हस्थ्य उत्पादन र राजश्वबीच सह–सम्बन्ध स्थापित भएको नदेखिएको महालेखाको ठहर छ।

राजश्वको औसत वृद्धिदर २२ प्रतिशतको हाराहारीमा रहेको अर्थको दाबी थियो।

प्रतिवेदनमा कुल गार्हस्थ्य उत्पादनको तथ्याङ्क, विश्लेषण र सोको आधारमा प्रक्षेपण एवं विश्लेषण हुन नसकेको महालेखाले औंल्याएको छ। ‘आन्तरिक उपभोग र आयातमा भएको वृद्धि राजस्वमा प्रतिविम्वित भएको छैन,’ महालेखाले आफ्नो ५५ औं वाषिर्क प्रतिवेदनमा भनेको छ।

राजस्व अनुमानलाई यथार्थपरक बनाउन प्रभावकारी करको दर, कर लचकता, समष्टिगत आर्थिक ढाँचा प्रवृत्ति विश्लेषण जस्ता पक्षहरुको विश्लेषण नगरेको, राष्ट्रसंघीय लेखा पद्दतिको सबै सूचकाङ्कको प्रयोग नगरेको प्रतिवेदनमा उल्लेख छ।

सरकारको कुल ऋण झण्डै ६ खर्ब ऋण
महालेखा परिक्षककाअनुसार आर्थिक वर्ष २०७३/७४ सम्म नेपाल सरकारको कुल ऋण ५ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।

यसमा आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ७१ करोड रुपैयाँ छ भने वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। यो भनेको कुल ग्राहस्थ उत्पादनको २६.८४ प्रतिशत ऋण हो। जसअन्र्तगत आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको महालेखा परीक्षकको ५५ औ प्रतिवेदनमा छ।

कुल जनसंख्या २ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यो वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार २ सय ७६.७५ रुपैयाँ पर्न जान्छ। यो भनेको प्रतिव्यक्ति ऋण दायित्व गत वर्षभन्दा २ हजार १ सय ४७.३४ ले बढेको हो।

वैदेशिक सहयता भ्रमणमा स्वाहा
महालेखा निरीक्षको कार्यालयअनुसार गत आबमा बैदेशिक सहयताबाट प्रप्त भएको धेरै पैसा भ्रमण सेमिनार गोष्ठीमा नै सकिएको देखिएको छ।

वैदेशिक सहायताबाट प्राप्त भएको ठुलो रकम तालिम, अध्ययन भ्रमण र सवारी साभानमा बढी खर्च भएको खुलासा भएको छ। वैदेशिहक सहायतातर्फ ३ खर्ब २ अर्ब ६१ करोड प्राप्त गरिने अनुमान रहेकोमा बैदेशिक अनुदानतर्फ ३८ अर्ब ९८ करोड र वैदेशिक ऋणतर्फ ५१ अर्ब ७४ करोड रुपैयाँ गरी ९० अर्ब ७२ करोड खर्च भएको देखिएको छ। बजेट बक्तव्यमा अनुमान गरिएको रकमको तुलनामा यस वर्ष वैदेशिक अनुदानतर्फ ३६.४७ प्रतिशत र वैदेशिक ऋणतर्फ २६.४४ प्रतिशत मात्र खर्च भएको हो।

समग्रमा भन्दा २९.२८ प्रतिशत मात्र बैदेशिक सहायता प्रयोग भएको हो। तर, वैदेशिक सहायता मध्ये तालिम, अध्ययन भ्रमण, सवारी साधन र परामर्शमा ठूलो रकम खर्च भएको छ।

प्रकाशित २९ चैत २०७४, बिहिबार | 2018-04-12 19:42:06
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...