१३ हजार रुख नकाटिँदा नेपाल–भारत पाइपलाइन निर्माणमा अवरोध



नेपाल–भारत पेट्रोलियम पदार्थ पाइपलाइन निर्माणका लागि काम सुरु गरिएपनि नेपालतर्फको झण्डै आधा भागमा रुख कटानी हुन नसक्दा निर्माण कार्य प्रभावित हुने देखिएको छ। पाइपलाइन निर्माणका लागि ३७ किलोमिटर पाइप ल्याइसकिएपनि रुख कटानीमा वन मन्त्रालय सकरात्मक हुन नसक्दा पाइपलाइन निर्माण कार्य प्रभावित हुन पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणका क्रममा नेपाल–भारत पेट्रोलियम पदार्थको पाइपलाईन निर्माणको शिलान्यास गर्ने तयारी गरिएपनि पाइपलाइन मार्गमा पर्ने रुख कटानीमा जटिलता देखिएको छ।

चार अर्व रुपियाँमा निर्माण गर्न लागिएको तथा मोतिहारी–रक्सौल ३३.२ किमि र रक्सौल–अमलेखगञ्ज ३६.६ किमि दुरी रहेको पाइपलाइन दुबै देशको प्रधानमन्त्रीको उपस्थितमा शिलान्यास गर्ने भनिएको छ। तर, पाइपलाइन निर्माण हुने स्थानका करिव १३ हजार रुख कटानीको काम भने अझै सुरु हुन सकेको छैन।

कटानीमा वन मन्त्रालयले सहमति नदिँदा उक्त काम रोकिएको हो। कटानीमा सिर्जित समस्याले गर्दा नेपालतर्फ १८ किलोमिटर भन्दा बढी निर्माण गर्न सकिँदैन, जबकि रक्सौल–अमलेखगञ्जकै दुरी ३६.६ किमि छ। यसको लागत ४ अर्व २० रुपैयाँ अनुमान गरिएको छ।

‘रुख कटानीको समस्या अबरोधका रुपमा आएको छ, यो समस्या जटिल बन्न सक्छ’ नेपाल आयल निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले नेपालखबरसँग भने, ‘करिव ३७ किलोमिटर पाइप ल्याएर काम सुरु भइसक्यो, तर रुख कटानीमा अझै सकरात्मक परिणाम आएको छैन।’

वन मन्त्रालय, वातावरण मन्त्रालय र भौतिक योजना मन्त्रालयको समन्वयमा छलफल भैरहेपनि सार्थक परिणाम प्राप्त हुन नसकेको भट्टराईले बताए। साथै, नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनले संयुक्त रुपमा काम सुरु शिलान्यास गर्ने सहमति गरेपनि मिति भने तय भइनसकेको जानकारी पनि उनले दिए।

उक्त पाइपलाइन निर्माणका लागि भारतसरकारले ३ अर्ब २० करोड रुपैयाँ उपलब्ध गराउनेछ। पाइपलाइन निर्माण भारतको महाराष्ट्रस्थित एनएसएल समूहले गर्न लागेको हो। जमीनमुनि राख्ने पाइपको बाहिरी मोटाइ १०.७५ इन्च हुनेछ।

पाइपलाइन निर्माण सम्पन्न भएपछि कम्तिमा १५ वर्ष भारतबाट मात्रै तेल ल्याउन पर्ने सर्तमा भारतले उक्त योजनामा सहयोग गरेको हो। तर प्रधानमन्त्री ओलीले नेपालले चीनबाट पनि तेल ल्याउनसक्ने संकेत दिएका छन्। पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले चिनबाट समेत पेट्रोलियम पदार्थ खरिदको सम्झौता गरेका थिए।

यसबाहेक प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा उद्योग वणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा १५ वर्ष भारतबाट मात्रै तेल ल्याउने सम्झौता तोडिने बताएका थिए।

प्रकाशित १६ चैत २०७४, शुक्रबार | 2018-03-30 12:27:23
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...