अप्रिल २४ देखि हुने आईजीसी बैठकले नेपाल–भारत व्यापार प्रक्रिया परिर्वतन गर्ने



वाणिज्य सचिव स्तरीय नेपाल–भारत समिति (आईजीसी)को बैठक आगामी अप्रिल २४ गतेदेखि २७ गतेसम्म पोखरामा हुँदैछ। नेपाल–भारत बीचमा रहेको वस्तु आयत निर्यातमा केही समस्या रहेको भन्दै सरकारी तथा गैरसरकारी पक्षबाट कुरा उठेपछि उक्त बैठक बस्न लागेको हो।

नेपालले उक्त बैंठकमा आयत निर्यातमा देखिएको समस्यालाई सम्बोधन हुने नीति नै निर्माण गर्ने गरी प्रस्ताव पेश गर्न लागेको छ।

नेपालका तर्फबाट उक्त बैंठकको नेतृत्व वाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेले गर्नेछन्। सचिवको बैठक हुनुभन्दा अघि सहसचिव स्तरीय बैठक हुनेछ। त्यसको नेतृत्व भने वणिज्य मन्त्रालय कै सहसचिव रविशंकर सैंजुले गर्नेछन्।

बैठकमा अदुवा निर्यातमा देखिएको समस्यादेखि नेपालबाट भारत जाने कृषि उत्पादनका वस्तुलार्ई निःशुल्क भन्सारमा भित्र्याउने नीतिलाई निरन्तरता दिनुपर्ने विषय उठान हुने भएको हो। भारत सरकारको करिव १ महिना अघिको बजेट भाषणमा विदेशबाट आयत हुने कृषिजन्य वस्तुमा कडाइ हुने बताइएपछि नेपालले उक्त विषय उठान गर्न लागेको सहसचिव सैजुले नेपालखबरलाई बताए।

भारतबाट भित्राइने गरेको एलपी ग्यासमा भारतीय बुलेटको मात्रै प्रयोग भइरहेकाले नेपाली बुलेटको समेत प्रयोग गर्ने प्रस्ताव उक्त बैंठकमा लाने भएको हो। अहिले भारतीय बुलेट भाडामा लिएर ग्यास आयत हुँदै आएको छ। नेपाली बुलेटलाई भारतले हालसम्म प्रवेशको अनुमति दिएको छैन।

त्यस्तैगरि भारतीय पक्षले चीनको सुपारी तथा अदुवा मिसावट गरेर नेपालले बिक्री गरेको आरोप लगाउँदै निर्यातमा अवरोध गर्दै आएको छ। यो विषयलाई पनि नेपालले प्रमुखताको साथ उठाउने भएको हो। त्यस्तै आयतमा देखिएको समस्यालाई पनि समाधान गर्न भारतीय पक्षसँग माग गर्ने भएको छ।

सिमेन्टका लागि चाहिने क्लिङ्र आयतमा देखिएको समस्यालाई पनि दीर्घकालिन रुपले समाधान गर्न उक्त बैठकमा विषय उठान गर्ने वाणिज्य मन्त्रालयले जानएको छ। कोलकत्ताबाट क्लिङ्कर ल्याउँदा यातायातको समस्या रहेको व्यवसायीहरुको गुनासो छ।
वाणिज्य मन्त्रालयको कूटनीतिक पहलमा निर्यात खुला भए पनि आईजीसी बैठकमार्फत दीर्घकालीन रूपमा समधान गर्ने मन्त्रालयको योजना छ। विशेष गरी भारतीत बाटो हुँदै तेस्रो मुलुकमा गर्ने व्यपारलाई अवरोध नगर्न पनि उक्त बैठकमार्फत पहल हुने वाणिज्य मन्त्रालयले जानकारी दिएको हो।

तेस्रो मुलुकसँग व्यपार गर्दा गैरभन्सार अवरोध रहँदै आएको नेपाली व्यवसायीको आरोप छ। त्यसलाई तीतिगत तवरबाट सुधार गर्ने वाणिज्य मन्त्रालयले जानकारी दिएको हो।

आयत निर्यातमा देखिएको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले समेत भारतीय विदेश मन्त्री सुस्मा स्वराजसँग कुरा राखिसकेका छन्। भारतको नयाँ दिल्लीमा मार्च १९ र २० मा आयोजना गरिएको विश्व व्यापार संगठनको सम्मेलनमा उनले स्वराजलाई नेपालसँगको वस्तु आयात निर्यातको समस्या समाधान गर्न माग गरेका हुन्।

सम्मेलनमा ४५ राष्ट्रका वाणिज्यमन्त्री तथा उच्चस्तरका प्रतिनिधिहरु साथै विश्व व्यापार संगठका महानिर्देशकको सहभागिता रहेको थियो। उक्त बैठकलाई नेपालकातर्फबाट सम्बोधन गर्दै मन्त्री यादवले विश्व व्यापार संगठनलाई सबै सदस्य मुलुकहरुको निमित्त सान्दर्भिक र उपयोगी तुल्याउन ती मुलुकहरुको व्यापार र विकासको अवस्था अनुसार विशेष र फरक व्यवहारका साथै लक्षित कार्यक्रमहरु लागू गर्नुपर्ने बताएका थिए।

नेपालजस्ता सीमित उत्पादन क्षमता भएका अतिकम विकसित भूपरिबेष्ठित सदस्य राष्ट्रहरुले विभिन्न प्रकारका गैर–कर अवरोधहरु सामना गर्नुपरेको र केवल अरुको निमित्त निर्वाध बजार बनिदिनु परेको अवस्था बारेमा उल्लेख गर्दै मन्त्री यादवले विश्व व्यापार प्रणालीमा सुधारका लागि विगतका विभिन्न बैठकमा भएका निर्णय र घोषणाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका थिए।

उनले विकासशील र अति कम विकसित मुलुकहरुको हित संरक्षण गर्न गम्भीरतापूर्वक कदम चाल्नु पर्ने, व्यापारसम्बन्धी नयाँ विषयहरु उठान गर्दा अतिकम विकसित देशहरुको निमित्त विशेष व्यवस्था गर्ने, यस्ता विषयहरु सहमतिका आधारमा अघि बढाउने, बहुपक्षीय व्यापार प्रणालीका विवाद समाधान लगायतका स्तम्भहरुको सम्वद्र्धन गर्ने र नियममा आधारित स्वतन्त्र र स्वच्छ विश्व व्यापार प्रणालीबाट साना–ठूला, धनी–गरिब सबै मुलुकहरुले समान किसिमले लाभ लिन सक्ने वातावरण सिर्जना गर्नुपर्ने विषयमा विशेष जोड दिएका हुन्।

 

प्रकाशित ७ चैत २०७४, बुधबार | 2018-03-21 17:12:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...