राजस्व र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री मातहत सार्दा अर्थमा पर्‍यो यस्तो प्रभाव



अर्थ मन्त्रालय
अर्थ मन्त्रालय
प्रविन कोइराइला

अर्थ मन्त्रालयअन्तर्गत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा निहित हुने गरी सारिएको छ। प्रधानमन्त्रीमा दोस्रोपटक निर्वाचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १६ गतेको मन्त्रिपरिषदको बैठकमार्फत यी दुई विभागलाई आफ्नो मातहतमा ल्याएका हुन्।

अर्थ मन्त्रालय अन्तर्गतको विभागहरु मध्ये मुख्य आकर्षणका रुपमा रहेका यी दुई विभागलाई लिइँदै आइएको थियो। राजस्वमा निजी क्षेत्रलाई दिइने छुट तथा सम्पत्तिको छानविन हुँदा यसको चर्चा बेग्लै किसिमको हुने गरेको छ।

अर्थमन्त्री युवराज खतिवडको सुझावका आधारमा प्रधानमन्त्रीले यी विभाग आफ्नो मातहतमा सारेका कुरा सार्वजनिक भैसकेको छ।

अर्थ मन्त्रालय स्रोतअनुसार मन्त्रीमा नियुक्तिको चर्चा चल्नेवित्तिकै खतिवडाले यी दुई विभागले आफूलाई विवादमा तान्न सक्ने भन्दै राजश्वमा दिइने छुट तथा सम्पतिको छानविनमा आफू लाग्न नचाहेको मनसाय देखाएका थिए। उनले ओलीलाई प्रधानमन्त्रीको प्रत्यक्षरुपमा बलियो बन्ने भन्दै यी विभाग सार्न सुझाएका थिए।

उनले ओलीलाई प्रधानमन्त्री कार्यालयमा उक्त विभाग रहेको खण्डमा शंकास्पद व्यक्तिको सम्पत्ति छानबिन गर्न कसैलाई अनुरोध गर्न नपर्ने र अदालतमा मुद्दा दायर गर्न पाउने अधिकार हुने सुझाव दिएको मन्त्रालय स्रोतको भनाइ छ।

नेपालीहरुले विदेशमा गर्ने कारोबार तथा उनीहरुले नेपाल भित्र्र्याउने रकमको स्रोत खोज्ने अधिकार सम्पत्ति शुद्धीकरणलाई भएकोले निजी व्यवसायीलाई निगरानी गर्न समेत सजिलो हुने सुझाव खतिवडाले दिएका थिए।

देशमा हुने हरेक कारोबारमा कानुनअनुसार राजस्व संकलन भए नभएको, व्यवसायिक फर्म, अन्तर्राष्ट्रिय आयातकर्ता तथा स्वदेशी व्यवसायीले दाखिला गरेको कर तथा त्यसमा कुनै कमजोरी भए अनुसन्धान गर्ने अधिकार विभागलाई रहेकाले तिनीहरुलाई नियमन गर्न समेत सजिलो हुने भन्दै खतिवडाले सरकार सफल हुनका लागि आफू विकासको योजनामा केन्द्रित भएकार काम गर्ने र प्रधानमन्त्रीलाई नियमन गर्न सुझाएका थिए।

अर्थमन्त्री खतिवडा र प्रधानमन्त्री ओलीको योजना अनुसार प्रधानमन्त्री कार्यालयमा उक्त दुई विभाग गएपछि अर्थ मन्त्रालयमा भने यसको प्रभाव परेको छ।

हाल उक्त दुई विभाग प्रधानमन्त्रीको कार्यालयमा गएपछि त्यससँग सम्बन्धित रहेर काम गर्ने अर्थमन्त्रालयका केही कर्मचारी सरुवाको लागि लविङमा लागेका छन्। उनीहरु मन्त्रलयमा राम्रो मनसाय देखाएर काम गरिरहेका छैनन्। स्रोतका अनुसार राजस्व सचिव शिशिर ढुंगाना समेत प्रधानमन्त्री कार्यालयमा जान रुचाइरहेका छन्।

अर्कातर्फ नेपालमा विदेशी लगानीको वातावरण नै धमिलेने डरमा यससँग सम्बन्धित व्यक्तिहरु देखिन्छन्। नेपालमा अहिले धेरै विदेशी लगानीको अवश्यकता रहेको छ। त्यसको लागि केही वातावरण समेत बनेको छ। तर प्रधानमन्त्रीले राजस्व तथा सम्पत्ति शुद्धीकरणमा छिटोछिटो निणर्य गरेर कारबाही प्रक्रियामा धेरैलाई ल्याए भने विदेशीहरुले नै कालो सूचीमा राख्ने डर छ।

तर मन्त्री खतिवडाले अर्थमा यी विभाग पुनः ल्याउनका लागि सुझाव दिए भने ओली तयार हुन सक्छन्। प्रधानमन्त्री ओली देशको अर्थतन्त्रको साँचो नै खतिवडालाई सर्वधिकार हुनेगरि दिएको छन्।

यी दुई विभाग प्रधानमन्त्री कार्यालय सारिएको बारे नेपालखबरसँग कुरा गर्दै अर्थ मन्त्रालय रावस्व विभागका सहसचिव शोभाकान्त पौडेल प्रधानमन्त्री देशको कार्यकारी भएका कारर्ण देश कसरी अघि बढाउने भनेर अधिकार प्राप्त रहेको बताए। उनले अर्थ मन्त्रालय पनि प्रधानमन्त्री निहित नै हुने हुँदो विभागहरुको तानातान गरेर प्रधानमन्त्रीमा अधिकार जाने नजाने भन्ने नहुनो बताए। ‘अर्थ मन्त्रलयले त्यसको कार्यदिशा हेरेर योजनाहरु निर्माण गरिरहेको हुन्छ, हामीले प्रत्यक्ष हेर्न नपाउँदा योजनाहरु प्रभावित हुनसक्छन्’, उनले भने।
तर काम गर्ने सिलसिलामा विभागमा रहेको अधिकारमा नै अर्थले पनि काम गर्न पर्ने स्थिति भने आउन सक्ने सहसचिव पौडेलको भनाइ छ।

हालको कुरा गर्ने हो भने राजस्व विभागलाई रहेको भन्सार अधिकृत, कर अधिकृत र अन्तःशुल्क अधिकृतको अधिकार प्रत्यायोजन गर्ने काम अर्थमा नै प्रमले सारिसकको छन्। विभागले आफ्नो प्रशासकीय निर्णयको अधिकार गुमाएको र त्यसको अधिकार अर्थसँग रहेको उनले जानाकारी दिए।

यसअघि कर अधिकृत निर्णयकर्ता समेत हुनसक्ने भए पनि अब विभागले राजस्व चुहावट र विदेशी विनियमको ऐन प्रयोग गरी अदालतमा मुद्दा दायर गर्नु पर्ने उनको भनाइ छ।

प्रकाशित ९ चैत २०७४, शुक्रबार | 2018-03-23 14:11:29
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...