मूल्य वृद्धिको विरोधमा विमानस्थल कार्गो सेवा ठप्प



त्रिभुवन विमानस्थलस्थित गाेदाममा भण्डारण गरिएकाे कार्गाे
त्रिभुवन विमानस्थलस्थित गाेदाममा भण्डारण गरिएकाे कार्गाे

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले कार्गो शुल्क वृद्धि गरेको भन्दै कार्गो व्यवसायीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट सामान आयात–निर्यात ठप्प पारेका छन्।

व्यवसायीको विरोधका कारण शुक्रबार पनि कार्गाे काराेबार भएन। बिहीबारदेखि व्यवासयी विराेधमा उत्रिएका हुन्। 

वृद्धि गरिएको कार्गो सेवाको मूल्य फिर्ता नभएसम्म सामान नउठाउने उनीहरुले अडान राखेका छन्।

विमानस्थलमा कार्गो व्यवस्थापनको जिम्मा सरकारी संस्थान नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले पाएको छ। उसले बुधबार एक सूचना प्रकाशित गरी कार्गो सेवा शुल्कमा वृद्धि भएको जनाएको थियो। शुल्क वृद्धि गरेलगत्तै कार्गो व्यवसायीले उक्त निर्णय अमान्य भएको भन्दै सेवाबन्द गरेका हुन्।

गत वैशाखमा पनि कार्गो शुल्क बढाउने निर्णयको विरोधमा व्यवसायीले आयात निर्यात ठप्प पारेका थिए। त्यतिबेला नागरिक उड्डयन प्राधिकरणले शुकचन्द्र झाको नेतृत्वमा व्यवसायी सम्मिलित ६ सदस्यीय समिति गठन गरेको थियो। व्यवसायीले अहिले सो समितिका पदाधिकारी तथा सम्बन्धित सबै निकायबीच वार्ता गर्न माग गरेका छन्।

कम्पनीले अहिलेको कार्गो शुल्क १३ वर्ष पुरानो भएको जनाएको छ। कम्पनीका सूचना अधिकारी पे्रमराज भण्डारी २०६१ सालदेखि शुल्क नबढेकाले परिमार्जन गरिएको जानाकारी दिए। उनले प्रतिशतको हिसाबमा शुल्क धेरै देखिए पनि बढाइएको शुल्क ठूलो नभएको उनले बताए।

कम्पनीले बढाएको शुल्कअनुसार साधारण मालसमान निर्यात गर्दा प्रतिकिलो दुई रुपियाँ २५ पैसा अथवा दुई सय रुपियाँ मध्य जुन बढी हुन्छ त्यही दर कायम गर्ने जनाएको छ। त्यस्तै साधारण मालसामान आयात गर्दा प्रतिकिलो पाँच रुपियाँ २५ पैसा वा एक सय रुपियाँमध्य जुन बढी हुन्छ त्यसैलाई आधार मानिनेछ।

बहुमूल्य वस्तुको निर्यातमा प्रतिकिलो तीन रुपियाँ वा तीन सय रुपियाँमध्ये जुन बढी हुन्छ त्यही र आयातमा प्रतिकिलो आठ रुपियाँ वा दुई सय रुपियाँमध्ये जुन बढी हुन्छ त्यही दर तोकिएको छ। नासवान वस्तुको निर्यातमा प्रतिकिलो तीन रुपियाँ वा तीन सय रुपियाँमध्ये जुन बढी हुन्छ त्यही र आयातमा प्रतिकिलो आठ रुपियाँ वा दुई सय रुपियाँमध्ये जुन बढी हुन्छ त्यही दर निर्धारण गरिएको छ।

कुरियर ब्याग, कुरियर पार्सल र एक्सपे्रस कार्गो निर्यात गर्दा प्रतिकिलो पाँच रुपियाँ वा एक सय रुपियाँमध्य जुन बढी त्यही र आयातमा प्रतिकिलो पाँच रुपियाँ वा दुई सय रुपियाँमध्य जुन बढी हुन्छ त्यही दर कायम हुने कम्पनीले जनाएको छ।

प्रकाशित २ चैत २०७४, शुक्रबार | 2018-03-16 18:22:16
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...