महासंघ अध्यक्षका लागि गोल्छासँग पूर्व अध्यक्ष ढकालको बार्गेनिङ



गोल्छा, राणा र ढकाल
गोल्छा, राणा र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुन गत साल थुप्रै पापड पेलेका शेखर गोल्छालाई अध्यक्ष बन्न पनि ठूलै कसरत गर्नु पर्ने भएको छ। हालको विधान अनुसार बरिष्ठ उपाध्यक्ष महाधिवेशनबाट स्वत अध्यक्ष हुने व्यवस्था भएपनि विधानको यो व्यवस्था नै संशोधन गर्ने कसरतमा महासंघको एउटा समूह लागेको छ।

नेपाल उद्योग वाणिज्य महासंघको २८–२९ चैत्रमा हुने ५२ औं साधारणसभा विधान संशोधनको प्रस्ताव आउने लगभग पक्का भएको महासंघ स्रोतले जानकारी दिएको छ। बरिष्ठ उपाध्यक्ष नै अर्काे साधारणसभाबाट अध्यक्ष हुने गरी ४ मंसीर २०७३ मा संसोधित विधान १८ महिना नबित्दै पुन संशोधन गर्न लागिएको हो।

खासमा तत्कालिन बरिष्ठ उपाध्यक्ष भवानी राणालाई नै सहज रुपमा अध्यक्ष बनाउने बाटो खुल्ला गर्न यसअघि विधान संशोधन गरिएको थियो। बिधान संसोधनकै कारण बरिष्ठ उपाध्यक्षबाट अध्यक्ष बनेकी राणा पनि गोल्छालाई अध्यक्ष बनाउन पर्ने मनसायबाट पछि हटिसकेको चर्चा महासंभित्र छ। तर कतिपयको तर्क के पनि छ भने ढकालले चाहेअनुसार नै विधान संशोधन भएपनि गोल्छालाई अध्यक्ष हुनबाट कसैले रोक्न सक्ने छैन। 

स्रोतका भनाईमा, केही पूर्व अध्यक्षहरुले फेरिपनि विधान संसोधन गराउने हैसियत आफूहरुसँग रहेको दावी गर्दै अध्यक्षको लागि ‘बार्गेनिङ’ समेत थालेका छन्। यसको अग्रपंक्तिमा पूर्वअध्यक्ष चण्डीराज ढकाल छन्। ‘महासंघ राजनीति’ का प्रमुख खेलाडी ढकाल वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने विधानको व्यवस्था पुनः परिवर्तन गर्ने प्रयासमा छन्, जसलाई महासंभित्र धेरैले रुचाएका छैनन्। 

एक वर्षअघि भएको महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि गोल्छा र किशोर प्रधानबीच प्रतिस्पर्धा भएको थियो। महासंघको निर्वाचनमा गोल्छा अत्याधिक मत ल्याई विजयी भएका थिए। तर प्रधानलाई पनि महासंघको उपाध्यक्ष बनाइयो।

त्यतिबेला जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तर्फबाट उपाध्यक्षमा विजयी भएका प्रमोद श्रेष्ठलाई राजनीतिक कारण देखाएर हटाइएको थियो। रिक्त पदका लागि गत २५ फागुनमा भएको निर्वाचनमा प्रधान विजयी भए। हाल प्रधानलाई पनि अध्यक्ष बनाउन सकिने भन्दै ढकालले गोल्छालाई घोचपेच गरिरहेका छन्।

प्रत्यक्ष निर्वाचनमा गोल्छा र प्रधानबीच निर्वाचन गरियो भने आफूले जसलाई चाह्यो, उसैलाई उसलाई जिताउन सक्ने शक्ति आफूमा रहेको दावी ढकालले गर्न थालेको स्रोतको भनाई छ।

उद्योग वाणिज्य महासंघको महानिर्देशकका रुपमा करिव एक वर्ष काम गरेका सुरेशमान श्रेष्ठ सरकार भन्दा महासंघ फोहोरी रहेको बताउँछन्। महासंघमा फोहोरी खेल अत्याधिक रुपमा बढेको र त्यही कारणले आफूले चैत्र पहिलो साता महासंघ छाडेको जानकारी दिए।

नेपाल सरकारका पूर्वसचिव समेत रहेका उनले आफू लामो समय सरकारी सेवामा काम गरेको अनुभवमा सरकार भन्दा धेरै राजनीति महासंघमा हुुँदो रहेछ भन्ने अनुभव संगालेका छन्। तीन दशकभन्दा बढी समय सरकारी सेवामा बिताएका श्रेष्ठ पछिल्लो पटक राष्ट्रिय योजना आयोगको सचिवबाट सेवा निबृत पूर्व प्रशासक हुन्।

कोलकातास्थित महावाणिज्य दूतसमेत भई काम गरेका श्रेष्ठले महासंघको एक वर्षे कार्यकाल अहिलेसम्म आफूले काम गरेका स्थानमध्ये सबैभन्दा तितो रहेको अनुभव सुनाए। विधान संशोधनको कुरा पनि महासंघमा गलत मनसायबाटै आएको ठोकुवा उनले गरे।

विधान संसोधनका सम्बन्धमा ढकालसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् भने गोल्छाले चाहिँ समय आएपछि मात्र आफूले उचित प्रतिक्रिया दिने बताए।

प्रकाशित २० चैत २०७४, मंगलबार | 2018-04-03 15:20:38
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...