६ खर्ब १४ अर्ब व्यापार घाटा

कृषि औजार तथा हवाईजहाज पार्टपुर्जाकाे अायात घटेकाे राष्ट्र बैंककाे भनाई



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक

साउन यता नेपालको व्यापार घाटा ६ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकअनुसार चालू आवको सात महिना ४७ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। यो अवधिमा ६ सय ६१ अर्ब २३ करोड रुपैयाँको आयात भएको छ।

चालू आवको सात महिनामा वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भएकाे केन्द्रीय बैंकले जनाएकाे छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५.२ प्रतिशतले वृद्धि भएको थियो। 

समीक्षा अवधिमा भारततर्फ १२.४ प्रतिशत, चीनतर्फ ७२.३ प्रतिशत र अन्य मुलुकतर्फ १० प्रतिशतले निर्यात बढेको छ। वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पती घ्यू, धागो, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैँची, जिआई पाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरूको निर्यात घटेको राष्ट्र बैंले जानाकारी दिएको हो।

सात महिना अवधिमा कुल वस्तु आयात १८.९ प्रतिशतले बढ अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६०.८ प्रतिशतले बढेको थियो।समीक्षा अवधिमा भारतबाट भएको आयात १८.७ प्रतिशत, चीनबाट भएको आयात १९.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ। कृषि औजार, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, जिङ्क ईनगोट लगायतका वस्तुहरूको आयात घटेको छ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय, वीरगंज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ। त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १९.४ प्रतिशतले बढी ६सय १३ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ६६.२ प्रतिशतले बढेकोे थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.२ प्रतिशत रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.६ प्रतिशत रहेको थियो।

सम्बन्धित समाचार : चालू वर्षको आर्थिक उपलब्धि मध्यम रहन्छ : राष्ट्र बैंक

निर्यात आयात मूल्य सूचकाङ्क आर्थिक वर्ष २०७४/७५ को सात महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १.२ प्रतिशतले घटेको र आयात मूल्य सूचकाङ्कमा १.९ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्त मा ३.१ प्रतिशतले ह्रास आएकोे छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त ४.७ प्रतिशतले बढेको थियो।

कार्पेट, पश्मिना, अलैची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकाङ्कमा कमी भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएकोे हो।

सेवा समीक्षा अवधिमा कुल सेवा आयमा ९.६ प्रतिशत र कुल सेवा खर्च १९.२ प्रतिशतले बढेको कारण खुद सेवा आय २ अर्ब ८२ करोड रुपैंयाले घाटामा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय४ अर्ब ५९ करोडले बचतमा रहेको थियो। पर्यटन आय समीक्षा अवधिमा २६.५ प्रतिशतले वृद्धि भई ३७ अर्ब ७८ करोड रुपैंया पुगेको छ। अघिल्लो बर्षको सोही अवधिमा यस्तो आय ३०.१ प्रतिशतले बढेको थियो।

प्रकाशित ४ चैत २०७४, आइतबार | 2018-03-18 19:53:51
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...