ई–पेमेन्ट प्रक्रियाका लागि अर्थमन्त्रीकै निगरानीमा ऐन बनाइँदै



युवराज खतिवडा
युवराज खतिवडा

१४ फागुनमा कार्यभार सम्हाल्दै गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलो निर्णय थियो, सेवाग्राहीलाई विद्युतीय प्रणालीबाट भुक्तनी (इ–पेमेन्ट) दिने निर्णय। नयाँ बर्ष सुरु भएसँगै उक्त काम थालिने अर्थमन्त्री डा खतिवडाले बताएका थिए।

तर, त्यसका लागि कानूनी जटिलता देखिएपछि अर्थमन्त्री डा खतिवडा आफ्नो निर्णय कार्यान्वयन गराउन कानूनी जटिलता फुकाउन लागिपरेका छन्। किनभने, अर्थमन्त्रालयबाट अन्य मन्त्रालय र निकायमा निकाशा हुने रकम उक्त प्रणाली अनुसार दिन आवस्यक ऐन नै बनेको थिएन।

त्यसका लागि सरकारले अब नयाँ ऐन निर्माणको तयारी गरेको छ। ऐन निर्माणका लागि अर्थ मन्त्रालयले राखेको प्रस्तावलाई मन्त्री परिषदको मंगलबार (२० चैत्र) को बैठकले पारित पनि गरिसकेको छ।

मन्त्रालयले विज्ञहरुलाई समेत समावेश गरेर ऐनको मस्यौदा तयारी थालेको अर्थ मन्त्रालय आर्थिक क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले जानकारी दिए। भने ‘मस्यौदा बनाउने काम केही दिनमै सम्पन्न हुनेछ। त्यसका लागि विज्ञहरुसँग छलफल भैरहेको छ।’

अर्थमन्त्रीको कार्यभार सम्हालेपछि खतिवडाले आर्थिक क्षेत्र व्यवस्थापन महाशाखालाई १५ दिनको समय दिएर उक्त ऐनको अवधारणा पत्र तयार गर्न लगाएका थिए। देशलाई विद्युतीय प्रणालीबाट देशभर भुक्तानी प्रक्रियामा नयाँपनको अवश्यकता देखेर उनले नयाँ ऐनलाई ताकेता गरेका हुन्।

खासमा चेकबाट भुक्ता हुँदा बैंकमा नगदको समस्या देखिएपनि सेवाग्राहीहरु मर्कामा पर्दै आएका थिए। तर, सरकारले विद्युतीयबाट मात्रै भुक्तानी प्रक्रिया अपनाउँदा झन् समस्या थपिने अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन्।

अर्थ मन्त्रालयको आर्थिक क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री विश्वमा नै नगदको प्रचलनमा समस्या देखिएकाले त्यसको प्रयोग कमी हुन थालेकाले नेपालले विद्युतीय भुक्तानीको विधि अपनाउनु पर्ने बताउँछन्।

यद्यपी, यो विधिको समस्या नै नभएको भने होइन। अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका भनाईमा, अहिलेसम्म नेपालका धेरै स्थानमा बित्तीय पहुँच नपुगेकाले समस्या सिर्जना हुनसक्छ। पोखरेल भन्छन्, ‘सबै जनता बित्तीय संस्थासँग आवद्ध हुँदामात्र यो योजना प्रभावकारी हुनसक्छ।’

प्रकाशित २३ चैत २०७४, शुक्रबार | 2018-04-06 15:21:08
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...