सेयर बजारभन्दा पर्यटन, कृषिमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीको सुझाव (भिडियाे)



Prabin_Koirala

अर्थमन्त्री युवराज खतिवडाले लगानीकर्ताले अबको दिनमा पर्यटन कृषि , उर्जा र पूर्वाधारमा ध्यान केन्द्रित गर्न सुझाएका छन्।

सेयरबजारको परिसूचक निकै कमजोर हुँदै गएको र त्यसमा सरकारले सम्बोधन गर्नु पर्ने माग बढिरहेका बेला सरकारको तर्फबाट स्वेतपत्र जारी गर्दै खतिवडाले यस्तो सुझाव दिएका हुन्।

मुलुकलाई थप समृद्ध बनाउने हो भने पर्यटन, कृषि, उर्जा र पूर्वाधारमा लगानी विस्तार गरेर अगाडि बढेन समेत अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई सुझाव दिए। नेपालको सेयर बजार सतही रहेको दावी गरेका खतिवडाले अर्थतन्त्रमा साधन परिचालन गर्न पूँजी बजार सशक्त माध्यम भएपनि यस्तो बजार हाल धितोपत्रमा मात्र सीमित रहेको दावी गरे।

पुँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न नसकिएको स्वीकार गरेका अर्थमन्त्रीले बजार घट्नुमा कर्जा र निक्षेपको ब्याजदर बढ्नु, संस्थागत लगानीकर्ताको संख्या न्युन हुनु र चुक्ता पुँजीमा भएको वृद्धिको कारण सेयर आपूर्ति बढ्नु मुख्य कारण भएको बताए।

अर्थमन्त्रीले लगानीकर्ताको न्युनता, वित्तीय बजारमा लगानीयोग्य पूँजीको अभावले ब्याजदरमा भएको बृद्धि र सेयर आपूर्ति बढ्दा पुँजीबजार घटेको विश्लेषण गरेका छन्। पूँजीबजारमा पारदर्शिताको अभाव, साना लगानीकर्ताको सेयर सम्बन्धि ज्ञानको कमी, सही सूचनाको अभावले गर्दा सेयर बजार ओरालो लागेको खतिवडाको तर्क छ।

सेयर बजारमा वित्तीय संस्थाको ८१ प्रतिशत, जलविद्युतको ५, उत्पादनमूलक उद्योगको ३ र होटलको २ प्रतिशत हिस्सा रहेको उनले बताएका छन्। पूँजी परिचालनमा मुख्य भुमिका निर्वाह गरेपनि केवल धितोपत्रमा मात्र पूँजी बजार केन्द्रित भएको उनको भनाई छ।

प्रकाशित १६ चैत २०७४, शुक्रबार | 2018-03-30 18:07:30
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...