पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई छुट्याएकाे ६ अर्ब ५० करोडमध्ये सुको खर्च भएन



सरकारल राष्ट्रिय गौरवको आयोजनामा राखेर चालू आवमा विनियोजन गरेको रकम दुई वटा आयोजनामा खर्च शून्य देखिएको छ। पोखरा र निजगढ विमानस्थललाइ गरी कूल ६ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको थियाे। त्यसमा एक सुको पनि खर्च नभएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार चालू आबमा पोखरा विमानस्थललाई ५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। निजगढ विमानस्थलका लागि एक अर्ब ५० करोड रुपैयाँ विनियोजन भएकाे थियो। फागुन मसान्तसम्म यो बजेटमध्ये एक सुकाे पनि खर्च भएको छैन।

राष्ट्रिय गौरवको आयोजना मध्ये सबै धन्दा धेरै भेरी बबई डाइभर्सन बहुउद्देश्यीय अयोजनामा खर्च भएको छ। उक्त आयोजनालाई चालू आबको बजेटमा सरकारले ८८ करोड रुपैंया मात्र विनियोजन गरेको थियो। तर फागुन मसान्तसम्ममा एक अर्ब ७० करोड रुपैयाँ खर्च भैसककोछ।

यसको कुललागत सरकारले १६ अर्व ४३ करोड रुपैंया तोकेको छ। यसैगरी बुढगण्डकी जलविद्युत आयोजनालाई छुट्याइएको रकम ९८ प्रतिशत खर्च भएको अर्थमन्त्रालयले जनाएको छ। १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेकोमा १० अर्ब २ करोड रुपैंया खर्च भएको हो।

मेलम्ची खानेपानीमा चालू आबमा विनियोजन गरेको रकम मध्ये १६ प्रतिशत मात्रै खर्च भएको छ। त्यसको लागि सरकारले ६ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको मा १ अर्ब ९ करोड रुपैंया मात्र खर्च भएको हो।

पशुपति क्षेत्र विकास कोष आयोजनाले आफ्नो बजेटमध्ये २१ प्रतिशत खर्च गरेको छ। सरकारले कोषलाई चालू आबमा ४४ करोड ४२ लाख रुपैंया विनियोजन गरेको थियो। ९ करोढ ५२ लाख रुपैंया खर्च भएको छ। लुम्बिनी विकास कोषमा ७१ करोड ९७ लाख मध्ये फागुन मसान्त सम्ममा ४३ करोड ४ लाख रुपैयाँ खर्च भएको पाइएको हो।

राष्ट्रिपति चुरे तराई मधेश संरक्षण आयोजनामा १ अर्ब ९१ करोड ८८ लाख मध्ये ५९ करोड १२ लाख मात्रै खर्च भएको छ।

मध्यपहाडी राजमार्गलाई सरकारले चालु आवमा विनियोजन गरेको रकम मध्ये ९० प्रतिशत खर्च भएको छ। त्यसका लागि सरकारले ४ अर्ब २ करोड ८४ लाख रुपैंया विनियोजन गरेको थियो। काठमाडौं तराई मधेस फाष्ट ट्रयाकमा न्यून खर्च भएको देखिएको छ। सरकारले विनियोजन गरेको १० अर्व १४ करोड ४९ लाख मध्ये ३८ करोड १५ लाख मात्रै खर्च भएको देखिएको हो।

कोशी, कालीगण्डकी, कर्णाली उत्तर दक्षिण राजमार्गको लािग सरकारले विनियोजन गरेको दुई अर्ब २ करोड ४९ लाखमध्ये एक अर्ब २९ करोड ६६ लाख रुपैंया खर्च भएको हो। हुलाकी राजमार्गमा ६१ प्रतिशत खर्च भएकोछ। रेल विकास आयोजनामा ४ अर्ब १ करोड ७० लाख मध्ये १ अर्ब ७८करोड ८२ लाख रुपैंयाँ खर्च भएको हो। बबई सिंचाई आयोजनामा ३६ प्रतिशत खर्च भएको छ। सिक्टा सिंचाई आयोजनामा ४५ प्रतिशत खर्च भएको देखिएको छ।

रानी कुलरिया सिंचाई आयोजनामा विनियोजन गरेको मध्ये ४४ प्रतिशत खर्च भएको छ। त्यसको लागि सरकारले झण्डै दुई अर्ब रुपैयाँ विनियोजन गरेको थियो। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा ३३ प्रतिशत बजेट खर्च भएको छ। चालु आवमा सरकारले त्यसको लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो।

दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनामा २७ दशमलव ७ प्रतिशत खर्च भएको छ। त्यसका लागि सरकारले ७ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेकोमा २ अर्ब रुपैयाँ खर्च भएको हो।

किन खर्च भएन रकम?
चालू आबमा प्रायः आयोजनामा खर्च नहुनमा पुरानो परम्परा दोषी रहेको अर्थका अधिकारी स्वीकार्छन्। अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार सरकारले विनियोजन गरेको रकम आर्थिक वर्ष अन्त्यमा हतारमा खर्च गर्ने परम्परा पुरानै हो।

‘कुनै आयोजनाले गति लियो भने खर्च बढ्ने, विभिन्न कारणले निर्माण कार्य रोकिदा खर्च हुन समस्या भैरहेको छ’, प्रवक्ता पोखरेलले नेपालखबरसँग भने, ‘तर हतार हतारमा कुनै पनि आयोजना त्यो चाहे राष्ट्रिय गौरवको होस् वा अन्यमा खर्च गर्दा काम राम्रो नहुने र त्यसको पुनः बजेट विनियोजन गर्नु पर्ने समस्या छ।’

चालू आवमा सरकारले राष्ट्रिय गौरवको आयोजनाको लागि ६३ अर्ब ७० करोड ५४ लाख रुपैंया विनियोजन गरेको थियो। फागुन मसान्तसम्मको विवरण अनुसार २७ अर्व ६७ करोड २७ लाख खर्च भएको छ।

प्रकाशित २७ चैत २०७४, मंगलबार | 2018-04-10 12:16:28
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...