आर्थिक श्वेतपत्र शुक्रबार जारी हुने

'श्वेतपत्रले सरकारले लिने अार्थिक नीति, संघीय बजेट फरम्याट स्पष्ट पार्नेछ'



अर्थ मन्त्रालय
अर्थ मन्त्रालय
प्रविन कोइराइला

अर्थ मन्त्रालयका अधिकारी श्वेतपत्रमा सेयर बजारको विषय सम्बोधन नहुने बताउँछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि बिहीबार संयुक्त सदनलाई सम्बोधन गर्ने भएकी छिन्।

राष्ट्रपतिको सम्बोधनपछि सरकारले देशको आर्थिक अवस्थाको स्थिति समेटेर शुक्रबार श्वेतपत्र जारी गर्ने तयारी गरेको छ। 

श्वेतपत्र विशेष अवस्थामा सरकारले जारी गर्छ।

संघीयता कार्यान्वयनपछिको आर्थिक व्यवस्थापन, वैदेशिक सहायतासहित नयाँ सरकारले आगामी दिनमा लिने आर्थिक नीति प्रस्ट पार्न श्वेतपत्र जारी गर्न लागिएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन्। स्राेतका अनुसार अर्थ मन्त्रालयले अाज बुधबार श्वेतपत्र प्रिन्ट गर्न छापाखाना पठाएकाे छ जुन शुक्रबार सार्वजनिक गर्ने तयारी छ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पोखरेलका अनुसार राष्ट्रपतिले संयुक्त संसदलाई सम्बोधन गरेपछि श्वेतपत्र जारी हुने बताउँछन्। ‘सरकारको नीति तथा कार्यक्रममा समेटिने विषय पनि श्वेतपत्रले छुने हुँदा श्वेतपत्र सार्वजनिक गर्न केही ढिला भएको हो’, प्रवक्ता पोखरेलले नेपालखबरसँग भने, ‘मुलुक संघीयतामा गएपछि पहिलो बजेट तयारी भइरहेको छ। यो परिस्थितिमा भएका संरचनागत परिर्वतन अनुरुप अघि बढ्न श्वेतपत्र जारी गर्नु परेको हो।’

राष्ट्रपति सम्बोधनका विषयहरु समेत श्वेतपत्रमा छुन पर्ने स्थिति आउने हुँदा शुक्रबार श्वेतपत्र जारी गर्न लागिएको हो। यसअघि सरकारले चैत २ गते श्वेतपत्र जारी गर्ने तयारी गरेको थियो।

शवेतपत्रमा सरकारले लिने वैदेशिक सहायताको नीति र आर्थिक समृद्धिका लागि चालिने कदम पनि प्रस्ट उल्लेख गरिने प्रवक्ता पोखरेलले बताए। अर्थमन्त्रलयले अहिले स्वेतपत्र जारी गर्नुको कारण पहिलो पटक अर्थमन्त्रलयले संघीय बजेट निर्माण गर्दैछ।

यो वषको मात्रै नभई अब मुलुकको संघीय बजेटको फोरम्याट कसरी अघि बढ्नुपर्छ भनेर स्पष्ट पार्न श्वेतपत्र आवश्यक रहेको प्रवक्ता पोखरेलको भनाइ छ।

सेयर बजारलाई सम्बोधन हुने छैन
अर्थमन्त्रालले स्वेतपत्रमार्फत अहिलेको पूँजीबजारको समस्यालाई पनि समेट्नु पर्ने लगानीकर्ताको माग रहँदै आएको छ। अर्थ मन्त्रालयका अधिकारी श्वेतपत्रमा सेयर बजारको विषय सम्बोधन नहुने बताउँछन्।

मन्त्रलयका प्रवक्ता पोखरेल नेप्से गिरावट आएको विषय स्वेतपत्रमा ल्याउनुपर्ने आधार नरहेको बताउँछन्। ‘सेयरमा भएको लगानीले देशलाई धेरै फाइदा दिन सक्दैन। नेपालको सेयरबजार एक बेला अस्वभाविक रुपले बढेको थियो। अर्थमन्त्रीको भाषणले सेयर बजार घटेको होइन नेप्से गत साउनदेखि नै घट्दो क्रममा छ।’

सेयरबजार घट्नुको आधार कारण बुझ्न जरुरी रहेको उनको भनाइ छ। सेयर बजारसँग सरोकार राख्नेहरुले यो कारणले घट्यो, उक्त समस्या समाधानको लागि यस्तो किसिमको बाटो लिनुपर्छ भन्ने सुझाव दिएर आएको खण्डमा उक्त विषय सम्बोधन गर्न सकिने उनले बताए।

सरकारको नीति तथा कार्यक्रम एवं श्वेतपत्रमा स्थान पाउने अपेक्षाका कारण मंगलबार सेयर बजार केही उकालो लागेको देखिएको थियो। सोमबार ५१ अंकले ओरालो लागेको सेयर बजार मंगलबार ३९.१६ प्रतिशतले बढेको थियो।

नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्साल भन्छन्, ‘अर्थमन्त्रालयले ल्याउने श्वेतपत्रबाट सेयर बजारलाई कुनै न कुनै रुपले सम्बोधन हुने बजारमा चर्चा चलेको छ। श्वेतपत्रकै आशमा सेलिङ प्रेसर घटेर बजार बढेको हो। यसलाई सरकारले सम्बोधन गर्नुपर्छ।’

प्रकाशित १४ चैत २०७४, बुधबार | 2018-03-28 13:45:36
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...